१ फर्मलाई जरिवाना, अन्यलाई सुधारात्मक निर्देशन

काठमाडौं ।  नियमित रूपमा बजार अनुमगन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिन १७ वटा फर्ममा निरीक्षण गरेको छ । विभागका अनुसार काठमाडौँका विभिन्न स्थानमा गरेको अनुमगनका क्रममा एउटा फर्मलाई नगद जरिवाना गरेको छ । उग्रचण्डी खाद्यान्न स्टोरलाई रु २० हजार जरिवाना गरेको हो । उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५, […]

रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट, कसरी हेर्ने नतिजा ?

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरेको हो। कम्पनीले गत पुस ७ गतेदेखि ११ गतेसम्म प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गरेको थियो। सो निष्काशनमा ५ लाख ३२ हजार ८८८ जनाले २ करोड ७२ लाख १५ हजार […]

सिन्धु विकास बैंकले माग्याे सीईओ

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि आवेदन माग गरेको छ । बैंकले एक सूचना जारी गरेर सीईआको लागि आवेदन माग गरेको हो । यसका लागि व्यवस्थापन, बैंकिङ्ग, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानून विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेछ । वा चार्टर्ड […]

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु १२०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु १००, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

नेपाल विद्युत् प्राधिकरणले माग्यो ठूलो संख्यामा कर्मचारी

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा कर्मचारी माग गरेको छ ।  प्राधिकरणले आज एक सूचना जारी गर्दै  अधिकृतदेखि सहायक स्तरसम्मका पदहरूमा दरखास्त आह्वान गरेको हो । अधिकृतस्तरका सहनिर्देशकदेखि वातावरणविद्सम्म १३२ जना र सहायकस्तरका मिटररिडिङ सुपरभाइजर, सुपरभाइजर र लेखापाल पदहरूमा १३० जनाका लागि विज्ञापन खुलेको छ । इच्छुक उम्मेदवारहरूले माघ १० गतेभित्र अनलाइनमार्फत आवेदन दिन […]

स्याङ्जामा यस वर्ष एक अर्ब ३२ करोडको सुन्तला उत्पादन

वालिङ । स्याङ्जाबाट यस वर्ष एक अर्ब ३२ करोडभन्दा बढी मूल्यको सुन्तला उत्पादन भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यान्वयन एकाइ स्याङ्जाका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष कुल २३ हजार २३८ मेट्रिक टन सुन्तला उत्पादन भएको छ । यहाँ उत्पादन भएको सुन्लता थोकमा प्रतिकेजी रु ५७ का दरले बिक्री भएको […]

सुपर मादी हाइड्रोपावरको संस्थापक, कर्मचारी र स्थानीयको करिब २ करोड कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको करिब २ करोड कित्ता सेयरको लकइन अवधि आउँदो माघमा सकिने भएको छ। कम्पनीको संस्थापक समूह, कर्मचारी र आयोजना प्रभावित स्थानीयको नाममा रहेको सेयरको लकइन अवधि माघ २१ गते सकिने भएको हो । कम्पनीको संस्थापक समूहतर्फको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, कर्मचारीतर्फको ४४ हजार १०० कित्ता र […]

सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । निर्वाचनमा प्रयोग हुने निर्वाचन सामग्री ढुवानीका लागि हेलिकप्टर, ट्रक, कन्टेनर प्रयोग गरिनेछ । ढुवानीका लागि कुरियर सेवा सञ्चालन गर्ने फर्म वा कम्पनीलाई सूचीकृत हुन आउन आयोगले आग्रह गरेको छ । आयोगले सूचीकृत […]

एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण

गोरखा । सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो । त्यसअघि २०२४ मा मनास्लु क्षेत्र भ्रमण गर्ने विदेशी पर्यटकको सङ्ख्या १२ हजार ८०० थियो । मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)ले तयार […]

आज दुई कम्पनीको साधारणसभा, लाभांश प्रस्ताव पारित गर्न

काठमाडौं । आज दुई कम्पनीको वार्षिक साधारणसभा आयोजना हुँदै छ । लाभांश पारित गर्ने एजेण्डा सहित नेप्सेमा सूचीकृत दुई वटा कम्पनीहरूको वार्षिक साधारणसभा आज बस्दैछ । आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल एसबीआई बैंकको साधारणसभा बस्न लागेका हुन् । सिटिजन लाइफले चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ भने प्रस्ताव पारितका […]