किसानले मल नपाउनु भनेको विडम्बना होः मन्त्री चौधरी

काठमाडौं ।  नवनियुक्त कृषि तथा पशुपन्छीमन्त्री गीता चौधरीले निरन्तर गतिशील भएर काम गर्न राष्ट्रसेवक कर्मचारीलाई निर्देशन दिएकी छिन् । सिंहदरबारस्थित मन्त्रालयमा पदबहाली आयोजित कार्यक्रममा मन्त्री चौधरीले विशेष परिस्थितिमा भएको चुनावपछि गठन भएको नयाँ सरकारले सबै खाले समस्या समाधान गरी देश बनाउन चाहेकाले त्यस अभियानमा सहयोग गर्न आग्रह गरिन् । मन्त्री चौधरीले भनिन, “यस पटकको सरकार […]

परराष्ट्र नीतिमा परिवर्तन हुँदैनः मन्त्री खनाल

काठमाडौं ।  नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीतिमा परिवर्तन नहुने बताएको छ । मन्त्रालयमा आज पदबहालीका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले नेपालको परराष्ट्र नीति संविधानमा नै स्पष्ट रूपमा उल्लेख गरिएको बताए । “सरकार परिवर्तन वा नयाँ मन्त्री आए पनि राष्ट्रको परराष्ट्र नीति परिवर्तन हुँदैन”, मन्त्री खनालले भने, […]

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद् बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलसँग आजै पद तथा गोपनियताको शपथ लिएका शाहले आजै १५ सदस्यीय मन्त्रिपपरिषद् बनाएका थिए ।

विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकको दोस्रो प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न

काठमाडौं । विश्व पानी दिवसको अवसरमा सिद्धार्थ बैंकले ‘Walk for Water, Walk for Life’ प्रभातफेरी कार्यक्रम (वाकाथन) सम्पन्न गरेको छ। विश्व पानी दिवसको अवसरमा गत वर्ष सुरु गरिएको वाकाथन कार्यक्रमलाई निरन्तरता दिँदै बैंकले यस वर्ष पनि उक्त कार्यक्रम आयोजना गरेको हो । हरेक वर्ष मार्च २२ मा मनाइने विश्व पानी दिवसले स्वच्छ पानीको महत्वलाई उजागर […]

ऊर्जाबाट कोही पनि वञ्चित नहोस्ः ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जाबाट कोही पनि वञ्चित हुन नहुने बताएका छन् । नवनियुक्त ऊर्जामन्त्री श्रेष्ठले आज मन्त्रालयमा पदबहालीपछि कर्मचारीलाई निर्देशन दिँदै ऊर्जा क्षेत्रबाट कोही पनि वञ्चित हुन नहुने बताए । “२१औँ शताब्दीमा स्वच्छ ऊर्जाको माग झन् बढेर गएको छ, समयसापेक्ष रुपमा नीति बनाएर स्वच्छ ऊर्जाको विकासमा लागिनेछ,” उनले भने […]

मध्यपूर्व तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस  । मध्यपूर्वमा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई एकसाथ अघि बढाइरहेको छ । यसले क्षेत्रीय मात्र नभई विश्वव्यापी चासो पनि बढाएको छ । पछिल्ला घटनाक्रमहरूले युद्ध विस्तारको जोखिम अझै कायम रहेको सङ्केत दिएका छन् भने समाधान खोज्ने प्रयास पनि समानान्तर रूपमा चलिरहेका छन् । शुक्रबार बिहान साउदी अरेबियाले आफ्नो पूर्वी क्षेत्रमा चारवटा ड्रोन […]

सेवा प्रवाह सरल र भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउन गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै भ्रष्टाचारप्रति शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका छन् ।  गृह मन्त्रालयमा आज पदबहाली गरेपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भ्रष्टाचारीमाथि कठोर निर्णय लिने उद्घोष गरे । उनले भने, “भ्रष्टाचारप्रति सुन्ने सहनशीलता हुन्छ कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन ।” आफू जनतालाई परिणाम दिनेगरी काम गर्न […]

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले : घुस खाने वा खुवाउने समय अब सकियो

काठमाडौं । पदभार ग्रहण गरेपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालय मातहतका निकायका कर्मचारीहरूसँग निर्देशनात्मक कार्यक्रम सम्पन्न गरेका छन् । कार्यक्रममा अर्थ सचिवले मन्त्रीलाई स्वागत गर्दै उनको नेतृत्वमा मन्त्रालयका कर्मचारीहरू पूर्ण रूपमा सहयोग गर्न तयार रहेको बताएका छन । स्वागत मन्तव्य दिँदै अर्थ सचिवले भने, “विद्वान मन्त्रीको योजनामा हामी हरतरहले सहयोग गर्छौं।” कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. […]

मुस्ताङ एयरको हेलिकप्टर सम्पर्कविहीन

काठमाडौं ।  मुस्ताङ एयरको हेलिकप्टर दोलखाको लाप्चा क्षेत्रबाट सम्पर्कविहीन भएको छ । मुस्ताङ एयरका प्रबन्ध निर्देशक रोनान लामिछानेले पाँच जना सवार उक्त हेलिकप्टर सम्पर्कविहीन भएको जानकारी दिए । क्याप्टेन सुरज थापाको कमान्डमा रहेको उक्त हेलिकप्टर अहिलेसम्म सम्पर्कमा नआएको प्रबन्ध निर्देशक लामिछानेले बताए । दोलखाको लाप्चा क्षेत्र लाङ्टाङको दक्षिण–पूर्वमा पर्छ । क्याप्टेन थापाले उडाएको मुस्ताङ एयरको […]

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । निर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद्  बैठक अपराह्न ४ बजे बस्दैछ । केहीबेरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बैठक बस्ने जनाइएको छ । बैठकका लागि पदभार ग्रहणको काम सकेर अहिले धमाधम मन्त्रीहरू प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगिरहेका छन् ।