बालेन नेतृत्वको मन्त्रिपरिषद्‌मा वरीयता निर्धारण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले १५ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्, जसमा मन्त्रीहरूको वरीयता निर्धारण गरिएको छ । वरीयतामा बालेन स्वयं पहिलो स्थानमा छन्। त्यसपछि दोस्रो स्थानमा स्वर्णिम वाग्ले रहेका छन् भने तेस्रो स्थानमा गृहमन्त्री सुधन गुरुङ रहेका छन् । यसले गृहमन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय सम्हाल्ने मन्त्रीको उच्च स्थान रहेको देखाउँछ । […]

परराष्ट्रमन्त्री शिशिर खनालले गरे पदभार ग्रहण

काठमाडौं ।  नवनियुक्त परराष्ट्र मन्त्री शिशिर खनालले पदभार ग्रहण गरेका छन् । आज शुक्रबार राष्ट्रपति भवन शितलनिवासमा शपथ लिएलगत्तै सिंहदरबारस्थित कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विदेश विभाग प्रमुख समेत रहेका मन्त्री खनालले पार्टीमा पर्यटन विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका छन् । ४७ वर्षीय खनालले अमेरिकाको युनिभर्सिटी अफ […]

गृहमन्त्री सुदन गुरुङले गरे पदबहाली

काठमाडौं । नवनियुुक्त गृहमन्त्री सुदन गुरुङले पदबहाली गरेका छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पद बहाली गरेका हुन् । यसअघि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट उनी चर्चामा आएका थिए । गत भदौ २३ र २४ को जेनजी आन्दोलनपश्चात् एकाएक चर्चामा आएका सुदन गुरुङ गोरखा क्षेत्र नम्बर १ मा […]

वाचापत्रमा उल्लेख गरिएका कामहरु पूरा हुनेगरी काम गर्छौं : नवनियुक्त शिक्षामन्त्री पोखरेल

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सार्वजनिक गरेको वाचा पत्र पूरा हुनेगरी आफूहरुले काम गर्ने बताएको छन् । शुक्रवार सिंहदरवारमा पुगेर पदभार ग्रहण गर्दै उनले सो प्रतिवद्धता व्यक्त गरेको हो । युवा तथा खेलकुद मन्त्रालयको समेत जिम्मेवारी पाएको मन्त्री पोखरेलले पार्टीले सार्वजनिक गरेको वाचापत्रमा सय वटा […]

कृषिमन्त्री चौधरीद्वारा पदभार ग्रहण

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपक्षी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले पदभार ग्रहण गरेकि छिन् । सिंहदरबारस्थित कृषि तथा पशुपक्षी विकास मन्त्रालायमा आज उनले पदबहाली गरेकि हुन । मन्त्रालयका सचिवद्वय डा दीपककुमार खराल र डा राजेन्द्रप्रसाद मिश्रले उनलाई स्वागत गरे । उनिहरूले मन्त्रालयका गतिविधिबारे ब्रिफिङ गरे । कृषि प्रधान देश नेपालमा मुलुकको कुल […]

‘कानुन सुधारका काम अब तीव्र गतिमा अघि बढ्छन्’ : नवनियुक्त मन्त्री सोविता गौतम

काठमाडौं ।  कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले पदबहाली गरेकी छन् । शुक्रबार नियुक्त मन्त्रीले शपथ ग्रहणपछि आफ्नो मन्त्रालयमा पदबहाली गरेकी हुन् । पदबहाली पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले मन्त्रालयबाट सुधार गर्नुपर्ने कानुनहरु तीव्र गतिमा अगाडि लैजाने बताइन् । उनले कानुन निर्माणमा आफ्नो मन्त्रालय छिटो भन्दा छिटो काम गर्न तत्पर रहेको बताइन् । […]

रास्वपाको कुनै कर्मचारी संगठन छैन – रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निजामती सेवाभित्र आफ्नो नाम जोडेर विभिन्न समूह वा अभियान सञ्चालन गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले आज एक  विज्ञप्ति जारी गर्दै पार्टीले यस्ता गतिविधिमा आफ्नो कुनै पनि प्रकारको संलग्नता, समर्थन वा आबद्धता नरहेको स्पष्ट पारेका छन् । निजामती प्रशासनलाई राजनीतिक हस्तक्षेपमुक्त, व्यावसायिक र जनउत्तरदायी बनाउनुपर्ने […]

प्रधानमन्त्री बालेनलाई देउवाको बधाई

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । मुलुक बाहिर रहेका उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रधानमन्त्री बालेनलाई बधाई दिएका हुन् । ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु,’ देउवाले लेखेका छन् । पूर्वप्रधानमन्त्री देउवाले बालेनसँगै मन्त्रिपरिषद्का नवनियुक्त […]

प्रधानमन्त्री बालेनलाई एमाले महासचिवको बधाई

काठमाडौं । नेकपा  एमालेका महासचिव शंकर पोखरेलले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन् । सामाजिक संजाल फेसवुकमा एक पोष्ट गर्दै उनले शाहलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् । ´राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त  हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।` उनले लेखेका छन । ´साथै, आजै […]

कानुन सुधारको जिम्मा अब सोविता गौतमको काँधमा (जीवनीसहित)

काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम चितवन क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य समकालीन नेपाली राजनीतिमा उदाउँदो युवा नेतृत्वका रूपमा चिनि छ  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधित्व गर्नुहुने गौतम युवाको आवाजलाई नीतिगत तहसम्म पु¥याउने स्पष्ट सोचका साथ राजनीतिमा सक्रिय छिइन् । विसं २०५२ असार ३ गते दोलखामा जन्मिएकी गौतम […]