राहदानीमा गैरकानुनी अभ्यास गर्ने दुई जना अध्यागमन अधिकृतलाई जिम्मेवारीबाट हटाइयो
काठमाडौं । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मातहतका राहदानीमा गैरकानुनी अभ्यास गर्ने दुई जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ। अध्यागमन अधिकृतद्वय टोपबहादुर खत्री र विमल पौडेललाई विमानस्थलको जिम्मेवारीबाट हटाएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए। उनीहरुले संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपालीको राहदानीमा नीतिविपरीत विदेश गएर काम गर्न नपाउने र नेपाल फर्किने मितिसहितको थप नोट […]

