यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ […]

पूर्वमन्त्री दीपक खड्का पक्राउ

काठमाडौं । पूर्वमन्त्री तथा कांग्रेस नेता दीपक खड्का पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । भदौ २४ मा उनको निवासमा आगजनी गर्दा नेपालीसहित कैयौँ विदेशी मुद्रा फेला पारेको थियो भने उनीमाथि स्काउटको जग्गा हिनामिना गरेको आरोप पनि छ ।

पर्यटकको रोजाइमा रास ताल

सुनसरी । जिल्लामा दर्जनौँ ताल तथा सिमसार क्षेत्र छन् । तर तीमध्ये सुनसरीको रामधुनी नगरपालिका–७ मा अवस्थित रास ताल पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ । प्राकृतिक सौन्दर्य, फराकिलो फाँट र चारकोसे झाडीको घेराबन्दीमा शान्त रूपमा फैलिएको यो तालमा दैनिक रूपमा पर्यटकको घुइँचो लाग्ने गरेको छ । अरु तालभन्दा फरक […]

आइपिएलकाे उद्घाटन खेलमा आरसिबीको विजयी

काठमाडौं । आइपिएल २०२६ को पहिलो खेलमा रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबी) ले विजयी सुरुवात गरेको छ । उद्घाटन खेलमा गएराति आरसिबीले सनराइजर्स हैदराबादलाई ६ विकेटले हराएको हो । हैदराबादले दिएको २०१ रनको लक्ष्य आरसिबीले १५.४ ओभरमा ४ विकेट गुमाएर २०३ रन बनाउँदै पूरा गर्यो । आरसिबीका लागि विराट कोहलीले ६९ रनको अविजित पारी खेले । […]

चैत्र शुक्ल दशमीः सेतो मच्छिन्द्रनाथको रथ लगनमा

काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ शनिबार लगन पुर्‍याइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्ग स्थित तीनधारा पाठशालाबाट सुरु हुने वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा तेस्रो दिन हनुमानढोकाबाट तानेर लगन पु¥याउने गरिन्छ । रथ लगन पुगेसँगै दर्शन एवं पूजा, आराधना गर्न भक्तजनको भीड लागेको छ । रथ लगन […]

बेटिङ एप र वेबसाइट २४ घण्टाभित्र बन्द गरिने 

काठमाडौं । सरकारले सबै सट्टेबाजी (बेटिङ) एप र त्यससँग सम्बन्धित वेबसाइटहरू २४ घण्टाभित्र बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबार बैठकबाट स्वीकृत ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ को बुँदा नम्बर ४२ मा यो विषय उल्लेख गरिएको हो । उक्त कार्यसूची अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बेटिङ एप र वेबसाइटहरू पूर्ण रूपमा बन्द […]

ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गरिने

काठमाडौं । सरकारले लामो समयदेखि माग हुँदै आएको ऊर्जा निर्यातका लागि नीतिगत प्रबन्ध गर्ने भएको छ । नयाँ सरकार गठन भए लगत्तै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयमा ऊर्जा क्षेत्रको बृहत्तर विकासका अलावा निर्यातका लागि एक महिनाभित्र रणनीति तयार पार्ने उल्लेख छ । नेपालले भारत र टोकनका रूपमा नै भए पनि बङ्गलादेशमा जलविद्युत् निर्यात गर्दै […]

ओली र लेखकलाई आज अदालतमा पेस गरिँदै

काठमाडौं । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई प्रहरीले आइतबार (आज) अदालत पेस गर्ने भएको छ । शनिबार अदालत बिदा हुने भएकाले उनीहरूलाई प्रहरीले आइतबार अदालतमा पेस गर्न लागेको हो । प्रहरीको थुनामा राखेर अनुसन्धान गर्न जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ हुँदै जिल्ला अदालत […]

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बादल लागेको छ। कोशी र बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षासहित हिमपात भइरहेको छ। आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ भने बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। देशका पहाडी […]

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ […]