मनसुनअघि विपद् तयारी तीव्र बनाउन गृहमन्त्री गुरुङको निर्देशन
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्ट बीच मन्त्रालयमै छलफल भएको छ। छलफलका क्रममा गृहमन्त्री गुरुङले मनसुन सुरु हुनुअघि नै सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले मन्त्रालयअन्तर्गतका निकायहरूलाई समयमै योजना बनाएर पूर्वतयारी गर्न विशेष जोड दिए । […]

