उदयपुर-२ : फेरिरहन्छन् प्रतिनिधि, फेरिँदैन सडकको अवस्था
उदयपुर। जता हेर्यो त्यतै धुलो, मनभरि आक्रोश। उदयपुरको कटारी नगरपालका-८ कोलबोटका बेदबहादुर तामाङको अवस्था वर्षदेखि यस्तै छ। दैनिकी धुलो बढार्दैमा बित्छ, अनि मनमा आक्रोस उत्पन्न हुन्छ।बेतिनीमा चिया पसल गरेका तामाङले दुई दशकदेखि एउटै सपना देखिरहे-घरअगाडिको सडक कालोपत्र भएको। त्यो सपना भने अझै पूरा भएको छैन। फेरि यसपटक चुनावी माहोल छ, चुनावमा सपनाहरू बाँड्न सुरु भइसकेको छ, […]

