प्रदेश गौरबका दुई सडक योजनाको काम अगाडि बढेन

पर्वत । गण्डकी प्रदेश सरकारअन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको छ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन् । जिल्लाको जलजला गाउँपालिकामा पर्ने मिलनचोक–सल्यान–घाखेत–धारापानी ठोट्नेरी सडक र लुंखुदेउराली–मिलनचोक– बालाकोट–होश्राङदी सडक अलपत्र अवस्थामा छन् । दुई वर्षभित्र सम्पन्न गर्नेगरी ठेक्का लगाइएका यी सडक छ वर्षसम्म पनि पूरा हुन सकेका छैनन् । रु २८ करोड […]

मधेशको मिथिला क्षेत्रमा आज रावण वध उत्सव हुँदै

महोत्तरी । मधेशको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ । महोत्तरीको मटिहानीमा आज विजयादशमीका दिन रावण वध उत्सव मनाइने भएको हो । श्रीराम मिथिलाका ज्वाइँ हुनुभएको र यहाँकी छोरी सीताको हरणकर्ता भएर पनि रावण वध मैथिलहरूका लागि उत्सव बन्दै आएको मानिन्छ । वर्षौंदेखि विजयादशमीका दिन श्रीरामले असुर रावणको सम्हार गर्नुभएको स्मरणमा प्रतिकात्मक […]

गिरीबन्धु टी-ईस्टेट अगाडिसवारी दुर्घटना, दुई जनाको मृत्यु, १३ घाइते

झापा। झापाको बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–ईस्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको […]

डाँडाखेत-राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा

म्याग्दी । डाँडाखेत–राहुघाट प्रसारण आयोजना अन्तिम चरणमा पुगेको छ । म्याग्दी र राहुघाट ‘बेसिन’का विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय प्रणालीमा प्रवाह गरिने यो आयोजनाको भौतिक प्रगति ८० प्रतिशत भएको हो । आयोजनाले ४ वर्षको अवधिमा उक्त प्रगति हासिल गरेको आयोजना प्रमुख रोशन अग्रवालले जानकारी दिए । वन क्षेत्र व्यवस्थापन, ‘सबस्टेन, टावर’ निर्माणलगायत काममा विना […]

राष्ट्रपतिले आमनागरिकलाई दशैंको टीका नलगाउने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैंका अवसरमा यस वर्ष नागरिकलाई टीका नलगाउने भएका छन् । देशमा उत्पन्न पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै राष्ट्रपतिद्वारा टीका लगाउने कार्यक्रम नरहेको राष्ट्रपति कार्यालयले जनाएको छ । विगतमा राष्ट्रपतिबाट बडादशैंका अवसरमा आमनागरिकलाई टीका लगाउने गरिएको थियो ।

राष्ट्रपतिले पौडलले लगाए दसैँको टीका 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका हुन् ।

बायर्न र रियलको सहज जित, लिभरपुल स्तब्ध

काठमाडौं । च्याम्पियन लिगमा मंगलवार भएको खेलमा बायर्न म्युनिख र रियल म्याड्रिडले सहज जित निकाल्दा लिभरपुल भने स्तब्ब बनेको छ । रियलले काइरात अल्माटी विरुद्ध ५–० को फराकिलो जित निकाल्दा बायर्नले पनि पाफोसलाई ५–१ ले पराजित गरेको हो । लिभरपुल भने गालातासारेसँग १–० ले पराजित भयो । रियललाई जितमा किलियन एमबाप्पेले ह्याट्रिक गरे । च्याम्पियन्स […]

विदेशी मुद्रा १५ सय अमेरिकी डलर भन्दा बढी नगदमा नराख्न अर्थ मन्त्रालयको आग्रह

काठमाडौं । अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न आग्रह गरेको छ । बुधबार राति अर्थमन्त्रालयले आफ्नो सामाजिक सञ्जाल ‘एक्स’ (ट्विटर) मार्फत यस्तो आग्रह गरेको हो । विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवत्र्य विदेशी मुद्रा मात्र नगदमा राख्न […]

आज विजया दशमी, टीकाको उत्तम साइत ११ः५३ बजे

काठमाडौं । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ बजेर ५३ मिनेटको साइत उत्तम रहेको जनाएको छ । टीका लगाउनुभन्दा पहिले दुर्गा विसर्जन गर्नुपर्छ […]

यस्तो छ दैसैंको दिनका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर 

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको थियो । […]