हिमपहिरोमा परेका ८ जनाको सकुशल उद्धार

काठमाडौं । दोलखाको यलुङ रीमा गएको हिमपहिरोमा परेका ८ जना पर्वतारोहीलाई सुरक्षाकर्मीहरूले सकुशल उद्धार गरेका छन् । सोमबार गएको हिमपहिरोका कारण ७ जनाको मृत्यु भएको थियो । दोलखाका डीएसपी  ज्ञान कुमार महतोले ८ जनाको सकुशल उद्धार गरिएको जानकारी दिए । उद्धार गरिएकामध्ये ३ जना विदेशी र ५ जना नेपाली नागरिक छन् । सेना, सशस्त्र र नेपाल […]

पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

कास्की ।  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारी चालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्बर केसीले बताए । “सहज र निर्बाध रूपले गाडी […]

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनको मूल्य १ हजार ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ३८ हजार ३०० सय रुपैँयाँमा करोबार भइरहेको छ । सोमबार सुनको मूल्य प्रतितोला  २ लाख ३९ हजार ७ सय रुपैयाँ रहेको थियो । यसदिन चाँदीको मुल्य ४५ रुपैयाँले घटेको छ […]

११ देशका राजदूतहरूलाई मन्त्रालयमै कामकाज गर्ने गरी फर्काउन पत्राचार

काठमाडौं । सरकारले ११ देशका नेपाली राजदूतहरूलाई परराष्ट्र मन्त्रालयमै कामकाज गर्ने गरी फिर्ता बोलाउन पत्राचार गरेको छ। सरकारको निर्णयविरुद्ध आइतबार सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि सरकारले सोमबार पत्र पठाउँदै उनीहरूलाई फर्कन पत्राचार गरेको मन्त्रालयले जनाएको छ। सबै राजदूतहरूलाई मन्त्रालयमै बोलाउन पत्राचार गरिएको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। गत असोज ३० गते बसेको मन्त्रिपरिषद् […]

बागमती प्रदेशकी पूर्व राज्यमन्त्री जोन्छेको निधन

काठमाडौं । बागमती प्रदेशकी पूर्व राज्यमन्त्री रजनी अमात्य जोन्छेको उपचारका क्रममा निधन भएको छ । नेपाली कांग्रेस महासमिति सदस्य समेत रहनुभएकी पूर्व राज्यमन्त्री जोन्छेको मध्यपुर ठिमी अस्पतालमा उपचारको क्रममा मङ्गलबार बिहान निधन भएको बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिए । मन्त्री श्रेष्ठका अनुसार जोन्छेको मङ्गलबार नै भक्तपुरस्थित हनुमानघाटमा अन्तिम दाहसंस्कार गरिनेभएको छ । […]

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ । बैठक बिहान साढे ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ । बैठकमा खानेपानी सरसफाइ तथा स्वच्छता उपसमितिले मधेस प्रदेशमा गरेको स्थलगत भ्रमण प्रतिवेदनको बारेमा छलफल हुने कार्यतालिका रहेको छ ।

आत्मनिर्भर लघुवित्त नाफा करोड माथि

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा करोड माथि पुगेको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफा १ करोड १४ लाख पुगेको हो । गत आवको असोज मसान्तसम्म कम्पनी ४३ लाख ५३ हजार रुपैयाँ खुद नोक्सानीमा रहेको थियो । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कम्पनीले […]

ग्रीनलाइफ हाइड्रोपावरको साधारणसभा आज

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको साधारणसभा आज बस्दै छ । कम्पनीको तीन वटा साधारणसभा आज एकै दिन हुने भएको हो । कम्पनीको १३औं, १४औं र १५औं वार्षिक साधारणसभा आज नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि शुरू हुनेछ । उक्त सभाले १ बराबर १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक […]

क्वारेन्टिन कार्यालय काँकरभिट्टाः तीन अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

झापा । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा रु तीन अर्ब ३६ करोड ७८ लाख ६० हजारबराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन […]

‘ऋषिकेश’ धार्मिक पर्यटकीय गन्तव्य बन्दै

पाल्पा । यहाँको तानसेन नगरपालिका–१४ रिडीस्थित प्रसिद्ध ऋषिकेश मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ । मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ यहाँ विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको सङ्गमस्थल रुरुक्षेत्र (रिणी)मा रहेको ऋषिकेशलाई भगवान् नारायणको रुप मानिन्छ । पाल्पाका तत्कालीन राजा मणिमुकुन्द सेनले विसं १५७५ मा कालीगण्डकी […]