राइड सेयरिङ तथा सेल्फ ड्राइभ अनुमति विरुद्ध यातायात व्यवसायीको आन्दोलन, गृहमन्त्रीसँग छलफल जारी
काठमाडौं । सरकारले राइड सेयरिङ सेवा र सेल्फ ड्राइभ सवारी सञ्चालनलाई कानुनी मान्यता दिने निर्णयको विरोधमा देशभरका यातायात व्यवसायी आज एकदिनका लागि सडकबाट ओझेलिएका छन्। ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’को आह्वानमा व्यवसायीहरुले सार्वजनिक यातायात सेवा पूर्णरूपमा ठप्प पारेका छन्। व्यवसायीको यस आन्दोलनका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा सार्वजनिक यातायात चल्न नसक्दा सर्वसाधारण यात्रुहरु मर्कामा […]

