ईभी जोखिमहरूको व्यवस्थापनका लागि समयमै प्रभावकारी नीति ल्याउन नाडाको बीमा प्राधिकरणसँग माग

काठमाडौं । नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) का उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेट गरी विद्युतीय सवारी साधनहरूको बीमा नीति निर्माण सम्बन्धमा छलफल गरेको छ। भेटवार्ता प्राधिकरण अध्यक्षको कार्यकक्षमा सम्पन्न भएको हो। उक्त अवसरमा उपाध्यक्ष श्रेष्ठले विद्युतीय सवारी साधनहरूको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै हालसम्म बीमा नीति […]

नगद छुट, निःशुल्क एक्सेसरिज र रोचक अफरसहित यामाहा ब्लू फेस्ट समापन

काठमाडौं । हप्तादेखि काठमाडौँको भृकुटीमण्डपमा जारी नेपालको सबैभन्दा ठूलो दुई पाङ्ग्रे सवारी साधन एक्सचेन्ज इभेन्ट यामाहा ब्लू फेस्ट औपचारिक रूपमा समापन भएको छ। सुरुमा चैत्र २८ देखि वैशाख ३ सम्म सञ्चालन हुने भनिएको कार्यक्रम ग्राहक एवम् मोटरबाइक, स्कुटर पारखीहरूको अत्यधिक सहभागिताका कारण एक दिन थप गरिएको थियो। यामाहाको उत्कृष्ट एक्सचेन्ज र खरिद अफरहरूको फाइदा लिन हजारौं […]

मेगा सर्भिस क्याम्प २०२५ सफलतापूर्वक सम्पन्न

काठमाडौं । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रालिद्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलता पूर्वक सम्पन्न भएको छ । उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बलकुमारी, ललितपुरमा मार्च ७ देखि मार्च ९ (फागुन २३–२५) सम्म आयोजना गरिएको थियो । कार्यक्रमको औपचारिक उद्घघाटन अल्फा अटोमोटिभ प्रालिका निर्देशक मेघराज पौडेलले गरेका थिए […]

बीवाईडी सिगलले जित्यो २०२५ को “वर्ल्ड अर्बन कार अफ द इयर” अवार्ड

काठमाडौं । बीवाईडी सिगल अर्थात डल्फिन मिनीले प्रतिष्ठित वर्ल्ड कार अवार्ड कार्यक्रम अन्तर्गत वर्ल्ड अर्बन कार अफ द इयर (World Urban Car of The Year) को उपाधि जित्न सफल भएको छ। २०२५ अप्रिल १६ मा अमेरिकाको न्युयोर्कमा आयोजित  न्युयोर्क इन्टरनेसनल अटो शोमा विश्वभरका ११ उत्कृष्ट सवारीसाधनहरूसँग प्रतिस्पर्धा गर्दै बीवाईडीले पहिलोपटक चिनियाँ अटोमोटिभ ब्रान्डको रूपमा यो अवार्ड […]

‘कर्जाको कठोरतामा खुम्चियो ईभीको उत्साह: व्यवसाय र उपभोक्ता दुवै मर्कामा’

पछिल्लो समय नेपालमा ईभी अपनाउने दर बढ्दो क्रममा छ। भन्सार छुट र डाउनपेमेन्ट कम हुँदा नेपालमा ईभी प्रतिको आकर्षण बढ्दो क्रममा छ । यस्तोमा नेपाल राष्ट्र बैंकले जारीको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत ईभी कर्जाको दर परिवर्तन भएको छ । यस अघि २० प्रतिशत डाउनपेमेन्टमा ईभी खरिद गर्न सकिन्थ्यो । अहिले यसलाई बढाएर ४० प्रतिशत पुर्याएको […]

रोयल इन्फिल्ड क्लासिक ३५० का पाँच भेरियन्ट सार्वजनिक, सुरुवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार

काठमाडौं । मध्यम आकारको मोटरसाइकल (२५० सीसी–७५० सीसी) क्षमताका बाइक उत्पादनमा विश्व्यापी रूपमा अग्रणी रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ । पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित क्लासिक ३५० सार्वजनिक गरिएको हो । रोयल इन्फिल्ड सिकेडीमा उत्पादित यो मोटरसाइकल अब देशभरका ग्राहकको पहुँचमा पुर्याइने छ । यसको सुरूवाती भेरियन्टको […]

बीवाईडी ईभीमा साइमेक्सले ल्यायो अटोमोबाइल उद्योगकै अग्रणी एक्सटेन्डेड वारेन्टी

काठमाडौं । बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री हुने सबै बीवाईडी इलेक्ट्रिक भेइकल (ईभी)मा व्यापक विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति लागु गर्ने घोषणा गरेको छ । ईभीको आफ्टर सेल्स सपोर्टका क्षेत्रमा यो उद्योगकै नयाँ बेन्चमार्क बन्ने छ । बीवाईडीका एड्भान्स्ड इलेक्ट्रिक भेइकल टेक्नोलोजीमा उपलब्ध ग्राहक सन्तुष्टि […]

अटोमोबाइल व्यवसायीहरूको नयाँ संस्था ‘नाइमा’को औपचारिक घोषणा, पहिलो वर्षमै अटो शोको तयारी

काठमाडौं ।अटोमोबाइल क्षेत्रका अग्रणी व्यवसायीहरूले मिलेर नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) को औपचारिक रुपमा घोषणा गरेका छन्। यसअघि नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालमा आबद्ध भई नेतृत्वदायी भूमिका निर्वाह गरेका व्यवसायीहरूको पहलमा नाइमा गठन गरिएको हो। गत फागुन ९ गते कम्पनी रजिष्ट्रारको कार्यालय, काठमाडौंमा कम्पनी ऐनअन्तर्गत दर्ता भएको यो संस्थाले नेपालमा क्रियाशील […]

नाडा फुटेर बन्यो ‘नाइमा’, अध्यक्षमा बैद्य

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) घोषणा गरिएको छ । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच नाइमाको घोषणा गरिएको  हो । यो सँगै अटोमोबाइल्स व्यवसायीको छाता संगठन नाडा फुटेको हो । नाइमाको अध्यक्षमा ऋतुसिंह वैद्य रहेकी छिन् भने बोर्ड पदाधिकारीहरुहमा  सुहृद राज घिमिरे , शेखर गोल्छा, सौरभ ज्योति, क्याबिनेट श्रेष्ठ, हेमन्त गोल्छा , […]

टेल्जीको नयाँ स्पोर्टी इलेक्ट्रिक स्कुटर ‘एस २’ सार्वजनिक, मूल्य २ लाख ६८ हजार

काठमाडौं । नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर भित्रिएको छ । टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले पावरफुल साथै स्पोर्टी डिजाइन भएको ‘एस २’ स्कुटर सार्वजनिक गरेको हो । टेल्जी नेपालले नक्साल स्थित शोरुममा एक कार्यक्रमका बीच एस २ स्कुटर सार्वजनिक गरेको हो । कम्पनीले ल्याएको स्पोर्टी स्कुटर एस […]