पोखरामा दिपल ईभी सार्वजनिक

पोखरा । नेपालका लागि चांगानको आधिकारिक विक्रेता एमएडब्लु वृद्धिले नेपालले छोटो समयमा निकै रुचाइएको दिपल इभीहरुलाई पोखरामा सार्वजनिक गरेको छ । शुक्रबार पोखरामा आयोजित विशेष कार्यक्रममा गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री माननीय बिन्दु कुमार थापा, नेपाली क्रिकेट लेजेन्ड तथा दिपल इभीका ब्रान्ड एम्बास्डर पारस खड्का, चांगानको पोखरा डिलर हिमालय अर्गनाइजेसनकी संस्थापक मिलन […]

इन्ड्राइभ योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरूलाई ई स्कुटर प्रदान

काठमाडौं । ग्लोबल मोबिलिटी र अर्वन सर्भिस प्लेटफर्म इन्ड्राइभले योरपेस प्रशिक्षण कार्यक्रमका विजेताहरुलाई २ वटा ईभी स्कुटर हस्तान्तरण गरेको छ । उनीहरुलाई काठमाडौं म्याराथन अन्तर्गत स्पोर्टस फेयरमा इन्ड्राइभका पिआर तथा कम्युनिकेसन लिड पवित नन्दा आनन्द र इन्ड्राइभ योरपेसका इभेन्ट म्यानेजर येर्केजन शाल्दिबायेभाले स्कूटर प्रदान गरेका हुन् । योरपेस प्रशिक्षण कार्यक्रमको दौरान आफुले प्रदर्शन गरेको प्रतिबद्धताका आधारमा […]

पोखरामा आइतबारबाट ‘एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ क्याम्प’ गर्दै एमएडब्लु वृद्धि

पोखरा । नेपालका लागि दिपल, सेरेस र नामी इलेक्ट्रिक सवारीसाधनका ब्रान्डको वितरक एमएडब्लु वृद्धिले पोखरामा हालसम्मकै ठूलो ‘एक्सचेन्ज तथा टेस्ट ड्राइभ क्याम्प’ गर्ने भएको छ । एमएडब्लु वृद्धिले पोखरा इभेन्ट सेन्टर, बुलाउदी–०६ मा आउँदो असोज १३ देखि १५ गतेसम्म ‘एक्सचेन्ड एन्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्न लागेको हो । यो विशेष कार्यक्रममा इलेक्ट्रिक सवारीसाधनमा चाख राख्ने […]

जिओमेटको दशैं अफर, हजार रात्री बसलाई नि:शुल्क जीपीएस उपकरण

काठमाडौं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहारस्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण वितरण गर्ने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत’फर्स्ट कम, फर्स्ट सर्भ’ आधारमा १,००० वटा लामो दूरीका रात्रि बसहरूमा जीपीएस प्रणाली निःशुल्क जडान गरिने कम्पनीका संस्थापक आतिस गैरेले बताए। “विशेषगरी दशैंजस्तो चाडपर्वमा जब […]

चीन पुगेका अर्थमन्त्री पौडेलले भने: विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति

काठमाडौं । उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताएका छन् । चीनको राजधानी बेइजिङमा आयोजित ग्लोबल सस्टेनबल ट्रान्सपोर्ट फोरमलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको बताएका हुन् । नेपालको […]

चार गुणाले बढ्यो इलेक्ट्रिक कारको आयात, पहिलो दुई महिनामा करिब ४ अर्बको आयात

काठमाडौं । नेपालमा इलेक्ट्रिक कारको आयात बढेको देखिएको छ । भन्सार विभागको आर्थिक वर्ष २०८०/८१ भदौं मसान्तसम्मको वैदेशिक ब्यापारको तथ्यांक अनुसार तीन अर्ब ८२ करोड ७४ लाख ९१ हजार रुपैयाँ बराबरको एक हजार ६०२ यूनिट इलेक्ट्रिक कार कार आयात भएको छ । गत आर्थिक वर्ष २०७९/८० को सोही अवधिको तुलनामा संख्याको आधारमा इलेक्ट्रिक कारको आयात करिब […]

नेपाली क्रिकेटका पुर्ब कप्तान पारस खड्का बिधुतिय गाडी दीपलको ब्राण्ड एम्बास्डर नियुक्त

काठमाडौं । नेपाली क्रिकेट टिमका  पुर्ब कप्तान तथा नेपाल क्रिकेट संघका सचिब  पारस खड्का चिनियाँ अटोमोबाइल ब्राण्ड दीपलको लागि नेपालमा ब्राण्ड एम्बास्डर नियुक्त भएका छन् । उनलाई दीपलको नेपालमा  ल्याएर आधिकारिक बिक्रेता बनेको  एमएडब्लू वृद्धि ब्राण्ड एम्बास्डर बनाएको हो । कम्पनीले आज एक समारोहका बीच ब्राण्ड एम्बेष्डर घोषणा गरेको हो । सो अबसरमा कम्पनी र […]

सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप

काठमाडौं । नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसार वार्षिकोत्सवका अवसरमा कम्पनीले ग्राहकहरुको सुविधालाई ध्यानमा राख्दै सेवालाई विविधिकरण गर्दै तीन नयाँ सेवा थप गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक असिममानसिंह बस्न्यातले  ग्राहकलाई एउटै एपबाट धेरैभन्दा धेरै सुविधा उपलब्ध गराउने उद्देश्यले सेवा […]

दशैंमा टिकट काट्न काउन्टरमा लाइन बस्नु नपर्ने

काठमाडौं । मोबाइल तथा अनलाइनबाट बसको टिकट काट्ने सेवा प्रदान गर्दै आएको बससेवा डटकमले दशैंका लागि टिकट बुकिङको आवश्यक प्राविधिक तयारी पूरा गरेको छ । अहिले काठमाडौँबाट सिलगुडी, दिल्ली, पोखरा, काँकडभिट्टा, विराटनगर, धरान, भोजपुरलगायत गन्तव्यमा र पोखराबाट नेपालका सबै प्रमुख सहरहरूमा अग्रिम टिकट काट्न सकिने व्यवस्था भइसकेको जानकारी बससेवाले दिएको छ । बस व्यवसायी र सरकारबीच […]

बजाजको ग्रान्ड कार्निभल सुरु, १८ भ्यालुएटर्सबाट बाइकको सर्वाधिक भ्यालुएसन पाइने

काठमाडौं । नेपालको लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवम बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनीले ग्रान्ड कार्निभल ल्याएको छ । नेपालीहरुको महान चाड विजयादशमी, तथा दीपावलीको अवसर पारेर बजाजले २०८१ असोज ७ देखि १२ सम्म भृकुटीमण्डपमा कार्निभलको आयोजना गरेको हो । यस ग्रान्ड कार्निभल अन्तर्गत ग्राहकहरुले १८ भन्दा बढी भ्यालुएटर्सबाट ग्यारेन्टीको साथ सर्वाधिक भ्यालुएसन पाउन सक्नेछन् । […]