बढ्यो निजी क्षेत्रमा प्रवाह हुने कर्जा

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशतले वृद्धि भई ५५ खर्ब ९९ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। केन्द्रीय बैंकले आज सार्वजनिक गरेको वित्तीय विवरणअनुसार उक्त अवधिमा निजी क्षेत्रमा कर्जा प्रवाह भएको हो। वार्षिक विन्दुगत आधारमा २०८२ मङ्सिर मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा […]

अनलाईन कारोबारको सिमा घट्यो अब ५ लाख मात्रै अनलाइन मार्फत कारोबार गर्न पाउने

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सेवाग्राहीले ५ लाखसम्मको कारोबार मात्रै अनलाइनबाट गर्न पाउने भएका छन् ।  आज पुष २४ गते नेपाल राजपत्रमा सरकारी निर्णय प्रकाशित भएपश्चात नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई नगद सीमासम्बन्धी बैङक तथा बित्तिय संस्थालाई  निर्देशन दिएको हो। नयाँ व्यवस्थाअनुसार अब वस्तु तथा सेवा खरिदका लागि ५ लाखभन्दा बढीको रकम […]

राष्ट्र बैंकले भन्यो-निक्षेप परिचालन ७५ खर्ब ४५ अर्ब पुग्दा कर्जा प्रवाह ६५ खर्ब नजिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.९ प्रतिशत (रु २८१ अर्ब ८९ […]

५ महिनामा ८ खर्ब ७० अर्ब विप्रेषण भित्रियो

काठमाडौं ।नेपाल राष्ट्र बैंकले पछिल्लो पाँच महिनामा करिब पौने ९ खर्ब विप्रेषण (रेमिटेन्स) भित्रिएको बताएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक तथा वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै उक्त कुरा बताएको हो । राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा विप्रेषण आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भई रु ८ खर्ब ७० अर्ब […]

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो युनियन–पे कार्ड सेवा

काठमाडौं ।  नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि एनआईएमबी युनियन–पेकार्ड सेवा ल्यायको छ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्ना ग्राहकवर्गहरूका लागि आधुनिक भुक्तानी समाधान विस्तार गर्ने उद्देश्यसहित एनआईएमबी युनियन–पे कार्डको औपचारिक शुभारम्भ गरेको हो । युनियन–पे कार्डको सुरुवातसँगै बैंकले सुरक्षित, भरपर्दो तथा विश्वव्यापी रूपमा स्वीकार्य कार्ड सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः […]

बैंकमा थुप्रियो १३५ किलो सुन, आयातमा समेत कमी, के निरन्तरको मूल्यवृद्धि हो कारण ?

काठमाडौं । सुनको मूल्य निरन्तर बढ्दा मागमा कमी आएको छ । नेपालको बजारमा हालको महिनामा सुनको माग नबढ्नु र निरन्तर  मुल्य वृद्धि गर्दाले सुनको मौज्दात बढेको छ । विवाह, व्रतबन्ध, पाश्नी लगायतका कार्यक्रममा पछिल्लो महिनामा नहुनु र मुल्य वृद्धिको कारणले गर्दा सुन खरिदकर्ताहरु घट्नुको कारण सुनको मौज्दान बैंक तथा वित्तीय संस्थामा पर्याप्त रहेको जनाकारहरु बताउँछन् […]

सिद्धार्थ बैंकको ऋणपत्र सूचीकरण खारेज

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिद्धार्थ बैंक लिमिटेडको २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र सूचीकरण खारेज गरिएको छ ।बैंकले नेप्सेमार्फत एक सूचना जारी गर्दै “१०.५० प्रतिशत सिद्धार्थ ऋणपत्र २०८२“ को २१ लाख ६२ हजार  कित्ता ऋणपत्र पुस २६ गतेपछि परिपक्व भएकाले सूचीकरण खारेज गरिएको हो ।

नेपाल बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बिच सम्झौता

काठमाडौं । २०८२  पौष २३ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका […]

दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । दुर्गा प्रसाईँ, उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्की इजलासमा सुनुवाइ हुन लागेको हो । नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको बैंकिङ कारोबार शंकास्पद देखिएको भन्दै केन्द्रीय […]

एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत विशेष छुट

काठमाडौं ।एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको बहुमूल्य सामान र महत्वपूर्ण कागजात सुरक्षित राख्ने सुविधा अझ सहज र किफायती बनाउने उद्देश्यले लकर सेवामा ३० प्रतिशत विशेष छुट उपलब्ध गराएको छ। नयाँ योजना अनुसार, २०८२ माघ ६ गतेसम्म ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट पाउनेछन्। यस सेवा अन्तर्गत ग्राहकले आफ्नो बहुमूल्य वस्तु र कागजात पूर्ण […]