४० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ८८ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

छिमेक लघुवित्तको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने 

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । आम रुपमा सबैले किन्न पाउने गरि ४२ हजार २३५ कित्ता सेयर बिक्रीमा राखेको हो । विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेपछि आम सर्वसधारणले समेत खरिद गर्न पाउने गरि १५ दिनको सूचना जारी गरिएको छ । कम्पनीले उक्त सेयर किन्न इच्छुक व्यक्ति तथा संस्थाले कम्पनीको […]

महुली लघुवित्तको संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । महुली लघुवित्तले संस्थापक सेयर बिक्रीमा राखेको छ । हाल कायम कम्पनीकै विद्यमान संस्थाप सेयरधनीहरुले मात्रै किन्न पाउने गरि संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले सूचना जारी गरेर विद्यमान संस्थापक सेयरधनीहरुलाई ३५ दिन भित्र आवेदन दिनका लागि आग्रह गरेको छ । कम्पनीले रामेछापका महोन बहादुर बस्नेतको नाममा रहेको ५ हजार ६७६ कित्ता र […]

राष्ट्र बैंक मौद्रिक नीतिको अर्धवार्षिक समिक्षाको तयारीमा

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको तयारीमा लागेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा छिट्टै सार्वजनिक गर्ने भएसँगै यसको तयारीमा जुटेको हो । मौद्रिक नीतिको अर्धवार्षिक समिक्षको लागि राष्ट्र बैंकले सञ्चालक समिति बैठक बोलाएको बताएको छ । आगामी केहि दिनभित्र राष्ट्र बैंकको सञ्चालक समिति […]

नौ राजनीतिक दल र एक हजार २१३ उम्मेदवारले खोले बैंक खाता

काठमाडौं ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये हालसम्म एक हजार २१३ जना उम्मेदवारले मात्र बैङ्क खाता खोलेको निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा भाग लिएका ६८ दलमध्ये नौ दलले मात्र खाता खोलेका छन् । आजसम्म खाता खोल्ने दलहरुमा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त, […]

धनगढीमा फागुन १२ देखि १४ गते सम्म नबिल निःशुल्क जलन उपचार शिविर सञ्चालन हुँदै

काठमाडौं । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएकाहरु लाभान्वित हुने बैंकले जनाएको छ । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिविर आयोजना गरेको हो […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन (अपोलो हस्पिटल)मा स्वास्थ्य उपचार गर्दा १० प्रतिशतसम्म छुट

काठमाडौं । एनआई सी एशिया बैंक लिमिटेड र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसन लिमिटेड (अपोलो हस्पिटल), नयाँ दिल्ली, भारत बीच यस बैंकका ग्राहकहरूलाई स्वास्थ्य उपचारमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत  राजेश रावलज्यू र इन्द्रप्रस्थ मेडिकल कर्पोरेसनका तर्फबाट प्रबन्धक  विपिन शर्माज्यूले हस्ताक्षर गरेका  […]

फागुनको अन्तिम साता डेपुटी गभर्नरहरु अवकासमा जाँदै, निर्वाचन आचारसंहिताका कारण नयाँ नियुक्ति अन्यौलमा

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर द्धय डा. निलम ढुंगाना र बमबहादुर मिश्र अवकासमा जादै छन् । फागुनको २५ गते वर्तमान डेपुटी गभर्नर द्धय डा. निलम ढुंगाना र बमबहादुर मिश्रको अवधि सकिँदै छ । उनीहरुको पाँच वर्षे कार्यकाल सकिए सँगै उनीहरु केन्द्रीय बैंकबाट अवकासमा जाने भएका हुन् । सन् २०२१ मार्च ९ मा ढुंगाना […]

मुद्दती निक्षेपमा एक अर्ब १० करोड लगानी गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले १ अर्ब १० करोड रुपैयाँ विभिन्न बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले मंगलबार सूचना जारी गरी आफ्नो उपदान र पेन्सन कोषमा रहेको उक्त परिमाण बराबर रकम वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमा लगानी गर्ने जनाएको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका […]

एमएमबि लघुवित्तले लाभांश नदिने

काठमाडौं । एमएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने घोषणा गरेको छ । यस लघुवित्तको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।