नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी, नबिलका ग्राहकले पाउने छन् १० प्रतिशत छुट

काठमाडौं । नबिल बैंक लिमिटेड र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका ग्राहकहरुलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ । बैंकका तर्फबाट प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक (कानून) सुशीलकुमार चापागाइँले समझदारीपत्रमा […]

बैंकर र व्यवसायी छुट्याउनुपर्छ : उपसभापति वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डा.स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन आवश्यक रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंक/व्यवसायी छुट्याउने पक्षमा रहेको उल्लेख गरे। ‘बैंक/व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा […]

ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत लगायत उच्च व्यवस्थापकहरु सहित विभिन्न संस्थाको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो । […]

मन्त्रिपरिषदको निर्णय सार्वजनिक, गर्भनर सिफारिस समितिमा अधिकारीको प्रवेश

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्यमा महाप्रसाद अधिकारी रहने गरी मन्त्रिपरिषदले निर्णय गरेको छ । वैशाख १७ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा नाम सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिनुभएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरहरु मध्येबाट […]

बैंकिङ प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको […]

नेपाल राष्ट्र बैंक कर्मचारी संघको महाधिवेशन सम्पन्न,रामहरि घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल राष्ट्र बैंक कर्मचारी संघले दशौँ केन्द्रीय महाधिवेशन सम्पन्न गरेको छ ।  बैशाख १७ र १८ गतेसम्म सम्पन्न भएको महाधिवेशनले  रामहरि घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । नवनिर्बाचित कार्यसमितिमा उपाध्यक्ष डिल्लीराज आचार्य, निर्जल घिमिरे, महासचिव कृष्ण प्रसाद खराल, सचिव बाशु रिजाल, मीनराज शर्मा, कोषाध्यक्ष रमेश खतिवडा, सह कोषाध्यक्ष रेवती राई र […]

एनएमबि बैंकको बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न

काठमाडौं । एनएमबि बैंकले २०८२ बैशाख २० गते शनिवार बाह्रौं हेरिटेज वाक कार्यक्रम सम्पन्न गरेको छ । बैंकको गट्ठाघर शाखाबाट शुरु गरेर शन्खधर पार्क, बालकुमारी मन्दिर, पाटी बिहार, नगदेश हुँदै बोडेको महालक्ष्मी मन्दिर सम्म पुगि समापन भएको थियो । समृद्ध नेपालको अपार सम्भावना सहित मुलुकको ऐतिहासिक तथा सामाजिक रुपान्तरणको लागि सांस्कृतिक सम्पदा प्रवद्र्धन तथा साक्षरता […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १५३ रूपैयाँ १३ पैसा र बिक्रीदर १५३ रूपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर […]

डिजिटल बैंक स्थापना गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डिजिटल बैंक स्थापना गरिने बताएका छन् । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । नेपालको संविधानको धारा ९५ अनुसार राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेश गर्ने व्यावस्था रहेको छ । नीति तथा कार्यक्रममाथि वैशाख २२ […]

ब्याज आम्दानी बढ्दा पनि घट्यो नेरुडे मिर्मिरे लघुवित्तको नाफा ७१ प्रतिशतले

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्थाको नाफा ठूलो मात्रामा घटेको छ । लघुवित्तले चालु आर्थिक वर्ष (आव)को को तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गर्दै उक्त कुरा बताएको हो । लघुवित्तले चालु आवको तेस्रो त्रैमासको अवधिमा ५ करोड ७९ लाख खुद नाफा कमाएको छ। जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ७०.८० प्रतिशत अर्थात् १४ […]