आइसिएफसि फाइनान्सको ऋणपत्र बिक्रीमा

काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडको ७ वर्ष अवधि तथा वार्षिक ८ प्रतिशत ब्याजदर भएको “८% आइसिएफसि फाइनान्स लिमिटेड डिबेञ्चर–२०८९” बिक्रीमा आएको छ। यस अन्तर्गत प्रति ऋणपत्र १ हजार अंकित मूल्यका दरले कुल ५ लाख कित्ता ऋणपत्र बिक्रीमा आएको हो। जसमध्ये ३ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी २ लाख कित्ता सर्वसाधारणका लागि […]

फागुन २८ गतेबाट गरिमा सुवर्ण योजनाको इकाई बिक्री खुला हुदै  

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड कोष प्रवर्द्धक र गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक र बिक्री प्रबन्धक रहेको गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुने गरिमा सुवर्ण योजनाको इकाई फागुन २८ गतेदेखि बिक्रीमा आउने भएको छ । यस योजना अन्तर्गत प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्रीमा आउनेछ । जसमध्ये ६० लाख इकाई योजना […]

नेपाल बैंक र सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि. बिच सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवारका सदस्यहरुलाई भक्तपुर, बडा नं. ९, राधेराधे स्थित सिग्मा डायग्नोस्टिक्स ल्यावरेटरी प्रा. लि.ले प्रदान गर्ने स्वास्थ्य सेवामा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू, बैंकमा कार्यरत […]

८७ दिनका लागि बैंकिङ प्रणालीबाट ३० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ३० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ८७ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता व्यवस्थापनका […]

गोर्खाज फाइनान्सको १२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा 

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले १२ हजार ३७ कित्ता संस्थापक सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूका लागि बिक्रीमा राखेको हो । कम्पनीले संस्थापक सेयरधनी पिर्थी माया राईको नाममा रहेको ७ हजार ३७ कित्ता र वीर बहादुर मगरको नाममा रहेको ५ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । उक्त […]

‘ग्लोबल मनी विक’ चैत २ देखि ८ गतेसम्म

काठमाडौं ।  बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण आगामी चैत २ देखि ८ गते (मार्च १६–२२, २०२६) सम्म नेपालसहित विश्वभर मनाइने भएको छ । नेपालमा रहेक वर्षजस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ‘ग्लोबल मनी विक २०२६’ आयोजना गर्ने […]

बैंकहरुको गैर बैंकिङ सम्पत्ति ४३ अर्ब ५७ करोड रुपैयाँ, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुमा गैर बकिङ सम्पत्ती २४.९८ प्रतिशतले बढेको छ। अर्थतन्त्र चलयमान नहुदा बैंकहरुको गैर बैंकिङ सम्पत्ती बढेको देखैन्छ । नेपाल राष्ट्र बकले सार्वजनिक गरेको तथ्यांकअनुसार पुस मसान्तसम्म १९ वटा वाणिज्य बैंकहरूको कुल गैर बैकिङ सम्पत्ति ४३ अर्ब ५७ करोड ५० लाख रुपैयाँ पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८ अर्ब […]

काठमाडौंका २५० उम्मेदवारमध्ये १२० जनाले मात्र खोले बैंक खाता

काठमाडौं ।  सङ्घीय राजधानी काठमाडौंकै आधा उम्मेदवारले हालसम्म बैङ्क खाता खोलेका छैनन् । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० निर्वाचन क्षेत्रमा गरी २५० जना उम्मेदवारले मनोनयन दर्ता गरे पनि हालसम्म १२० जनाले मात्र निर्वाचनलक्षित बैङ्क खाता खोलेको विवरण प्राप्त भएको काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिए । निर्वाचन आयोगले […]

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा शिवम् सिमेन्ट्स, कृषि विकास बैंक र आशा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको बोनस सूचीकृत गरिएको हो । जसमध्ये, शिवम् सिमेन्ट्सको १३ लाख ६४ हजार २०२.१२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई २.५ प्रतिशत बोनस […]

सामुदायिक लघुवित्तको लक इन चैत ४ गते सकिंदै

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह तथा कम्पनीका कर्मचारीहरुलाई छुट्टयाईएको सेयरको लक इन अवधि आगामी चैत ४ गते सकिने भएको छ । साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड र विपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेड आपसमा मर्ज भएर सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको हो । साविक विपिडब्लु लघुवित्तको कुल २ लाख ४ हजार […]