पौने ३० खर्ब पुग्यो कुल विदेशी विनिमय सञ्चिति

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भएको जनाएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिमा कुल विदेशी विनिमय सञ्चिति ११.३ प्रतिशतले वृद्धि भई २०८२ असोज मसान्तमा रु.२९७९ अर्ब ८१ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ […]

तीन महिनामा १३० खर्ब तरलता प्रशोचन

काठमाडौं । वित्तीय प्रणालीमा रहेको अधिक तरलता नघटेपछि नेपाल राष्ट्र बैंकले विभिन्न समयमा गरी १३० खर्ब बढी तरलता बढी प्रशोचन गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा निक्षेप सङ्कलन बोलकबोलमार्फत रु. ७१४ अर्ब ६५ करोड र स्थायी निक्षेप सुविधामार्फत रु.१२३ खर्ब ६१ अर्ब ३० करोड गरी कुल रु.१३० खर्ब ७५ अर्ब […]

तरलताका बाबजुद करिब ८३ अर्बले बढ्यो निजी क्षेत्रमा कर्जा प्रवाह

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थामा तरलताका बाबजुद पनि निजी क्षेत्रका कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १.५ प्रतिशत (रु.८२ अर्ब ९३ करोड) ले वृद्धि भई रु.५५ खर्ब ८० अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो […]

१० वाणिज्य बैंकले घटाए ब्याजदर, बाँकीले राखे ब्याजदर स्थिर

काठमाडौं । वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा २० वटा वाणिज्य बैंकहरु मध्ये १० वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् । १० वटा बैंकले कार्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर औषतमा ०.१६ प्रतिशत विन्दु घटाएका हुन्। […]

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.३५८३ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। ५ प्रतिशत बोनस शेयर र ५.३५८३ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) लाभांश वितरणको घोषणा गरेको हो । कात्तिक २८ गते बसेको बैंकको सञ्चालक समितिको […]

बैंकिङ प्रणालीमा अधिक तरलता ५० अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आज आइतबार  ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले ८५ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । तरलता […]

लुम्बिनी प्रदेश : औद्योगिक कर्जा करिब ७ प्रतिशतले बढ्दा कस्तो छ क्षेत्रगत कर्जा प्रवाहको स्थिति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशको औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगहरुमा र सबैभन्दा कम विद्युत, ग्यास तथा पानी सम्बन्धी उद्योगहरुमा रहेको बताएको छ । गत आर्थिक वर्ष २०८१/ ८२ मा लुम्बिनी प्रदेशको औद्योगिक कर्जा मध्ये बढी कृषि, वन तथा पेय पदार्थ उत्पादन सम्बन्धी उद्योगहरुमा ४३.६३ […]

उद्यमीलाई कालोसूचीमा राख्ने क्रम अस्वभाविक रुपमा बढ्योः गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले कालोसुचीमा राख्ने क्रम अस्वभाविकरुमा बढेको बताएका छन्। शुक्रबार राजधानीमा भएको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) को वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर पौडेलले झन्डै १० लाख उद्यमी भएको देशमा डेढ लाखभन्दा बढी कालोसूचीमा राखिनु अस्वभाविक भएको बताए। उनले कालोसूचीमा राखेकै कारण कर्जा लिनेको संख्या बढ्न नसकेको […]

गरिमा विकास बैंकको १९औं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा  कार्तिक २७ गते बिहिबार कास्की जिल्लाको पोखरा महानगरपालिका स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । उक्त साधारणसभाले शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस शेयर र नगद लाभांशको कर सहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण […]

कामना सेवाको १९ औं वार्षिकोत्सवमा विभिन्न कार्यक्रम सम्पन्न, नयाँ निक्षेप योजना सार्वजनिक

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो स्थापनाको १९ औं वार्षिकोत्सव मनाएको छ । बैंकले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरि आफ्नो वार्षिकोत्सव सम्पन्न गरेको छ । कात्तिक २७ गते बिहीबार देशव्यापी रुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले आफ्नो केन्द्रीय कार्यालय सहित सम्पुर्ण क्षेत्रिय कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । […]