विदेशी मुद्रा साँट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५१ रुपैयाँ ३८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर […]

समृद्धि फाइनान्सको सीईओमा घिमिरे नियुक्त

काठमाडौं । समृद्धि फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोषकुमार घिमिरे नियुक्त भएका छन् । फाइनान्सको बुधबार बसेको सञ्चालक समितिको बैठकले आगामी वैशाख १ गतेदेखि लागू हुनेगरी घिमिरेलाई ४ वर्षका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । टीकानिधि लोहनी संस्थाबाट बाहिरिएसँगै घिमिरे सीईओ बनेका हुन् । लोहनीले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए। फाइनान्सले […]

सांग्रिला डेभलपमेन्ट बैंकको “बुद्धभुमि बचत खाता” सञ्चालनमा

काठमाडौं । यस सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उच्च र आकर्षक ब्याजदरसहितको बुद्ध भूमि बचत खाता सञ्चालनमा ल्याएको छ । यही चैत १ गतेबाट सञ्चालनमा आएको यो खाता आम नेपाली नागरिकका लागि बचत गर्ने बानी बसाउने तथा आफ्नो मेहनतको कमाइको राम्रो प्रतिफल पाउने एक अवसरका रुपमा रहेको बैंकले विश्वास लिएको छ । ५ हजार रूपैयाँ न्यूनतम ब्यालेन्समा […]

मुक्तिनाथ मन्दिरमा प्रभु बैंकको भीम युपिआई सेवा, भारतीय तीर्थयात्रीलाई सहज हुने

काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर परिसरमा एक विशेष समारोहका बीच नेपाल राष्ट्र बैंकका गभर्नर महा प्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा भीम युपिआई (BHIM UPI)  सेवा शुभारम्भ गरिएको छ। उक्त सेवाको सुरुवातसँगै अब भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम युपिआईमार्फत क्युआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्ने भएका छन्। […]

सिटिजन्स बैंकको दीर्घ सेवा सम्मान

काठमाडौं । १८ वर्ष अघि २०६४ साल वैशाख ७ गते जम्मा ४३ जना कर्मचारी बाट विधिवत बैंकिङ सेवा सुरु गरेको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बैंकमा अविरल १० वर्ष र १५ वर्ष सेवा प्रवाह गरेका कर्मचारीहरुलाई दीर्घ सेवा सम्मान गरेको छ । आजको दिन (चैत्र १) गते बैंकले कर्मचारीको दिन ९भ्mउयिथभभ म्बथ० को रुपमा मनाउँदै आएको […]

स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको थप सार्वजनिक निष्कासन ९एफपीओ० बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आज एफपीओ बाँडफाँट सम्पन्न गरेको हो । एफपीओमा अन्तिम दिनसम्ममा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ संकलन भएको थियो । १८ लाख ८२ हजार ४२२ जनाले लाख २ करोड ३४ लाख ६२ हजार […]

अधिकांश विदेशी मुद्राको भाउ घट्यो, कुनको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राहरुकाे विनिमयदर सार्वजनिक गरेको छ । यसदिन अधिकांश विदेशी मुद्राहरुको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ९० पैसा र बिक्रीदर १३९ रुपैयाँ ५० पैसा छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ २४ पैसा र बिक्रीदर १३९ रुपैयाँ २४ पैसा रहेको […]

नयाँ गभर्नर नियुक्ति प्रकृिया अघि बढ्याे, तीन सदस्य सिफारिस समिति गठन

काठमाडौं । नेपाल राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रक्रिया अघि बढेकाे छ। सरकारले नयाँ गभर्नर नियुक्त गर्न तीन सदस्य सिफारिस समिति गठन गरेकाे छ । अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठित समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य छन्। राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नरमध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैंकिङ, […]

राजस्वका लागि होलीको दिन पनि बैंकहरु खुल्ने

काठमाडौं । राजस्व प्रयोजनको लागि होलीको दिनमा पनि बैंकहरु खुल्ने भएका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुको नाममा सार्वजनिक सूचना जारी गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । अर्थ मन्त्रालय आन्तरिक राजस्व विभागको पत्रअनुसार आर्थिक ऐन २०८१ ले प्रदान गरेको छुट तथा सुविधा कार्यान्वयनको अन्तिम दिन रहेको र सो […]

चैतमा तीन बैंकको ब्याज बढ्दा दुईको घट्यो

काठमाडौं । चैत महिनामा लागि तीन वटा बैंकले निक्षेपको ब्याज बढाउँदा दुई वटाले घटाएको छ भने अन्य बाँकी बैंकको स्थिर रहेको छ । बाँकी बैंकहरुमध्ये अधिकांशले ब्याजदर स्थिर राखेका छन् । व्यक्तिगत मुद्दति निक्षेपमा फागुनकै अधिकतम ब्याजदरलाई चैतमा निरन्तरता दिनेमा वाणिज्य बैंकमा एनआईसी एसिया, एभरेष्ट, प्रभु, सानिमा, माछापुच्छ्रे र एनएमबी रहेका छन्। व्यक्तिगत मुद्दति निक्षेपको […]