नेपाल बैङ्कर्स संघले भेट्यो नब नियुक्त गभर्नर

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यकारिणी समितिका पदाधिकारीहरूले नव नियुक्त गभर्नर  डा. विश्वनाथ पौडेलसँग शिष्टाचार भेट गरेर बधाई तथा शुभकामना प्रदान गरेको छ  । गभर्नर सँगको भेटमा  संघका पदाधिकारीहरूले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन यस अघि जस्तै  नेपाल राष्ट्र बैंकबाट निरन्तर साथ र  सहयोगको अपेक्षा रहेको उल्लेख गरेका थिए । बैकर्स संघसँगको भेटमा […]

अमेरिकी डलरको मूल्य बढ्यो, अन्यको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको मूल्य बढेर अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ९१ पैसा कायम भएको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३३ पैसा रहेको थियो । […]

सिटिजन्स बैंकद्वारा शव दाह गृह निर्माणका लागि आर्थिक सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत लुम्बिनी प्रदेश बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं. ११ लाई शव दाह गृह निर्माणका लागि आवश्यक सहयोग स्वरूप रू ७०,००० बराबरको निर्माण सामग्री (ब्लकहरू र सिमेन्टहरू) प्रदान गरेकोे छ । कोहलपुर नगरपालिका वडा नं. ११ स्थित दुदुवा र रोहिणी नदीको संगममा निर्माणाधीन यस शव […]

नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकोे अध्यक्षमा चेत प्रसाद उप्रेती नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक चेत प्रसाद उप्रेती नियुक्त भएका छन् । आजको औपचारिक कार्यक्रममा उनले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । यस अघि उक्त पदमा कार्यकारी निर्देशक विश्रुत थापा रहेका थिए । उप्रेतीको केन्द्रिय बैंकको विभिन्न विभागमा […]

नीतिगत स्थायित्व प्राथमिकतामाः गर्भनर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा।विश्वनाथ पौडेलले नीतिगत स्थायित्व र सरोकारवालाहरुसंगको छलफलका आधारमा मौद्रिक लगायत केन्द्रीय बैंकका नीति तय गरिने बताएका छन् । निजी क्षेत्रको प्रतिनिधीमूलक छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसंग बुधबार राष्ट्र बैंकमा भएको भेटमा गभर्नर डा. पौडेलले केन्द्रीय बैंकका निर्णयहरु पूर्वानूमानयोग्य हुने बताए। “निजी क्षेत्र अर्थतन्त्रको सम्वाहक हो । अर्थतन्त्र […]

सिटिजन्स बैंकद्वारा दृष्टि फाउण्डेसन नेपाललाई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत लामो समयदेखि निरन्तर रुपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिलाहरू र उनका बालबालिकाहरूको लागी काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढी अवस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ । विभिन्न दाताबाट प्राप्त सहयोगबाट संचालन भइरहेको र करिब ६५ जना महिला र उनका बालबालिकाहरू लाई […]

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा ग्वासी विद्यालयलाई झोला वितरण

काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले कैलालीको चुरे गाउँपालिका अन्तर्गत रहेको ग्वासी आधारभूत विद्यालयका ११० जना विद्यार्थीलाई विद्यालय झोला वितरण गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेशम थापाको अध्यक्षतामा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्लाको दुर्गममा रहेको उक्त विद्यालयमा अध्ययनरत कक्षा १ देखी ८ सम्मका ११० जना विद्यार्थीहरुलाई एक औपचारिक कार्यक्रमका बिच झोला वितरण गरेको छ […]

४७ प्रतिशतले बढ्यो सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरणसम्बन्धी शंकास्पद कारोबार करिब ४९ प्रतिशतले बढेको बताएको छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘वित्तीय जानकारी एकाइको सन् २०२४ का गतिविधिसम्बन्धी प्रतिवेदन’ अनुसार गत वर्ष यस्ता कारोबार तथा गतिविधिबारे करिब ४७ प्रतिशतले वृद्धि देखिएको छ । ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले एकाइमा सम्प्रेषण गरेका […]

गभर्नर पौडेलले लिए प्रधान न्यायाधीस प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनियताको सपथ

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले सम्माननीय प्रधान न्यायाधीस  प्रकाशमान सिंह राउतसमक्ष पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । हिजो बसेको मन्त्री परिषद् बैठकले उनलाई नेपाल राष्ट्र बैङ्कको १८औं गभर्नरमा नियुक्त गरेको थियो । यस अघि नेपाल राष्ट्र बैङ्कको गभर्नर सिफारिस समितिमा  पौडेल स्वयं समितिका सदस्य रहेका थिए। तर, प्रमुख राजनीतिक […]

नवनियुक्त गभर्नर विश्वनाथ पौडेलको पहिलो प्राथमिकता मुलुकलाई ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले आफ्नो प्रमुख प्राथमिकता नेपाललाई एफएटीएफको ‘ग्रे लिस्ट’बाट बाहिर निकाल्ने रहेको बताएका छन्। पौडेलले नियमनको तुलनामा सुपरिवेक्षण पक्षमा विशेष ध्यान दिने बताएका छन्। गभर्नर पौडेलले अर्थशास्त्रमा विविध विशेषज्ञता हुने भए पनि त्यसको आधार समान हुने उल्लेख गर्दै आफूले माइक्रोफाइनान्समा अध्ययन गरेको र वाणिज्य बैंकको सञ्चालक सदस्यको […]