नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको अध्यक्षमा पुन पृथ्वी बहादुर पाँडे
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्ष पदमा पुन पृथ्वी बहादुर पाँडे चयन भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकको निर्णयले पाँडेलाई सर्वसम्मत रुपमा संचालक समितिको अध्यक्ष पदमा चयन गरेको हो । पाँडेसँग बैंकिङ क्षेत्रमा झण्डै ४ दशकको अनुभव छ। मर्जरअघि उनी नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष थिए। […]

