सानिमा बैंकको आज एजीएम: शेयरधनीले के पाउँदैछन्?

काठमाडौं । सानिमा बैंकको लाभांश प्रस्ताव पारित गर्न आज मंगलबार मंसिर ४ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभा, आम्रपाली ब्यांक्वेट, भाटभटेनी काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । साधारण सभामा बैंकले करसहित ५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत […]

गरिमा विकास बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा रोड रेस कम्पिटिसन-२०८१ आयोजना गर्ने

काठमाडौं ।गरिमा विकास बैंक लिमिटेडले १८औं वार्षिकोत्सवको अवसरमा आगामी मंसिर ८ गते शनिबार गरिमा रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्ने भएको छ । विकास बैंकले खुल्लातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर दुरीको रोड रेस कम्पिटिसन २०८१ आयोजना गर्न लागेको हो । दुवै विधाअन्तर्गत महिला र पुरुषतर्फ गरी कुल चारवटा प्रतिस्पर्धा हुनेछ । खुल्लातर्फको १० […]

राष्ट्र बैंकले एक अर्ब २७ करोड मुद्दती निक्षेपमा राख्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले राष्ट्रले आफ्ना विभिन्न फण्डमा रहेको रकम वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा राख्नका लागि सूचना जारी गरेको छ । राष्ट्र बैंकले तोकेको मापदण्ड पुग्ने इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले आवेदन दिन सक्ने छन् । मुद्दतीको म्याच्योरिटी अवधि ३६६ दिन हुने राष्ट्र बैंकले जारी गरेको सूचनामा जनाएको छ ।

बैङ्किङ कसुरमा कैद ठहर भएका सत्यमान लामा पक्राउ

काठमाडौं । बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय ठहर भएका सत्यमान लामालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर–६ घर भएर बालुवाटार बस्ने लामालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए । रामकुमार तिवारीको जाहेरीले बैङ्किङ कसुर मुद्दामा काठमाडौँ जिल्ला अदालतले उनलाई २ वर्ष कैद र ३० लाख […]

२ खर्ब ६२ अर्ब पुग्यो घरजग्गा आवास कर्जा

काठमाडौं ।  पछिल्लो समय घरजग्गा व्यवसाय (रियलस्टेट) कर्जाको माग बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको भदौसम्म घरजग्गा कर्जास्वरुप २ खर्ब ६२ अर्ब ८३ करोड रुपैयाँ वितरण गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २१ अर्ब ७७ करोडले बढी हो । गत आर्थिक वर्षको सोहि […]

४ कम्पनीको १९ लाख ६० हजार कित्ता शेयर बेच्दै एनआईसी एशिया बैंक

काठमाडौं । एनआइसी एसिया बैंकले आफ्नो स्वामित्वमा रहेको ४ कम्पनीको १९ लाख ६० हजार ६३० कित्ता शेयर बिक्रीमा रहेको छ । बैंकले करिब ३१ करोड रुपैयाँ बराबरको संस्थापक शेयर लिलामीमार्फत बिक्रीमा राखेको हो । बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५१ हजार ८०५ कित्ता, सूर्यज्योति लाइफको ८ लाख ९३ हजार ८२५ कित्ता र […]

नेपाल राष्ट्र बैंकको खुद आय ७३ अर्ब ७६ करोड

काठमाडौं ।नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ मा रु ७३ अर्ब ७६ करोड २३ लाख २१ हजार बराबर खुद आय गरेको छ । केन्द्रीय बैंकले तय गरेको वार्षिक प्रतिवेदनमा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनःमूल्याङ्कन लाभरहानी समायोजन अघिको खुद आय अघिल्लो वर्षको तुलनामा २१ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो । गत कात्तिक २९ गते […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार, अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । यूरोपियन यूरो […]

सिटी एक्सप्रेस मनी ट्रान्सफर, सबैभन्दा धेरै कर तिर्ने रेमिटेन्स कम्पनी

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर रेमिटेन्समा उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिटेन्स तथा मनी ट्रान्सफरको कारोबार गर्ने मध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो । कम्पनीलाई शनिबार राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने […]

सिटिजन्स बैंक र नेपाल क्लियरिङ हाउस बीच अन्तर देशीय भुक्तानी सम्बन्धी सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बीच अलीपेप्लस नेटवर्कमा रहेका सदस्य वालेटहरू मार्फत नेपाल पे मर्चेन्ट अन्तर देशीय भुक्तानी गर्नका लागि आइतबार सम्झौता भएको छ । सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल र एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरे । यस सम्झौता […]