निरन्तर बैंकिङ प्रणालीबाट निक्षेप तान्दै राष्ट्र बैंक, बुधबार ४० अर्ब तान्दै

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि राष्ट्र बैंकले बुधबार ४० अर्ब रुपैयाँ तरलता (ऋण दिन मिल्ने रकम) खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकले २१ दिनका लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो […]

गरिमा क्यापिटलले १ अर्बको बन्दमुखी “गरिमा म्युचुअल फण्ड” ल्याउदै

काठमाडौं । गरिमा क्यापिटलले १ अर्बको  “गरिमा म्युचुअल फण्ड” अन्तर्गत संचालन हुने सामुहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” सञ्चालनमा ल्याउने भएको छ  । १ अर्वको म्यच्युअल फण्डमा १४ प्रतिशत कोष प्रबर्दक गरिमा विकास बैंकलाई र १  प्रतिशत योजना व्यवस्थापक गरिमा क्यापिटललाई छुट्याईएको छ । बाँकि रहेको ८ करोड ५० लाख इकाई आम सर्वसाधारणलाई बिक्री […]

कामना सेवा विकास बैंकको बोनस शेयर खातामा जम्मा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर वितरण गरेको छ। बैंकले असोज ३० गते सम्पन्न १८औं वार्षिक साधारणसभाबाट पारित बोनस शेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत गरी सम्बन्धित शेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा गरिसकेको जानकारी गराएको छ। बैंकका अनुसार असोज १४ गतेसम्म कायम रहेका शेयरधनीले यो बोनस शेयर […]

महुली लघुवित्तले पुस ५ देखि एफपीओ निष्काशन गर्ने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस ५ गतेदेखि थप सार्वजनिक निष्काशन ९एफपीओ० गर्ने घोषणा गरेको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंसिर १७ गते महुली लघुवित्तलाई एफपीओ निष्काशनको अनुमति प्रदान गरेको थियो । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री व्यवस्थापन लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले गर्नेछ। लघुवित्तले कुल ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ […]

नबिलको चौथो फेलोसिप: २० नयाँ उद्यमीको सहभागिता

काठमाडौं । नबिल बैंक लिमिटेडले सामाजिक उद्यमशीलता विकासमा निरन्तर आफ्ना कार्यक्रमहरू सञ्चालन गरेको छ । यसै अन्तर्गत, नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप (नबिल एसएसई)ले चौथो ब्याचको फेलोसिप कार्यक्रम सुरु गरेको छ । सोमबार त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टमा चौथो ब्याचको फेलोसिप कार्यक्रमको औपचारिक रूपमा सुरुवात गरिएको हो । त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्ट (सोमटियु)सँगको सहकार्यमा […]

बैंकमा तरलता अत्याधिक बढ्दा सार्वजनिक ऋणपत्र र ट्रेजरी बिलमा उच्च आकर्षण

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय (पीडीएमओ) ले जारी गर्ने ट्रेजरी बिल र विकास ऋणपत्रमा आवेदनको दर तीव्र रूपमा बढेको छ। बैंक तथा वित्तीय संस्थामा तरलता अत्यधिक भएपछि ऋणपत्र र ट्रेजरी बिलमा माग उल्लेखनीय रूपमा वृद्धि भएको हो। विकास ऋणपत्रमा तीन गुणा बढी आवेदन चालु आर्थिक वर्ष २०८१/८२ मा पीडीएमओले ११ पटक विकास ऋणपत्र जारी […]

महालक्ष्मी विकास बैंकका ग्राहकहरुलाई विभिन्न संस्थाका सेवाहरुमा विशेष छुट

काठमाडौं । ”सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३० वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका […]

राष्ट्रियस्तरका विकास बैंकको नाफा ३१ प्रतिशतले बढ्यो , मुक्तिनाथले कमायो सबैभन्दा धेरै नाफा

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म २ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनामा २ अर्ब ३ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेका हुन्। यो सँगै गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा विकास बैंकहरुको नाफा […]

वाणिज्य बैंकहरुले कमाए २२ अर्ब बढी नाफा, सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक

काठमाडौं । वाणिज्य बैंकहरुको मुनाफा २२ अर्ब भन्दा बढी पुगेका छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार २० वाणिज्य बैंकहरुले साउनदेखि कार्तिकसम्म २२ अर्ब २९ करोड ८६ लाख नाफा कमाएका छन् । राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र प्राइम कमर्सियल […]

एनएमबि बैंकको बैंकिङ्ग सेवा २४ घण्टा अवरुद्ध हुने

काठमाडौं । डाटा सेन्टर अद्यावधिक गर्नुपर्ने कारणले एनएमबि बैंक लिमिटेडले आगामी मंसिर २८ गते शुक्रवार राति १०ः३० बजेदेखि मंसिर २९ गते शनिवार बिहान १०ः३० बजेसम्म आफ्ना सेवाहरू पूर्ण रूपमा अवरुद्ध हुने जनाएको छ । बैंकका अनुसार सो अवधिमा कार्ड, एटीएम, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, आईपीएस, र कल सेन्टर सेवा सञ्चालनमा आउनेछैनन् ।