कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई RESEARCH GRANT प्रदान गर्ने

काठमाडौं । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान (Research Grant) प्रदान गर्ने भएको छ । अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सुचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सोध कार्य गर्नका लागि अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । बैंकिङ […]

नकावधारी समूहले लुटे एसबआई बैंकको ३ करोड, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं । काभ्रेको बनेपाबाट गएको नकाबधारी समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको रकम लुटेको छ । मंगलबार साँझ ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको समूहमा रहेको नकावधारी समूह फरार भएको हो । मंगलबार साँझ ७ बजेको समयमा नकावधारी समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको हो । घटना […]

ग्लोबल आइएमई बैंकले गर्यो  १९औँ वार्षिकोत्सवका अवसरमा सातै प्रदेशमा रक्तदान कार्यक्रम

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बैंकले स्थापनाको १९औं वार्षिकोत्सवका अवसरमा घोषणा गरेका १९ वटा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु अन्तर्गत वृहत् रक्तदान कार्यक्रम आयोजना गरिएको हो । ग्लोबल आइएमई बैंक पौष १८ गते शुक्रबारदेखि स्थापनाको १९ वर्ष पुरा गरी २०औँ वर्षमा प्रवेश […]

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौं ।  नबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई बिदाइ तथा नयाँ सहभागीलाई स्वागत गरेको छ । बैंकले सोमबार बिहान आयोजित ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रममा चौथो र पाँचौ समूहका सहभागीलाई बिदाइ गर्दै छैटौँ समूहका सहभागीलाई स्वागत गरेको हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालित […]

वित्तीय जानकारी इकाईको गत वर्षको वार्षिक प्रतिवेदन सार्वजनिक, शङ्कास्पद कारोबार ३०% वृद्धि

काठमाडौं ।  वित्तीय जानकारी इकाईले आर्थिक वर्ष २०८१÷८२ (सन् २०२४÷२५) को वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनले नेपालमा सम्पत्ति शुद्धीकरण निवारण, आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारण तथा आमविनाशका हातहतियार निर्माण तथा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) का सम्बन्धमा इकाईले गरेका नीतिगत र सञ्चालनगत कार्य तथा कार्यक्रमको विवरण, इकाईमा प्राप्त हुने प्रतिवेदन र तिनको […]

राष्ट्रिय वाणिज्य बैंकको २० औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको २०औँ वार्षिक साधारण सभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ। साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन र २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति लगायतका प्रस्तावहरू पारित गरेको छ। सभामा बैंक सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृत, उपकार्यकारी अधिकृत, शेयरधनी र अन्य अतिथिहरू उपस्थित थिए। अध्यक्ष देव कुमार ढकालले बैंकले संस्थागत सुशासन […]

स्थायी लेखा नम्बर र इ–मेल ठेगाना अद्यावधिक गर्न ग्राहकहरूलाई एनआईसी एसिया आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) र इ–मेल ठेगाना अद्यावधिक गर्न अनुरोध गर्दछ । बैंकका ग्राहकहरूको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले ग्राहकहरूले बैंकको पोर्टल वा मोबाइल बैंकिङ्ग एपमा रहेको प्यान अपडेट विकल्पमा […]

चक्रवातको प्रभाव पछि आइएमएफका लक्ष्यहरू संशोधन गर्नुपर्छ : केन्द्रीय बैंक

कोलम्बो ।श्रीलङ्काकाका लागि अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले निर्धारण गरेका लक्षयहरु संशोदन गर्नुपर्ने  श्रीलङ्काको केन्द्रीय ब्याङ्कका गभर्नर नन्दलाल वीरासिङ्घेले जनाएका छन्। एक स्थानीय टेलिभिजन अन्तर्वार्तामा वीरासिङ्घेले ४८ महिनाको इएफएफको पाँचौँ समीक्षाका लागि आइएमएफको टोली कोलम्बो आइपुग्दा यस महिनाको अन्त्यमा कार्यक्रमको मापदण्ड संशोधन गर्ने छलफल हुने अपेक्षा गरिएको बताए । लक्ष्यले श्रीलङ्काको प्रगतिको मूल्याङ्कन गर्ने र सरकारी […]

राष्ट्र बैंकले आजपनि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ ज’ जारी गरी उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । बिहीबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । […]

नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी

काठमाडौं । नबिल बैंकको सञ्चालक समितिको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । सोमबार बसेको सञ्चालक समितिको ६९९औं बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको हो । यता, बैंकको सोमबार सम्पन्न वार्षिक साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध […]