गभर्नर नियुक्तिमा कडाइ : उच्च शिक्षा, अनुभव र ‘कुलिङ पिरियड’ अनिवार्य बनाउने तयारी

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर तथा सञ्चालक नियुक्ति प्रक्रियालाई थप पारदर्शी, व्यावसायिक र स्वार्थको द्वन्द्वरहित बनाउन कडा मापदण्ड लागू गर्ने तयारी भएको छ। संघीय संसद्को अर्थ समितिले राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथिको छलफलमा गभर्नर तथा सञ्चालकको शैक्षिक योग्यता, व्यावसायिक अनुभव, शेयर स्वामित्व र ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था थप स्पष्ट र कडा बनाउने प्रस्ताव अघि […]

अब बैंकबाहेक अन्य योग्य कम्पनीले पनि ऋणपत्र जारी गर्न पाउने, सेबोनद्वारा नियमावलीको मस्यौदा जारी

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेपालको पूँजी बजारलाई विविधिकृत, पारदर्शी र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ ‘ऋणपत्र दर्ता तथा निष्काशन नियमावली, २०८३’ को मस्यौदा सार्वजनिक गर्दै सरोकारवालाहरूबाट सुझाव माग गरेको छ। हाल बैंक तथा वित्तीय संस्थामा मात्र मुख्य रूपमा सीमित रहेको ऋणपत्र बजारलाई विस्तार गरी अन्य योग्य संगठित संस्थाहरूलाई समेत ऋणपत्रमार्फत दीर्घकालीन पूँजी जुटाउन […]

बैंकिङ प्रणालिमा आधिक तरलता ८५ अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैकले शुक्रबार ८५ अर्ब निक्षेप संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले १६५  दिनको लागि निक्षेप संकलन बोलकबोला उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फात बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० करोड बादढिमा […]

एनआईएमबी बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । एनआईएमबी बैंकका सीईओ ज्योतिप्रकाश पाण्डेलाई धरौटीमा रिहा गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । स्मार्ट टेलिकमले धरौटी राखेको धितो लिलाम गरेको अभियोगमा उनीविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो । उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश कमलकान्त जोशीको इजलासले ८० लाख धरौटीमा छाड्न आदेश दिएको हो । अब उनले निर्वाधरुपमा बैंकको कामकारबाही अघि बढाउन […]

नवनियुक्त डेपुटी गभर्नर रावलद्वारा शपथ ग्रहण र पदबहाली

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएको हो । उनले आजै पदबहाली समेत गरेका छन् । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएको हो । शपथ ग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यसहित गभर्नर […]

राष्ट्र बैंकका गभर्नरको कार्यकाल तीन वर्ष कायम गरिने

काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालकको कार्यकालसम्बन्धी व्यवस्थामा संशोधन गर्ने निर्णय गरेको छ । समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १८ को उपदफा (१) मा रहेको ‘कार्यकाल’ शब्दपछि उल्लेख गरिएको ‘पाँच’ वर्षको सट्टा ‘तीन’ वर्ष कायम गर्ने निर्णय गरेको हो । यो संशोधन कार्यान्वयनमा आएमा राष्ट्र […]

एनएमबि बैंकद्वारा अनलाइन कर्जा आवेदन तथा ‘रियल–टाइम’ ट्र्याकिङ प्रणाली सुरु

काठमाडौं । एनएमबि बैंकले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन  (Online Loan Application) तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउनेछन्। नयाँ डिजिटल पोर्टल मार्फत ग्राहकहरूले जुनसुकै स्थान वा म्भखष्अभ बाट सजिलै कर्जाको लागि आवेदन दिन […]

गरिमा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट आफ्नै भवन बालुवाटारमा स्थानान्तरण

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित नवनिर्मित केन्द्रीय कार्यालयको भदौ ३ गते बुधबार विधिवत रुपमा समुद्घाटन गरिएको छ । विकास बैंकको आफ्नै स्वामित्वमा रहेको भवनमा स्थापित केन्द्रीय कार्यालयको नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले एक समारोहबीच समुद्घाटन गरेका हुन् । उक्त कार्यालयको समुद्घाटनसँगै हाल लाजिम्पाट, काठमाडौमा रहेको केन्द्रीय कार्यालय बालुवाटार, काठमाडौमा […]

स्वस्तिक लघुवित्तको ७ औँ साधारणसभा भदौ २७ गते, हकप्रद सेयर निष्कासन मुख्य एजेण्डा

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो ७ औँ वार्षिक साधारणसभाको मिति घोषणा गरेको छ । लघुवित्तकले आगामी भदौ २७ गतेका लागि सभा आह्वान गरेको हो । उक्त सभा लहानस्थित विशाल होटलमा बिहान ११ बजे सुरु हुनेछ । सभामा सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र त्यसउपर छलफल गरी पारित […]

स्वरोजगार लघुवित्तको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्तक वित्तीय संस्था लिमिटेडले संस्थाप सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सेयरधनी जगदीश साहको नाममा रहेको ३ हजार ५०० कित्ता सेयर बिक्रीका लागि राखेको हो । उक्त सेयरमा हाल कायम कम्पनीका संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने कम्पनीले जनाएको छ । राष्ट्र बैंकको व्यवस्था अनुसार संस्थापक सेयर किन्ने पहिला प्राथमिकता संस्थापक […]