सिद्धार्थ बैंकको ३ लाख बढी कित्ता संस्थापक सेयर लिलाम बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थाक सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि लिलाम बिक्रीमा राखेको हो । बैंकले यसअघि उक्त सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर तोकिएको समयमा संस्थापक सेयरधनीबाट निवेदन प्राप्त नभएपछि अब भने सर्वसाधारणले किन्न […]

आँखुखोला जलविद्युतको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार सेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब यस कम्पनीको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, सेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल मार्फत हुनेछन् ।

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा आईआरडी प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

काठमाडौं । कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नो मोबाइल बैंकिङ्ग एपमा IRD Incentive Program (आईआरडी प्रोत्साहन कार्यक्रम) सुविधा उपलब्ध गराएको छ । आर्थिक वर्ष २०८३/८४ को बजेट मार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान र भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन […]

सिद्धार्थ बैंकको १ लाख ५७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंकले १ लाख ५७ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गरेर दुई जना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५७ हजार ४७९ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयरधनी कृष्णराज पराजुलीको नाममा रहेको १ लाख १० हजार कित्ता र कृष्णकुमारी गुरुङको नाममा रहेको […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ७ संस्थामा विशेष छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका ७  संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् । संस्थाको नाम ठेगाना सेवाहरु छुट […]

माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंकको सेयर रजिष्ट्रारमा माछापुच्छ्रे क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार सेयर रजिष्ट्रारमा गत साउन २९ गतेबाट माछापुच्छ्रे क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब यस बैंकको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, शेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु माछापुच्छ्रे क्यापिटल मार्फत हुनेछन् ।

वाणिज्य बैंकहरूको नाफा करिब ७० अर्ब , खुद ब्याज आम्दानी सामान्य

काठमाडौं । वाणिज्य बैंकहरुले अर्थिक वर्ष २०८२\८३मा  करिब ७० अर्ब रुपैयाँ नाफा कमाएका छन् । गत  आर्थिक वर्षको आसर महिनासम्म बैंकहरुले ६९ अर्ब ८८ करोड ३४ लाख नाफा कमाएका हुन् । यो गत वर्षको सोही अवधिमको तुलनामा ३५.५७ प्रतिशत धेरै हो । आघिल्लो   आवको सोही अवधिमा यी बैंकहरुले ५२ अर्ब ८१ करोड ७५ लाख मुनाफा […]

प्रभु बैंकद्वारा आकर्षक सुविधासहित घर र सवारी साधन कर्जा योजना सार्वजनिक

काठमाडौं । प्रभु बैंक लिमिटेडले आकर्षक घर कर्जा तथा सवारी साधन कर्जा योजना सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत घर कर्जाका लागि अधिकतम सिमा ३ करोड रूपैयाँसम्मका लागि कर्जाको अवधि अधिकतम २५ वर्ष सम्म रहनेगरी कर्जाको सेवा शुल्क मात्र ०.५० प्रतिशत तथा ब्याजदर औसत आधार दरमा थप ०.५० प्रतिशत प्रतिवर्ष मात्र कायम गरिएको छ […]

भदौ लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक, कुन बैंकको कति?

काठमाडौं । नेपालका २० वटा वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि आफ्नो नयाँ ब्याजदर तालिका सार्वजनिक गरेका छन् । प्राप्त तथ्याङ्क अनुसार साउनको तुलनामा भदौ महिनामा निक्षेपको औसत ब्याजदर घटेको देखिन्छ । बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर साउनको ४.१६७५ प्रतिशत विन्दुबाट घटेर भदौमा ४.१३६० प्रतिशत विन्दुमा झरेको छ । त्यस्तै, संस्थागत निक्षेपको औसत दर […]

प्रभु बैंक र ससःत्वा हस्पिटालिटी सम्झौता, ग्राहकलाई १५ प्रतिशतसम्म छुट

काठमाडौं । प्रभु बैंक र कीर्तिपुर नगरपालिका–३ सागलस्थित ससःत्वा हस्पिटालिटी प्रालिबी ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। सम्झौतामा प्रभु बैंकका सेन्ट्रल बिजनेस सेन्टरका प्रमुख लेखबहादुर पुन तथा कीर्तिपुर  शाखा प्रमुख रश्मि  महर्जन  र ससःत्वा हस्पिटालिटीका बिक्री तथा बजारीकरण अधिकृत सागर खनाल एवं सञ्चालक प्रबन्धक सुशान महर्जनले हस्तक्षार गरेका थिए। सम्झौतापछि बैंकका ग्राहकले ससःत्वा हस्पिटालिटीका […]