नेपाल बैंक र ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. बिच सम्झौता

काठमाडौं । २०८२  पौष २३ गते नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौं चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम कर्मचारीहरु, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका […]

दुर्गा प्रसाईंविरुद्ध बैंकिङ कसुर मुद्दाको सुनुवाइ आज हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ । दुर्गा प्रसाईँ, उमा प्रसाईँ, नीराजन प्रसाईँ र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको बैंकिङ कसुर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्की इजलासमा सुनुवाइ हुन लागेको हो । नेपाल राष्ट्र बैंकले गत माघ २३ गते प्रसाईंको बैंकिङ कारोबार शंकास्पद देखिएको भन्दै केन्द्रीय […]

एनआईसी एशिया बैंकको लकर सेवामा ३० प्रतिशत विशेष छुट

काठमाडौं ।एनआईसी एशिया बैंकले आफ्ना ग्राहकको बहुमूल्य सामान र महत्वपूर्ण कागजात सुरक्षित राख्ने सुविधा अझ सहज र किफायती बनाउने उद्देश्यले लकर सेवामा ३० प्रतिशत विशेष छुट उपलब्ध गराएको छ। नयाँ योजना अनुसार, २०८२ माघ ६ गतेसम्म ग्राहकहरूले पहिलो वर्षको वार्षिक शुल्कमा ३० प्रतिशत छुट पाउनेछन्। यस सेवा अन्तर्गत ग्राहकले आफ्नो बहुमूल्य वस्तु र कागजात पूर्ण […]

सालपा विकास बैंकको आईपीओ बाँडफाँड, १ लाख ४३ हजारले पाए सेयर

काठमाडौं ।  सालपा विकास बैंक लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार बैंकले सर्वसाधारण लगानीकर्ताका लागि जारी गरेको आईपीओको बाँडफाँड प्रक्रिया सम्पन्न गरेको हो । बैंकको आईपीओमा कुल २३ लाख २ हजार ८४३ जना आवेदकबाट २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो । तीमध्ये […]

एनएमबि बैंकको ३०औं बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि बैंकका संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीहरुको उपस्थितिमा यही मिति २०८२ पौष २४ गते बिहीबार, त्रिभुवन आर्मि अफिसर्स क्लब, टुँडिखेल, काठमाण्डौंमा ३०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष, मनोज कुमार गोयलको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न गरिएको छ । सो अवसरमा सहभागी शेयरधनीहरूले आ–आफ्नो मन्तव्य व्यक्त […]

बैंकिङ्ग कसुर मुद्दामा फरार रहेको दर्नाल र केसी पक्राउ

काठमाडौं । बैंकिङ्ग कसुर सम्बन्धी मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर जिल्लाका अनमोल दर्नाल र रवीन्द्र केसी रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई खोजतलासका क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अनमोल दर्नालमाथि बैंकिङ्ग कसुर […]

महालक्ष्मी विकास बैंकका नवनियुक्त अध्यक्ष राजेश उपाध्यायद्धारा पद तथा गोपनियताको सपथ

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे हालै सम्पन्न २४ औं वार्षिक साधारण सभाबाट नवनिर्वाचित संचालक समितिबाट अध्यक्षको रुपमा चयन भएका राजेश उपाध्यायले पद तथा गोपनियताको सपथ लिएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ बमोजिम बिहीबार गते नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर बम बहादुर मिश्र ज्यू समक्ष पद तथा गोपनियताको […]

आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्सको ५ प्रतिशत नगद लाभांश स्वीकृत

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योेरेन्स लिमिटेडको २८औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । सभामा अध्यक्ष हेमराज ढकाल र प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायतले सेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको वार्षिक प्रगति, भविष्यका योजना र आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सभामा चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सेयरधनीहरूले सर्वसम्मति मार्फत स्वीकृत गरेका […]

कर्मचारीमाथिको आक्रमणप्रति एनआईसी एशिया बैंकको गम्भिर ध्यानकर्षण, दोषीलाई तत्काल कारवाहीको माग

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो इटहरी शाखामा कलुसित मनसायका साथ प्रवेश गरी बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरेको घटना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। बैंकले यस्तो गैरकानूनी र उच्छृङ्खल गतिविधि संवेदनशील बैंकिङ्ग स्थलमा स्वीकार्य नभएको स्पष्ट पारेको छ। बैंकले शाखा कार्यालयभित्र हुलहुज्जत, होहल्ला, आगजनी वा जिउज्यानमा हानि पुर्याउने उद्देश्यले पेट्रोलजस्ता अति […]

कर्पोरेट डेभलपमेन्ट बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । यस बैंकको पुस २३ गते बसेको सञ्चालक सामिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।  यसका साथै सो बैठकले सोही अनुसारको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।