आज फेरि १० अर्ब रुपैयाँ ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट १० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले १० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ च’ जारी गरी उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । बिहीबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । […]

४ महिनामा १ खर्ब ३० अर्ब रुपैयाँ सवारी साधन कर्जा प्रवाह

काठमाडौं । बैंक तथा वित्तीय संस्थाबाट १ खर्ब ३० अर्ब भन्दा बढी सवारी साधन कर्जा प्रवाह गरेको छ । राष्ट्र बैंक अनुसार मंसिर मसान्तसम्म १ खर्ब ३० अर्ब ३१ करोड ९० लाख रुपैयाँ सवारी साधन कर्जा प्रवाह गरेको हो । यो रकम गत आवको तुलनामा २.८४ प्रतिशत अर्थात ३ अर्ब ६० करोड १० लाख रुपैयाँले […]

कामना सेवा विकास बैंकद्वारा बाल आश्रमलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय बिराटचोक मार्फत द्यचभबतजभ या ीषभ (बाल आश्रम) लाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको छ । बैंकको कोशी प्रदेश प्रमुख खिमलाल भुसालले बाल आश्रमका सञ्चालक निर्मला राईलाई खाद्यान्न तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका थिए । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै सञ्चालक राईले गरिब […]

कर्मचारी आक्रमण पछि इन्भेष्टमेण्ट मेगा बैंकले भन्यो : राज्यले बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको सुरुक्षाको सुनिश्चचता गर

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक कर्मचारी युनियनले पछिल्लो समय बैंक तथा वित्तका कर्मचारीमाथि आक्रमण, दुर्व्यवहार, कुटपिटजस्ता गतिविधि र क्रियाकलाप बढेको भन्दै आपत्ति जनाएको छ। नेपाल राष्ट्र बैंकका गभर्नरलाई विरोध पत्र लेख्दै युनियन अध्यक्ष शिवहरी भण्डारीले राष्ट्र बैंकको ध्यानाकर्षण गराएको हो। ‘पछिल्लो समय वित्तीय क्षेत्रमा काम गर्ने कर्मचारीहरुमाथि प्रत्यक्ष, अप्रत्यक्ष रुपमा विभिन्न समूहहरुको प्रहारको केन्द्र […]

राष्ट्र बैंकले २० अर्ब बराबरको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २० अर्ब रुपैयाँ झिक्न लागेको छ ।  राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ ङ’ जारी गरी उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । मंगलबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । […]

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंकले स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमका बीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीलाई सम्मान गरिएको हो । सञ्चालक समितिका अध्यक्ष ढकाललगायत सदस्यहरु […]

युनिक नेपाल लघुवित्तले लाभांश नदिने

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश नदिने घोषणा गरेको छ । यस संस्थाको पुस २२ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।

एनआईसी एशिया बैंकको संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको संस्थापक समूहको २ लाख कित्ता सेयर सबैले किन्न पाउने गरी लिलाम बढाबढ प्रक्रिया मार्फत् बिक्रीमा राखिएको छ । बिक्री प्रबन्धक नेपाल लाइफ क्यापिटलका अनुसार प्रतिकित्ता न्यूनतम १४० रुपैयाँमै सेयर बिक्रीमा राखिएको हो । सेयर खरीदका लागि इच्छुक योग्य जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरूले आज पुस २३ गतेदेखि माघ २ […]

लक्ष्मी सनराइज बैंकको कार्ड सेवा बन्द हुने 

काठमाडौं । लक्ष्मी सनराइज बैंकले कार्ड प्रणालीलाई थप सुरक्षित र प्रभावकारी बनाउने उद्देश्यले निर्धारित समयका लागि कार्डसम्बन्धी सेवा रोक्ने भएको छ। बैंकका अनुसार प्रणाली स्तरोन्नतिको कामका कारण पुस २३ गते रातिदेखि करिब ६ घण्टा कार्ड सेवा उपलब्ध हुने छैन । बैंकले जारी गरेको सूचनामा हाल प्रयोगमा रहेको कार्ड स्विचमा आवश्यक सुधार गर्नुपर्ने भएकाले अस्थायी रूपमा […]

राष्ट्र बैंकले ७५ अर्बको ऋणपत्र जारी गर्दा २ खर्ब २५ अर्ब बढीको आवेदन

काठमाडौं ।  राष्ट्र बैंकले आइतबार ऋणपत्र जारी गरेर एक वर्षका लागि २५ अर्ब रुपैयाँ अधिक तरलता खुला बजारबाट खिचेको छ । राष्ट्र बैंकले वित्तीय क्षेत्रमा विद्यमान अधिक तरलताको दीर्घकालीन व्यवस्थापनका लागि ‘राष्ट्र बैंक ऋणपत्र’ उपकरण प्रयोग ल्याएको हो । उक्त ऋणपत्र लामो अवधि (एक वर्षभन्दा बढी) का लागि बजारबाट पैसा झिक्न राष्ट्र बैंकले प्रयोगमा ल्याउने मौद्रिक उपकरण […]