‘लकडाउन’को कठिन समयमा भन्दा हाल न्यून दरमा झर्यो बैंकहरुको बेस रेट, तरलता फालाफाल

काठमाडौं । वाणिज्य बैंकहरुको बेस रेट पुस महिनामा औसत ५.४५ प्रतिशत कायम भएको छ । यो मंसिरको भन्दा कम हो । मंसिरमा बैंकहरुको औसत बेस रेट ५.६० प्रतिशत हाराहरी थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको बेस रेट लगातार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०२३ मा वाणिज्य बैंकहरुको आधार दर औसतमा १०.८५ प्रतिशत […]

नेप्सेमा ५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सेचन्च (नेप्से) मा  जीवन विकास लघुवित्त, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, कालिका लघुवित्त, प्राइम कमर्सियल बैंक  र नागरिक लगानी कोषको बोनस सेयरमा मूल्य समायोजन  भएको छ । जीवन विकास लघुवित्तको १४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा  भाउ  १२९८.३३ रुपैयाँमा कायाम भएको छ । आइतबारको अन्तिम कारोबार मूल्य १४८०.१० रुपैयाँलाई  आधार मानेर […]

नेपाल बैंक र मेडिकेयर हस्पिटलबीच सम्झौता 

काठमाडौं । पुस १८ गते नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको क्रेडिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुलाई काठमाडौं चावहिलमा रहेको मेडिकेयर हस्पिटल लि. मा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, […]

सीए प्रविणकुमार झा साफाको उपाध्यक्ष मनोनीत

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)का निवर्तमान अध्यक्ष प्रविणकुमार झा वर्ष सन् २०२६ का लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेट्स (साफा) को उपाध्यक्ष मनोनीत भएका छन् । उनको कार्यकाल सन् २०२६ को जनवरी १ बाट सुरु भइसकेको छ । आइक्यानले यो मनोनयनलाई नेपाली लेखा व्यवसायको क्षेत्रीय स्तरमा बढ्दो मान्यताको प्रतिविम्ब मानेको छ । यसअघि आइक्यानका पूर्वअध्यक्षहरू […]

राष्ट्र बैंकले २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।  राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ ग’ जारी गरी उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । आइतबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । […]

एनआइसी एसिया बैंकले हकप्रद सेयर जारी गर्ने

काठमाडौं । एनआइसी एसिया बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ । यस बैंकको पुस २० गते बसेको सञ्चालक समिति बैठकले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । बैंकले नेपाल राष्ट्र बैंक समक्ष पूर्व स्वीकृतिका लागि प्रस्ताव पेश गरेको छ ।

सालपा विकास बैंकको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । सालपा विकास बैंक लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले पुस १६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज पुस २० गते अन्तिम दिन रहको हो । बैंकले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् दोश्रो चरणमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला […]

बैंक तथा वित्तीय संस्थाको बचत र कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी

काठमाडौं । बैंङ्क तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६५ […]

५ वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार

काठमाडौं । नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र ६५८ शङ्कास्पद कारोबारको राष्ट्र बैङ्कले जानकारी पाएको छ। नेपालमा भर्चुअल […]

स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले दिए राजीनामा

काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । पुस १७ गते बिहीबारदेखि नै लागू हुनेगरि उनले राजीनामा दिएका हुन् । कम्पनी सचिव गोपी भण्डारीका अनुसार पाण्डेले दिएको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ । पाण्डे २०७९ साल भदौमा बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका थिए ।