२१ लघुवित्त संस्थाको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत २१ वटा लघुवित्त संस्थाहरुले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश प्रस्ताव गरेका हुन् । संस्थाहरुले ५ प्रतिशतदेखि २५ प्रतिशतसम्म लाभांश दिने घोषणा गरेका हुन् । जसमध्ये, छिमेक लघुवित्तले सबैभन्दा धेरै २५ प्रतिशत लाभांश दिने भएको छ । त्यसैगरी, डिप्रोक्स, गुराँस, नेसनल, मिथिला […]

एनएमबि बैंकले पायो अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनको अनुमति

काठमाडौं । एनएमबि बैंकले अग्राधिकार सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको छ । बोर्डले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयर २०८१/८२- ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न स्वीकृति प्रदान गरिएको जनाएको छ । यसको लाभांश दर ८.२५ प्रतिशत छ भने ३ करोड कित्ता निष्काशन गरिनेछ । त्यस्तै, प्रतिकित्ता मूल्य १०० रुपैयाँ रहेको छ  […]

भोलि सार्वजनिक बिदाको दिन RTGS प्रंणाली खुल्ला रहने

काठमाडौं । भोलि पुष १० मा नेपालमा सार्वजनिक बिदा भएता पनि  नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभाग RTGS प्रणाली सुचारु रहने छ । नेपाल राष्ट्र बैङ्कले आज एक सुचना जारी गर्दै  २०८२ पुष १०  बिहीबार इसाई धर्मावलम्बीहरुको पर्व क्रिसमस डेको सार्वजनिक  विदाका दिन RTGS प्रणाली बिहान १०.०० बजेदेखि अपराह्न ३.०० बजेसम्म सञ्चालन हुने जनाएको हो […]

नेपाल क्लियरिङ हाउसको १७औँ वार्षिकोत्सवमा राष्ट्रिय वाणिज्य बैंक सम्मानित

काठमाडौं ।  नेपाल क्लियरिङ हाउस लिमिटेडको १७ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी र प्रविधिमैत्री बैंकिङ सेवामा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै बैंकलाई एकसाथ दुइवटा अवार्ड प्रदान गरिएको हो । नेपाल क्लियरिङ हाउसले मंगलबार काठमाडौंमा आयोजना गरेको समारोहमा राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा बढी QR मर्चेन्ट कारोबार गर्ने […]

ग्लोबल आइएमई बैंकले साना तथा लघु उद्यम/व्यवसायमा कर्जा बिस्तार गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा लघु उद्यम/व्यवसायमा कर्जा विस्तारका लागि डिएआई–उदय परियोजनासँग सहकार्य गर्ने भएको छ । ग्लोबल आइएमई बैंक लिमिटेड र डिएआई–उदय परियोजना बीच कोशी प्रदेशका विभिन्न साना तथा लघु उद्यमहरुलाई वित्तीय पहुँचका लागि सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो  । उक्त समझदारी पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र राज […]

बैंकिङ प्रणालीमा अधिक तरलता १० दिनको लागि २५ अर्ब तान्दै राष्ट्र बैङ्क

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक  तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज पुष ९ गते  २५ अर्ब रुपैयाँ संकलन गर्न लागिएको हो । राष्ट्र बैंकले १० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उकत निक्षेप रकम संकलन गर्न लागिएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय […]

विजय लघुवित्तले एफपीओ जारी गर्ने, कति दिन पाइन्छ आवेदन ?

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने भएको छ । कम्पनीले यही पुस २१ गतेदेखि एफपीओ जारी गर्ने भएको हो । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्त एक आपसमा मर्ज हुँदा संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व ७४.३९ र २५.६१ रहेको छ । यस्तो अनुपात ७०ः३० कायम गर्नु पर्ने […]

लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सुझाव कार्यदलको सिफारिस

काठमाडौं । लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सुझाब दिइएको छ । बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२’ ले आफ्नो प्रतिवेदनमा लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस गनुपर्ने सुझाव दिइएको हो । बंगलादेशको उदाहरण दिँदै कार्यदलले ‘स्वतन्त्र नियामक निकाय’ स्थापनाका लागि सुझाव दिएको हो […]

बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुधारका सुझावसहित बुझाएको प्रतिवेदन सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले २०८२ गत जेठ ३० गते डा रेवत बहादुर कार्कीको संयोजकत्वमा गठन गरेको कार्यदलले बैंकिङ नीति, नियमन, कर्जा प्रवाह, ग्रामीण अर्थतन्त्र, मर्जर, ग्रे–लिष्ट र पुँजीबजारसम्म फैलिएका सुधारका एजेन्डा अघि सारेको हो। नेपाललाई ग्रे–लिष्टबाट हटाउन […]

एनएमबि बैंक लिमिटेडलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्रदान

काठमाडौं । एनएमबि बैंक लिमिटेडले डिजिटल रूपान्तरणमार्फत उत्कृष्ट सेवा प्रवाह गरेबापत डिजिटल सर्भिसेज् आइसीटी अवार्ड २०२५ (ईन्टरप्राईज क्षेत्र) प्राप्त गरेको छ। यो अवार्ड डिजिटल प्रविधिको प्रयोग गरी सार्वजनिक सेवालाई थप सहज, प्रभावकारी र पहुँचयोग्य बनाउने संस्थाहरूले प्राप्त गर्दछन। एनएमबि बैंकले नयाँ डिजिटल माध्याम मार्फत आफ्ना सेवाहरूलाई ग्राहकमैत्री बनाएको आधारमा यो सम्मान प्राप्त गरेको हो। यस […]