माछापुच्छ्रे बैंकले रेटिङका लागि रोज्यो इक्रा नेपाल, केयर रेटिङ्सलाई गर्यो ‘वाइपास’

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले क्रेडिट रेटिङ एजेन्सी फेर्ने क्रममा केयर रेटिङ्स नेपालबाट आफ्नो रेटिङ फिर्ता गराएको छ। बैंकको आफ्नै अनुरोध तथा विद्यमान क्रेडिट रेटिङ नियमावली र केयर रेटिङ्सको नीति अनुसार कम्पनीको ‘इसुअर रेटिङ’  फिर्ता लिइएको केयर रेटिङ्स नेपालले जनाएको छ। रेटिङ फिर्ता लिने प्रक्रिया अनुसार बैंकले पहिलोपटक २०२६ जनवरी २५ मा केयर रेटिङ्स नेपालसमक्ष […]

 सीईओ अमनिश तुलाधर “सिइओ अफ द इयर” अवार्डबाट सम्मानित

काठमाडौं ।नेपाल लिकर्स प्रा. लि. आफ्ना प्रमुख कार्यकारी अधिकृत  (सीईओ) अमनिश बिर सिंह तुलाधर सिङ्गापुरमा सम्पन्न “एशिया बिजनेश लिडर्स अवार्ड्स” मा प्रतिष्ठित “सिइओ अफ द इयर” अवार्डबाट सम्मानित भएका छन् । यो सफलता नेपाल लिकर्सका लागि मात्र नभई समग्र नेपाली कर्पोरेट क्षेत्रका लागि नै एक ऐतिहासिक उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय मञ्चमा नेपाली नेतृत्वको क्षमतालाई उजागर […]

खुद नाफा ४०.६० प्रतिशतले बढाउँदै एनएमबी बैंकको नाफा ४ अर्ब पार

काठमाडौं । एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकले नाफा, ब्याज आम्दानी र व्यवसाय विस्तारमा उल्लेख्य सुधार गरेको छ। बैंकले गत आर्थिक वर्षमा खुद नाफा ४०.६० प्रतिशतले बढाएर ४ अर्ब १ करोड ३७ लाख रुपैयाँ पुर्‍याएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब […]

अर्थमन्त्री वाग्ले र २० वाणिज्य बैंकका सिईओसँग आज छलफल हुने 

काठमाडौं ।  अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ )हरुसँग छलफल गर्ने भएका छन् । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूकाे कार्यन्वयनमा प्रमुख वित्तीय संस्थाहरुको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले   सिइओहरुलाई छलफलमा बोलाएका हुन् । दिउँसो ३ बजे मन्त्रालयमा हुने छलफलमा नेपाल राष्ट्र बैकले क श्रेणीमा राखेका […]

विकास ऋणपत्रमार्फत १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

काठमाडौं । सरकारले विकास ऋणपत्र जारी गरेर १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी गरेको छ । परिपक्व अवधि १५ वर्ष रहेको सो ऋणपत्रलाई ‘विकास ऋणपत्र–२०९८’ नाम दिइएको छ । ऋणपत्र बोलकबोलमार्फत जारी गरिने सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, अन्य व्यक्ति, फर्म, संस्था वा […]

व्यवस्थापन निर्णयलाई लिएर फैलिएका भ्रमको प्रभु बैंकद्वारा प्रतिवाद

काठमाडौं । प्रभु बैंक लिमिटेडले पछिल्ला केही सञ्चारमाध्यममा बैंक, सञ्चालक, पदाधिकारी तथा व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरूलाई भ्रामक, एकपक्षीय तथा आधारहीन भन्दै गम्भीर आपत्ति जनाएको छ। बैंकले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत यस्ता समाचारले संस्थागत प्रतिष्ठा, सार्वजनिक विश्वास तथा वित्तीय प्रणालीप्रति अनावश्यक भ्रम सिर्जना गरेको जनाएको हो। बैंकले कुनै पनि आधिकारिक प्रमाण वा तथ्यबिना प्रकाशित […]

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ जना बचतकर्ताको रकम फिर्ता,‘ऋण असुली पनि तीव्र’

काठमाडौं ।  समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले कान्तिपुर सेभिङ र पशुपति सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ । समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका हुन् भने पशुपति सहकारीका ७ जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ […]

सिद्धार्थ बैंकको नाफा ४.५४ प्रतिशतले बढ्यो, लाभांश क्षमता भने घट्यो

काठमाडौं । सिद्धार्थ बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको नाफामा सुधार आएको छ। समीक्षा अवधिमा बैंकको खुद नाफा ४.५४ प्रतिशतले बढेर ३ अर्ब ५१ करोड ९४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले ३ अर्ब ३६ करोड ६५ लाख ९४ हजार २८२ रुपैयाँ खुद नाफा […]

शाखा समायोजनसँगै माछापुच्छ्रे बैंकका ८ शाखा कार्यालय बन्द

काठमाडौं । माछापुच्छ्रे बैंकले आठ वटा शाखा कार्यालय एकआपसमा समायोजन गरी नयाँ व्यवस्थाअनुसार सञ्चालनमा ल्याएको जनाएको छ।बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन गरिएको हो। समायोजनपछि सम्बन्धित ग्राहकहरूले नयाँ तोकिएका शाखाबाट सबै बैंकिङ सेवा यथावत रूपमा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकले सार्वजनिक गरेको विवरणअनुसार चितवनको हाकिमचोक शाखालाई नारायणगढ शाखासँग, काठमाडौंको […]

सञ्चय कोषको रकमलाई सरकारले के लगानी रकममा परिणत गर्न लागेको हो ?

काठमाडौं । सरकारले सञ्चय कोषमा सञ्चित भएको रकमलाई लगानीयोग्य रकममा परिणत गर्ने तयारी गरेको छ । यसकै लागि अर्थ मन्त्रालयले कर्मचारी सञ्चय कोष, ऐन, २०१९ को दशौं संशोधन गर्दै ‘कर्मचारी सञ्चयक कोष’, २०८३ तयार गरेको छ । मन्त्रालयले कोषमा भएको रकमलाई लगानीयोग्य रकम बनाउने देखि लिएर, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका कर्मचारीलाई समेत कोषमा आबद्ध […]