नेप्सेमा नेपाल फाइनान्सको हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा  नेपाल फाइनान्सको १ लाख ६२ हजार कित्ता हकप्रद सेयर सूचीकृत भएको छ । यस फाइनान्सको  लिलामिमा ल्याइएको संस्थापक समूहको सेयर सूचीकृत गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

कोशी प्रदेशको स्टार्टअप उद्यममा कुल लगानी २ अर्ब ५६ करोड, उद्यमको औसत नाफा १३.९ प्रतिशत

काठमाडौं । स्टार्टअप उद्यममा न्यूनतम २१ वर्षदेखि अधिकतम ७० वर्षका उद्यमीहरूको संलग्नता रहेको नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनमा उल्लेख गरिएको छ । केन्द्रीय बैंकले कोशी प्रदेशमा गरेको स्टार्टअप उद्यमको प्रवृत्तिसम्बन्धी विशेष अध्ययन प्रतिवेदन अनुसार यस क्षेत्रमा कुल लगानी रु दुई अर्ब ५६ करोड रहेको छ । त्यसमा ३८ दशमलव सात प्रतिशत हिस्सा ऋण रहेको […]

मुक्तिनाथ विकास बैंकको ‘मुक्तिनाथ एग्रि–फाइनान्स ३६०’ कार्यक्रम सम्पन्न

काठमाडौं । मुक्तिनाथ विकास बैंकको २०औँ वर्ष प्रवेशको शुभ अवसरमा बैंकले मुक्तिनाथ एग्रि–फाइनान्स ३६० कार्यक्रम यही पुस १८ गते सम्पन्न गरेको छ । कृषि क्षेत्रमा लगानी विस्तार, उत्पादकत्व वृद्धि र किसानको दिगोपना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदन परियारको विशेष सम्बोधन रहेको थियो । […]

आज फेरि २५ अर्ब बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक वर्षका लागि बजारबाट २५ अर्ब रुपैयाँ झिक्न लागेको छ ।  राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ‘नेपाल राष्ट्र बैंक २०८३ घ’ जारी गरी उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकका अनुसार उक्त ऋणपत्र एक वर्षे अवधिको हुनेछ । मंगलबार दिउँसो २ बजेसम्म बोलकबोल गर्ने समय तोकिएको छ । […]

महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे २४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको नेतृत्वमा साधारणसभा सम्पन्न भएको हो । सभा पुस २१ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो । सभाले गत असार मसान्तसम्मको वासलात तथा गत आर्थिक वर्ष (आव) को नाफा नोक्सान हिसाव एवं […]

नबिल बैंक ‘विकास नायक २०८२’ द्वारा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘विकास नायक २०८२’ सम्मान प्राप्त गरेको छ। विकास मिडियाद्वारा आयोजित विकास बहस तथा विकास नायक सम्मान समारोहमा बैंकलाई संस्थागत नायक को रूपमा यो सम्मान प्रदान गरिएको हो । आइतबार आयोजना गरिएको उक्त कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनालले नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको उपस्थितीमा प्रमुख कार्यकारी अधिकृत (सीइओ) मनोज ज्ञवालीलाई अवार्ड तथा […]

एनआईसी एशिया बैंकको स्वतन्त्र सञ्चालकमा राम कृष्ण खतिवडा नियुक्त

काठमाडौं । राम कृष्ण खतिवडा एन आई सी एशिया बैंकको स्वतन्त्र सञ्चालक पदमा नियुक्त भएका छन् । बैंकको सञ्चालक समितिको बैंठकले आगामी ४ वर्षको लागि उनलाई उक्त पदमा नियुक्त गरेको हो । चार्टर्ड फाइनान्सियल एनालिष्ट (सीएफए) तथा चार्टर्ड इकोनोमिष्ट (सीएचई) गरेका उनले पूर्वाधार विकास, परियोजना विकास तथा व्यवस्थापन, उर्जा नियमन, सार्वजनिक निजी साझेदारी (पीपीपी) लगायतका […]

नेपाल बैंकका कर्मचारी र ग्राहकले मेडिकेयर हस्पिटलमा विशेष छुट पाउने

काठमाडौँ । नेपाल बैंक लिमिटेड र चावहिलस्थित मेडिकेयर हस्पिटल लिमिटेडबीच छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकमा कार्यरत कर्मचारीहरु र कर्मचारीका परिवार, बैंकमा पेन्सन खाता रहेका ग्राहकहरू, बैंकको डेबिट कार्ड होल्डरहरु र नेपाल बैंकका अवकाश प्राप्त कर्मचारीहरुले मेडिकेयर हस्पिटलमा छुट पाउने छन् । सो सम्झौता बमोजिम कर्मचारी र कर्मचारी परिवार, बैंकमा पेन्सन […]

सालपा विकास बैंकको आईपीओमा कतिले दिए आवेदन ?

काठमाडौं । सालपा विकास बैंकको आईपीओमा करिब २४ लाखको आवेदन परेको छ । बैंकको आईपीओमा अन्तिम दिनसम्म २३ लाख ८३ हजार ४०७ जनाले आवेदन छन् । सिडिएसका अनुसार कम्पनीले १४ लाख ३९ हजार १७९ कित्ता सेयरको लागि आवेदन माग गरेकोमा २ करोड ७८ लाख ८४ हजार ५ सय ७० कित्ताका लागि आवेदन परेको हो । […]

‘लकडाउन’को कठिन समयमा भन्दा हाल न्यून दरमा झर्यो बैंकहरुको बेस रेट, तरलता फालाफाल

काठमाडौं । वाणिज्य बैंकहरुको बेस रेट पुस महिनामा औसत ५.४५ प्रतिशत कायम भएको छ । यो मंसिरको भन्दा कम हो । मंसिरमा बैंकहरुको औसत बेस रेट ५.६० प्रतिशत हाराहरी थियो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको बेस रेट लगातार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०२३ मा वाणिज्य बैंकहरुको आधार दर औसतमा १०.८५ प्रतिशत […]