करदाता प्रोत्साहन उपहार कार्यक्रमलाई सहजीकरण गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३’ सञ्चालनका लागि आवश्यक सहजीकरण गर्न भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति पाएका संस्थालाई आग्रह गरेको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत करदाता प्रोत्साहन उपहार कार्यक्रम, २०८३ यही साउन २१ गतेदेखि सञ्चालनमा आउने जानकारी सबै ग्राहकलाई पठाउन भनेको छ । सो कार्यक्रममा सहभागिताका लागि मोबाइल एप अद्यावधिक गर्नुपर्ने […]

कुमारी बैंकको १५ हजार कित्ता संस्थापक सेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १५ हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम संस्थापक शेयर बिक्री गर्दा पहिलो प्रथामिकता विद्यमान संस्थापक सेयरधनीहरूलाई दिनुपर्ने भएकोले उक्त सेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको […]

आरम्भ चौतारी लघुवित्तको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल लिमिटेड नियुक्त भएको छ । कम्पनीको सञ्चालक समितीको निर्णय अनुसार शेयर रजिष्ट्रारमा प्रभु क्यापिटललाई नियुक्त गर्ने निर्णय गरेको हो । अब आरम्भ चौतारी लघुवित्तको सम्पूर्ण धितोपत्र सम्बन्धी अभिलेखा राख्ने, सेयर अभौतिकीकरण गर्ने, नामसारी लगायतका कार्यहरु प्रभु क्यापिटल मार्फत हुनेछन् ।

बैंकिङ कसुर मुद्दामा संलग्न रहेका चार जना पक्राउ

काठमाडौं । बैंकिङ कसुरमा मुद्दामा संलग्न रहेको अभियोगमा ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तिनकुने बस्ने बैतडी घर भएकी ४० वर्षीया रश्मी पन्त, रूपन्देही सिद्धार्थनगर नगरपालिका-८ बस्ने गुल्मी घर भएका ४४ वर्षीय सन्तोष ज्ञवाली, रूपन्देही सिद्धार्थनगर नगरपालिका-७ बस्ने गुल्मी घर भएका ४१ वर्षीय राजेन्द्र श्रेष्ठ र रूपन्देही तिलोत्तमा नगरपालिका-४ बस्ने […]

एनएमबि बैंकद्वारा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका लागि सेकेन्ड–ह्यान्ड इभी कर्जा सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले व्यक्तिगत तथा विभिन्न संघ–संस्थाहरूका लागि पुराना (सेकेन्ड–ह्यान्ड) विद्युतीय सवारी साधन खरिद गर्न सहज बनाउने उद्देश्यले सेकेन्ड–ह्यान्ड इभी कर्जा सुविधा सुरु गरेको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको बैंकको यस पहलले नेपालमा चारपांग्रे विद्युतीय सवारी साधनको पहुँचलाई सुलभ र किफायती बनाउने विश्वास लिएको छ । सरल र छिटो प्रक्रियाबाट उपलब्ध […]

एनआईसी एशिया बैंकद्वारा नेपाल पे कार्ड अक्वायरिङ्ग सुरु

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो डिजिटल बैंकिङ सेवालाई अझ सुदृढ बनाउँदै नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) मार्फत नेपालपे कार्ड अक्वायरिङ्ग सेवा सुरु गरेको छ । यससँगै अब बैंकले आफ्नो ग्राहकहरुका लागि नेपालेपे कार्ड अक्वायर गर्न सक्नेछ । त्यस्तै डिस्कभर नेटवर्क अन्तर्गतको रुपैयाँ कार्ड लगायत अन्य अन्तर्राष्ट्रिय कार्डहरु पनि अब बैंकको एटीएम र पीओएस […]

लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आन्दोलनरत लघुवित्त पीडितसँग वार्ता गर्न समिति गठन गरेका छन् । बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै उनले अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यको संयोजकत्वमा वार्ता टोली गठन गरेका हुन् । समितिका सदस्यहरूमा कानुन मन्त्रालयका सहसचिव विनोदकुमार भट्टराई, गृह मन्त्रालयका सहसचिव सुरेश पन्थी र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल रहहेका छन्। […]

लक्ष्मी सनराइज बैंकको ऋणपत्रमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले आज साउन १४ गतेदेखि १० वर्षे अवधि भएको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७% लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ निष्काशन गरेको छ । बैंकले प्रतिऋणपत्र अंकित मूल्य १ हजार रुपैयाँका दरले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशतले हुन आउने १८ लाख कित्ता […]

कुमारी बैंक लिमिटेडको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्री

काठमाडौं । कुमारी बैंक लिमिटेडले साढे २ लाख कित्ता भन्दा बढी संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ५८ हजार २०९ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल कायम बैंकका संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ […]

बैङ्किङ कसुर मुद्दाका चार फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा संलग्न चार फरार प्रतिवादी पक्राउ परेका छन् । नेपाल राष्ट्र बैङ्कको पत्रका आधारमा शशिधर शर्मासमेत भएको बैङ्किङ कसुर तथा सजाय ऐनअन्तर्गतको कसुरमा संलग्न उनीहरुलाई बुधबार विभिन्न स्थानबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । पक्राउ पर्नेमा बैतडीका रश्मी पन्त, गुल्मीका सन्तोष ज्ञवाली र राजेन्द्र […]