मिथिला लघुवित्तका सञ्चालक साहको राजीनामा स्वीकृत

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक विनोद कुमार साहको राजीनामा स्वीकृत भएको छ । संस्थामा सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्दै आएका सञ्चालक साहले व्यक्तिगत तथा स्वास्थ्य समस्याको कारण देखाउँदै पदबाट राजीनामा दिएका थिए । संस्थाको सञ्चालक समितिको २०८३ असोज २३ गते बसेको बैठकले साहले दिएको राजीनामा स्वीकृत गरेको हो ।

अमित श्रेष्ठलाई आइसीएफसी फाइनान्सको कामु सीईओको जिम्मेवारी 

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडमा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) को जिम्मेवारी अमित श्रेष्ठले पाएका छन् । संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तको कार्यकाल २०८३ असोज २४ गते समाप्त भएपछि संस्थाकै नायव प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई कामु सीईओको जिम्मेवारी दिइएको हो । कम्पनीको सञ्चालक समितिको असोज २३ गते बसेको ३७७औँ बैठकले श्रेष्ठलाई […]

मञ्जुश्री फाइनान्सको १ लाख बढी कित्ता संस्थापक सेयर विक्रीमा

काठमाडौं । मञ्जुश्री फाइनान्सले संस्थापक सेयर विक्री गर्ने भएको छ । कम्पनीले कम्पनीका संस्थापक सेयरधनी नुमनाथ पौडेलको नाममा रहेको १ लाख २९ हजार ३२ कित्ता सेयर विक्री गर्न लागेको हो । सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । कम्पनीले विद्यमान संस्थापक सेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी उक्त सेयर विक्रीको आह्वान गरेको हो । उक्त […]

कृषि विकास बैंक रेटिङ ‘ए प्लस’, आम्दानी सवा २३ अर्बमा सीमित

काठमाडौं । क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले कृषि विकास बैंक लिमिटेडको इश्वर रेटिङ  ‘CARE-NP A+ (Is)’ लाई पुनः पुष्टि गरेको छ। यो रेटिङ प्राप्त गर्ने संस्थालाई नेपालको वित्तीय क्षेत्रमा समयमै वित्तीय दायित्व बहन गर्न पर्याप्त सुरक्षित तथा न्यून क्रेडिट जोखिम भएको संस्थाको रूपमा लिइन्छ। बैंकका सबल पक्षहरूको चर्चा गर्दा, यसमा नेपाल सरकारको ५१ प्रतिशत […]

समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त सहकारीका बचतकर्तालाई आफ्नो मागदाबीको विवरण अद्यावधिक गर्न आग्रह गरेको छ। समितिले विवरण सच्याउनुपर्ने बचतकर्तालाई २०८३ साल कात्तिक मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गर्न अनुरोध गरेको हो। समितिले बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया व्यवस्थित बनाउन अनलाइन प्रणालीमार्फत मागदाबीको विवरण संकलन तथा अद्यावधिक गरिरहेको जनाएको छ। समितिका अनुसार अनलाइन प्रणालीमा […]

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचय नम्बर प्राप्त नभएसम्म नागरिकता प्रमाणपत्रलगायत पहिचान खुल्ने अन्य कागजातका आधारमा बैंकिङ सेवा प्रवाह गर्न सरकार र सम्बन्धित निकायका नाममा परमादेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलासले असोज २३ गते राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्थाका कारण बैंकिङ सेवाबाट वञ्चित नागरिकलाई वैकल्पिक […]

बैंकका शाखा समायोजन गर्दा कर्मचारी हटाउन नपाइने, ९० दिनअघि सूचना दिनुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले शाखा समायोजन वा एकीकरण गर्दा कर्मचारी कटौती गर्न नपाउने व्यवस्था गरेको छ । एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले शाखा समायोजनका क्रममा कर्मचारीको रोजगारी सुरक्षित गर्न नयाँ व्यवस्था लागू गरेको हो । संशोधित निर्देशनअनुसार शाखा समायोजन वा एकीकरण हुने वा भइसकेको कारण देखाएर सम्बन्धित शाखामा कार्यरत […]

शहरमा ४ वटा शाखा गाभे ग्रामीण वडामा एउटा नयाँ शाखा खोल्नै पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको शाखा समायोजन, एकीकरण र स्थानान्तरण सम्बन्धी व्यवस्थामा परिमार्जन गर्दै नयाँ नीतिगत निर्देशन जारी गरेको छ। केन्द्रीय बैंकको ‘बैंक तथा वित्तीय संस्था नियमन विभाग’ ले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै “क”, “ख” र “ग” वर्गका इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूका लागि यो कडाइका साथ लागू हुने […]

त्रिशूली–भोटेकोशी बाढीपीडितका लागि कुमारी बैंकका कर्मचारीको ४५ लाखभन्दा बढी सहयोग

काठमाडौं । त्रिशूली–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न कुमारी बैंक लिमिटेडका कर्मचारीले आफ्नो तलबबाट स्वेच्छिक रूपमा रकम संकलन गरी ४५ लाख ९७ हजार ३५३ रुपैयाँभन्दा बढी सहयोग गरेका छन् ।बैंकका कर्मचारीले संकलन गरेको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको बैंकले जनाएको छ । उक्त रकम बाढीबाट प्रभावित समुदायको राहत, उद्धार […]

सांग्रिला डेभलपमेन्ट बैंकको १०.५२६३ प्रतिशत लाभांश पारित

काठमाडौं ।  सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको २२औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। असोज २२ गते बिहीबार एलिस रिसेप्सन गैरिधारा, काठमाडौंमा सम्पन्न साधारण सभाले सेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो। सभाले बैंकको हाल कायम चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५ सय ५ रुपैयाँ ५३ पैसाको […]