धनगढीमा एभरेस्ट बैंकको १३४ औँ शाखा सञ्चालन

काठमाडौं । एभरेस्ट बैंकले आफ्नो शाखा विस्तारको क्रममा सोमबार धनगढी उपमहानगरपालिका वडा नम्बर ८ क्याम्पस चोकमा १३४ औँ शाखा विस्तार गरेको छ । साथै सुदूरपश्चिम प्रदेशमा आफ्नो नयाँ भवनको समेत उद्घाटन गरेको छ । बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरु यहीं नयाँ भवनबाट प्रदान गर्ने जनाएको छ । […]

यात्रुको सहजताका लागि कामना सेवा विकास बैंकले राख्यो प्रतीक्षा बेन्च

काठमाडौं । कामना सेवा विकास बैंकले कुमारीपाटी जावलाखेल व्यापार संघको सहकार्यमा कुमारीपाटी – जावलाखेल क्षेत्रमा ५ थान प्रतीक्षा–बेन्च स्थापना गरेको छ । बैंकले सर्वसाधारण तथा यात्रुहरूको सहजता र सुविधालाई मध्यनजर गर्दै निर्माण गरेको उक्त प्रतीक्षा–बेन्च स्थापना गरिएको हो । बैंकका काठमाडौं प्रदेश प्रमुख केदारनाथ शर्माको अध्यक्षता तथा कुमारीपाटी जावलाखेल व्यापार संघका अध्यक्ष वीरेन्द्र शाक्यको प्रमुख […]

डिजिटल वालेटमा राष्ट्रिय परिचयपत्र अनिवार्य, असोज मसान्तभित्र अद्यावधिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले डिजिटल वालेट प्रयोगकर्ताका लागि राष्ट्रिय परिचयपत्रसम्बन्धी नयाँ व्यवस्था सार्वजनिक गर्दै असोज मसान्तभित्र विवरण अद्यावधिक गर्न भुक्तानी सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ। नयाँ नियमअनुसार अब अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक संस्थाहरूले राष्ट्रिय परिचयपत्रको विद्युतीय अभिलेखअनुसार विवरण यकीन गरेर मात्र वालेट खाता खोल्नुपर्नेछ। कम्पनीहरूले असोज मसान्तभित्र प्रयोगकर्ताहरूबाट […]

पुष्पलाल इन्भेष्टमेन्टले आईपीओ निष्काशन गर्दै, लक्ष्मी सनराइज नियुक्त

काठमाडौं । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आफ्नो जारी पुँजीबाट रु १०० अंकित दरका १५,००,००० कित्ता हुन आउने रु. १५,००,००,००० बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्ने निर्णय गरेको छ । उक्त शेयर निष्काशन तथा बिक्री प्रबन्धकका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ । […]

स्वरोजगार लघुवित्तको ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक सदस्य सुचित्रा पन्त शाहको नाममा रहेको ७ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक सेयर बिक्री गर्दा विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिनुपर्ने नेपाल राष्ट्र बैंकको निर्देशनको व्यवस्था बमोजिम उक्त सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै किन्न पाउने गरि बिक्रीमा […]

हिमालयन ८०–२० को सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन ८०–२० को सेयर मूल्य समायोजन भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात फण्डको इकाईमूल्य ११ रुपैयाँ २ पैसा कायम भएको छ । नेप्सेले गत […]

नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल ब्यालेन्स्ड फण्ड २ र नबिल ब्यालेन्स्ड फण्ड ३ को प्रतिफल सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भोली अर्थात असोज ७ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्दैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त […]

ऋण असुलीबाट समस्याग्रस्तका ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ६ समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोर्खाका २५, गौतमश्रीको ६, शिव शिखरका १३, आइडियल यमुनाको ३,ओरिन्टल को अपरेटिभका ३ र कान्तीपुर सहकारीका २९ साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ । […]

वाणिज्य बैंकहरूमा ४७ अर्ब नाघ्यो गैरबैंकिङ सम्पत्ति, नाफा बढे पनि एनबीए व्यवस्थापन मुख्य चुनौती

काठमाडौं । वाणिज्य बैंकहरूले एक वर्षमा नाफा ४.२२ प्रतिशतले वृद्धि गरेपनि गैरबैंकिङ सम्पत्ति (एनबीए) व्यवस्थापन पछिल्लो समय प्रमुख चुनौती बन्दै गएको छ। बैंकहरूले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो लिलामी गर्दा समेत कसैले खरिद नगरेका कारण यस्तो सम्पत्ति बढ्दै जाँदा बैंकहरूलाई अतिरिक्त भार परेको हो। चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा वाणिज्य बैंकहरूको यस्तो […]

प्रभु बैंकको ‘प्रभु प्रवासी समृद्धि घर कर्जा योजना’ सार्वजनिक

काठमाडौं । प्रभु बैंक लिमिटेडले विदेशमा रही काम गरिरहेका तथा विदेशमा बसोबास गर्ने नेपाली नागरिकलाई लक्षित गर्दै “प्रभु प्रवासी समृद्धि घर कर्जा योजना २०८३/८४” सार्वजनिक गरेको छ। यस योजनामार्फत प्रवासी नेपालीलाई आफ्नो घर तथा जग्गा खरिदसम्बन्धी आवश्यकताका लागि सहज, प्रतिस्पर्धी तथा सुविधाजनक कर्जा सुविधा उपलब्ध गराउने बैंकको उद्देश्य रहेको छ। नेपालको अर्थतन्त्रमा विप्रेषणको महत्वपूर्ण योगदान […]