मञ्जुश्री फाइनान्सको २० प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले लाभांश घोषणा गरेको छ । यस कम्पनीको असोज २२ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो।  नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण […]

७० अर्ब निक्षेप संकलन गर्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालिमा आधिक तरलता भए पाछि नेपाल राष्ट्र बैंकले शुक्रबार ७० अर्बको २ महिना निक्षेप संकलन गर्न लागिएको छ । राष्ट्र बैंकले ६१ दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत संकलन गर्न लागिएको हो । राष्ट्र बैंक अनुसार शुक्रबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङि सिष्टम मार्फत बोलकबोल हुनेछ । निक्षेप संकलनको लागि घटिमा १० […]

१० वर्षमा बैंकहरूको सुनचाँदी कर्जा वृद्धि, कुन वर्ष कति?

काठमाडौं । नेपालका वाणिज्य बैंकहरूले सुन तथा चाँदीको धितोमा प्रवाह गर्ने कर्जा  पछिल्लो एक दशकमा साढे चार गुणाभन्दा बढीले बढेको छ। सन् २०१६ मा २६ अर्ब ३२ करोड ६४ लाख रुपैयाँ रहेको यस्तो कर्जा सन् २०२६ सम्म आइपुग्दा १ खर्ब १६ अर्ब ३० करोड २३ लाख रुपैयाँ पुगेको छ। तथ्याङ्कअनुसार सन् २०१६ मा २६ अर्ब […]

नबिल बैंकको १५.८० प्रतिशत लाभांश पारित

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई १५.८० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकको ४२औँ वार्षिक साधारणसभाले ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांशसहितको प्रस्ताव पारित गरेको हो। बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीको अध्यक्षतामा बिहीबार काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारणसभाले सञ्चालक समितिको सिफारिस तथा नेपाल राष्ट्र […]

माछापुच्छ्रे बैंकलाई दुई अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार

काठमाडौं । माछापुच्छ्रे बैंकले ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनमा गरेको कामका लागि दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ। बैंकले ‘इन्टरनेसनल बैंकिङ इनोभेसन अवार्ड्स २०२६’ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा ‘विजेताको पुरस्कार’ प्राप्त गरेको हो। ग्राहकको खाता खोल्ने प्रक्रियालगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउन सञ्चालन गरिएको ‘रिइन्भेन्टिङ कस्टमर […]

एनएमबि बैंकको लाभांश घोषणा

काठमाडौं ।एनएमबि बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको असोज २१ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने निर्णय गरेको हो। साथै, बैंकले एनएमबि अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि ८.२५ प्रतिशतका दरले नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा पनि गरेको छ। […]

नेशनल लघुवित्तको ५१ हजार बढी कित्ता संस्थापक सेयर बिक्री

काठमाडौं । नेशनल लघुवित्तले संस्थापक समूहको ५१ हजार भन्दा बढी कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गरेर ७ जना संस्थापकको नाममा रहेको ५१ हजार २९ कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर हाल कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुका लागि मात्रै बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक […]

कुमारी बैंकको १ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्रीमा, मूल्य कति ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यस अघि संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखेको उक्त सेयर संस्थापकले आवेदन नदिए पछि आम सर्वसाधारणका लागि बिक्रीमा राखिएको हो । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्त वा संस्थाले १५ दिन भित्र आवेदन दिनु पर्ने छ । संस्थापक शेयर खरिद गर्ने पहिलो […]

सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा, क-कसले दिन पाइन्छ आवेदन ?

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनी प्रदिप चन्द्र पोखरेलको नाममा रहेको ९ हजार ९२३.३६ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थापक समूहको सेयर खरिद/बिक्री गर्दा आफ्नै संस्थापकलाई पहिलो प्राथमिकता दिनु पर्ने व्यवस्था भएकाले उक्त सेयर हाललाई बैंककै विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको थियो । तर, […]

नेपाल फाईनान्सको २ लाख ३१ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल फाईनान्स लिमिटेडले २ लाख ३१ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीका दुई जना संस्थापकको नाममा रहेको २ लाख ३१ हजार ४०३ कित्ता सेयर बिक्रीमा राखेको हो । फाइनान्सका संस्थापक सेयरधनी विजय बहादुर मानन्धरको स्वामित्वमा रहेको २ लाख २६ हजार ४०३ कित्ता तथा मिरा अग्रवालको स्वामित्वमा रहेको ५ […]