राष्ट्र बैंकले गर्‍यो २ बैंकलाई कारबाही

काठमाडौं । नियम विपरीत काम गरेपछि चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल राष्ट्र बैंकले दुई वाणिज्य बैंकलाई कारबाही गरेको छ। कुमारी बैंक र प्राइम कमर्सियल बैंक राष्ट्र बैंकको कारबाहीमा परेका हुन् । राष्ट्र बैंकको निर्देशन अनुपालना नगरेकोले पहिलो त्रैमासमा कुमारी बैंकलाई कारबाही गरिएको हो । कालोसूचीमा रहेका व्यक्ति तथा संस्थाको बैंकिङ्ग कारोबार गरेकाले कुमारी बैंकलाई कारबाही […]

विकास बैंकहरुले नाफामा गिरावट, खुद ब्याज आम्दानी ५ अर्ब ३० करोड

काठमाडौं । सूचीकृत १४ वटा विकास बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तिय रिपोर्ट सार्वजनिक गरेका छन् । जसमध्ये ६ वटा बैंकहरुले घाटा व्यहोरेका छन् । क्षेतीयस्तरका विकास बैंकहरुले धेरै घाटा व्यहोरेका हुन् । बैंकहरुले असोजसम्म ५ अर्ब ३० करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा ४.२९ प्रतिशत […]

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा ‘सिटिजन्स क्यूआर मर्चेन्ट लोन’ योजना सार्वजनिक गरेको छ । बैंकले डिजिटल कारोबारमा संलग्न व्यापारीहरूलाई सहज रुपमा पूँजी अभाव समाधान गर्न यो सहुलियतपूर्ण कर्जा योजना ल्याएको हो । यो योजना बैंकको डिजिटल बैंकिङ […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई पर्वतमा रहेको द क्लिफ नेपालमा १० प्रतिशत छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले द क्लिफ नेपालमा विभिन्न सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा द क्लिफ नेपाल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुले कुश्मा, पर्वतमा रहेको द क्लिफ नेपालमा उपलब्ध विभिन्न सेवाहरु लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । […]

सिटिजन्स बैंकको “ सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना सार्वजनिक

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटे उत्कृष्ट बैंकिङ सेवा सुविधाहरु प्रदान गर्ने क्रममा बैंकमा आवद्ध क्यूआर मर्चेन्टहरूका लागि नयाँ डिजिटल ऋण सुविधा “सिटिजन्स क्यूआर मर्चेन्ट लोन” योजना सार्वजनिक गरेको छ। यो योजना बैंकको डिजिटल बैंकिङ यात्राको अर्को महत्वपूर्ण कदम हो, जसको माध्यमबाट साना तथा मझौला व्यवसायीहरूलाई उनीहरूको क्यूआर कारोबार विवरणका आधारमा सहज, छिटो र पारदर्शी […]

४ अर्ब ६६ करोड लगानी गर्दै निक्षेप तथा कर्जा सुरक्षण कोष

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोषले ४ अर्ब ६६ करोड लगानी गर्ने भएको छ । कोषको विभिन्न बैंकमा रहेको रकमलाई लगानी गर्न लागिएको हो । उक्त रकम नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र ‘क’ वर्गका बैंकहरुले कात्तिक २४ गते भित्र लिन सक्नेछन् । कोषले रकम लिन चाहने बैंकहरुका लागि सर्त समेत तोकेको छ । सो […]

राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दै

काठमाडौं ।  बैंकिङ प्रणालीमा अधिक तरलता भए पछि नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । निक्षेप बढिरहेको समयमा कर्जा माग बढ्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएको हो । राष्ट्र बैंकका अनसार कात्तिक २३ गते मध्यान्ह २ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ ।  निक्षेप संकलनको लागि […]

आइसीएफसी फाइनान्सको नगद लाभांश घोषणा

काठमाडौं । आइसीएफसी फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कात्तिक २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १५.७८ नगद लाभांश (कर प्रयोजनार्थसहित) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । कात्तिक २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर  १० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) दिने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात […]

१ हजार रुपैयाँको ४३ करोड थान नेपाली नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई

काठमाडौं । १ हजार रुपैयाँकाे ४३ करोड थान नेपाली नोट चीनमा छापिने भएको छ । १ करोड ६९ लाख ८५ हजार डलरमा नेपाली नोट छाप्नका लागि चिनियाँ कम्पनीले ठेक्का पाएको छ । नोट छाप्ने जिम्मा चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेशनले पाएको हो ।नोट डिजाइन, प्रिन्टिङ, सप्लाई र डेलिभरी गर्ने गरी राष्ट्र […]