लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी

लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी थालेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८२ पनि स्वीकृत गरी आयोजना बैंक सञ्चालनको प्रक्रिया थालेको हो । उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर […]

चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संसोधान : ऋणपत्रमा गरेको लगानीलाई निर्देशित कर्जामा गणना गर्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंक निर्देशित कर्जामा लचक बनेको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन संशोधन गर्दै निर्देशित कर्जामा लचकता अपनाएको हो । केन्द्रीय बैंकले तोकिएका क्षेत्रमा कर्जा प्रवाह सम्बन्धी व्यवस्थामा हेरफेर गरेको हो । २०८३ पुस मसान्तदेखि वाणिज्य बैकले कुल कर्जा सापटको न्यूनतम १० प्रतिशत कर्जा कृषि क्षेत्रमा […]

एनआईसी एशिया बैंकको लिलाम सम्पत्ति विवरण अब अनलाइन पोर्टलमा

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो नाममा रहेका बैंकिङ सम्पत्ति, गैर–बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिको लिलाम बिक्रीसम्बन्धी विस्तृत जानकारी दिन अनलाइन पोर्टल सार्वजनिक गरेको छ। बैंकका अनुसार उक्त पोर्टलमार्फत लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा तथा स्थान पहिचानका लागि गुगल म्यापस् सहितको विवरण उपलब्ध गराइएको छ। ग्राहकले लिलाम सम्बन्धी सूचनामा समावेश […]

एभरेष्ट बैंकले ३ अर्बको ऋणपत्र निष्कासन गर्ने, लक्ष्मी सनराइज क्यापिटल बिक्री प्रबन्धक

काठमाडौं ।  एभरेष्ट बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले उक्त ऋणपत्रको निष्कासन तथा बिक्री व्यवस्थापनका लागि लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको जनाएको छ। बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८” नामक ऋणपत्र जारी गर्ने तयारी गरेको हो। प्रति इकाइ १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख इकाइ […]

नेपाल बैंकले ल्यायो ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

काठमाडौं । नेपाल बैंक लिमिटेडबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरुलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ । सो योजना अनुसार नेपाल बैंक लि. बाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रू. १ करोड सम्मका खराब तथा […]

पाँच वर्ष पुरानो लाभांश लिन सिटिजन्स बैंकको आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले पुरानो लाभांश लिनका लागि आग्रह गरेको छ । बैंकले ५ वर्ष पुरानो (आर्थिक वर्ष २०७६/०७७) नगद लाभांश बुझिलिन सम्बन्धित सेयरधनीलाई आग्रह गरेको हो । बैंकको साधारणसभाले लाभांश पारित गरेको मितिले ५ वर्षसम्म पनि सम्बन्धित सेयरधनीले बुझि नलिएको अवस्थामा त्यस्तो लाभांश रकम लगानीकर्ता संरक्षण कोषमा जम्मा गर्नु पर्ने व्यवस्था भएकोले […]

नेप्सेमा ३ कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ वटा कम्पनीका बोनस सयेर सूचीकृत भएका छन् । एनआरएन इन्फ्रास्ट्रक्जर, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र युनाइटेड इदी मार्दीको बोनस सेयर सूचीकृत भएको हो । जसमध्ये, एनआरएन इन्फ्रास्ट्रक्जरको ५१ लाख ३७ हजार ४८९.१४ कित्ता सेयर सूचिकृत भएको छ । यस कम्पनीले सेयरधनीलाई गत वर्षको नाफाबाट ४० प्रतिशत बोनस सेयर […]

प्रतिकित्ता १०६ रुपैयाँमा सिटिजन्स बैंकको सेयर बिक्रीमा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थापक समूहअन्तर्गतको ठूलो परिमाणको सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। बैंकले संस्थापक समूहको कुल १४ लाख ४४ हजार ८४ दशमलव ९३ कित्ता सेयर बिक्रीमा राखेको जनाएको छ। प्रारम्भिक चरणमा उक्त सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। सेयर खरिद गर्न इच्छुक संस्थापक […]

हिमालयन बैंकको ८ लाख ३८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडको संस्थापक समूहअन्तर्गतको ८ लाखभन्दा बढी कित्ता सेयर बिक्रीका लागि सार्वजनिक गरिएको छ।बैंकले उपलब्ध गराएको जानकारी अनुसार संस्थापक समूहको ८ लाख ३८ हजार १४९ दशमलव ६३ कित्ता सेयर बिक्रीमा राखिएको हो। उक्त सेयरमा प्रारम्भिक चरणमा बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ। यसका लागि बैंकले […]

ग्लोबल आइएमई बैंकद्वारा ग्लोबल मनि विकको अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ । बैंकले ग्लोबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो । बैंकले ग्लोबल मनि विक […]