नबिल बैंक लिमिटेडको क्रेडिट रेटिङ पुनः पुष्टि,“वाच विथ नेगेटिभ इम्प्लिकेसन्स” हट्यो

काठमाडौं । पूँजी कोष र जोखिम भारित सम्पत्ति अनुपातमा सुधार आएसँगै रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले नबिल बैंक लिमिटेडको क्रेडिट रेटिङ पुनः पुष्टि गरेको छ। बैंकको इस्युअर रेटिङ ‘[ICRANP-IR] A’ (इक्राएनपी आइआर ए) कायम गरिएको छ। यस रेटिङले बैंकले आफ्ना वित्तीय दायित्वहरु समयमै पूरा गर्ने मामलामा पर्याप्त सुरक्षा रहेको संकेत गर्दछ र यस्ता संस्थाहरुमा कर्जा […]

बैंक तथा वित्तीय संस्थाले अब मेरोकिताबाटै सेवा लिनुपर्ने

काठमाडौं । नापी कार्यालय गौशालाले बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित नक्सासम्बन्धी सेवा अब अनिवार्य रूपमा ‘मेरोकिता’ प्रणालीमार्फत मात्रै प्रवाह हुने जनाएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार बैंक तथा वित्तीय संस्थालाई प्रवाह हुने नक्सासम्बन्धी सेवा असार ८ गतेदेखि संस्थागत प्रयोगकर्ता मार्फत अनलाइन प्रणालीबाट सञ्चालन गरिने व्यवस्था गरिएको हो।सूचनामा बैंक तथा वित्तीय संस्थाहरूले सम्बन्धित संस्थागत प्रयोगकर्ता मार्फत […]

बैंक तथा बित्तिय संस्थाको सिइओको तलव भत्तामा राष्ट्रबैंकको लगाम सञ्चालक समिति पुर्ण जिम्मेवार बन्नु पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाहरूमा प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य आर्थिक सुविधाहरूको निर्धारण सम्बन्धमा एकरूपता कायम गर्न, जोखिम व्यवस्थापन र संस्थागत सुशासन प्रवद्र्धन गर्न यो मार्गदर्शन जारी गरिएको नेपाल राष्ट्र […]

वाणिज्य बैंकहरुको गैरबैकिङ सम्पत्ति करिब साढे ४५ अर्ब,कुनको कति (सुचीसहीत)

काठमाडौं । वाणिज्य बैंकहरुका लागि गैरबैंकिङ सम्पत्ति (एनबीए) व्यवस्थापन पछिल्लो समय प्रमुख चुनौती बन्दै गएको छ। बैंकहरुले प्रवाह गरेको कर्जा उठ्न नसकेपछि धितो लिलामी गर्दा समेत कसैले खरिद नगरेका कारण यस्तो सम्पत्ति बढ्दै जाँदा बैंकहरुलाई अतिरिक्त भार परेको हो। चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा वाणिज्य बैंकहरुको यस्तो गैरबैंकिङ सम्पत्ति ४५ अर्ब नाघेको […]

ट्रेजरी बिलमार्फत सरकारले २५ अर्ब ५३ करोड आन्तरिक ऋण उठाउँदै

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले शुक्रबार २५ अर्ब ५३ करोडको ट्रेजरी बिल सार्वजनिक गरेको छ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्ने भएका छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सरकारले जारी गरेको ट्रेजरी बिलमा बैंकहरुले प्रतिस्पर्धा गर्न लागेको हुन् । सार्वजनिक […]

मौद्रिक नीतिका लागि एसबिएनका ६ बुँदे सुझावः मार्जिन कारोबार कर्जालाई छुट्टै वर्गीकरण गर्न माग

काठमाडौं । स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एसबिएन) ले आगामी आर्थिक वर्ष २०८३÷८४ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष आफ्नो सुझाब दिएको छ । एशोसिएसनले केन्द्रीय बैंकलाई आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा विभिन्न ६ बुँदे सुझाव पेस गरेको हो । एसबिएनका महासचिव भक्तिराम घिमिरेद्वारा हस्ताक्षरित पत्रमार्फत गर्भनरसमक्ष धितोपत्र बजारको विकास, तरलता व्यवस्थापन र लगानीकर्ताको […]

संस्थापक सेयर खरिदमा राष्ट्र बैंकद्वारा कडाइः वास्तविक धनीको ‘पारिवारिक विवरण’ खुलाउनुपर्ने 

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको संस्थापक सेयर खरिदबिक्री तथा नामसारी प्रक्रियालाई थप पारदर्शी र कसिलो बनाएको छ । राष्ट्र बैंकले इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै नयाँ सर्कुलर जारी गरेको हो । राष्ट्र बैंकले ठूलो परिमाणमा […]

बैंक तथा वित्तीय संस्थाका उच्च पदाधिकारीका लागि राष्ट्र बैंकले ल्यायो १० नयाँ व्यवस्था

काठमाडौं । नपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सञ्चालक, सीईओ र उच्च व्यवस्थापकीय तहमा नियुक्त हुने पदाधिकारीहरुका लागि थप कडाइ गरेको छ । नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागले आज इजाजतपत्रप्राप्त “क”, “ख” र “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन/परिमार्जन गर्दै नयाँ व्यवस्था लागु […]

सिटिजन्स बैंकले राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गण्डकी प्रदेश, म्याग्दी जिल्लाको रघुगंगा गाउँपालिका २ अवस्थित राखु भगवती स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री तथा स्वच्छ खानेपानी व्यवस्थापनका लागि पाइप सहयोग प्रदान गरेको छ । उक्त सहयोग बैंकको बेनी शाखा मार्फत गरिएको छ । बैंकले स्वास्थ्य चौकीलाई अस्पताल बेड, बेबी वार्मर, औषधि ट्रली […]

दीपक भट्टको ६ करोड पर्ने गाडी,अमेरिकी डलर र थाईभाट ‘जफत’ गरिदै

काठमाडौं । सम्पत्ति शुद्धीकरणको कसुरमा थुनामा रहेका दीपक भट्टको सम्पत्ति नियन्त्रणमा लिने भएको छ । विशेषका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले विभिन्न तह सिर्जना गरी गरेको कारोबार तथा हिमालयन लार्ज क्याप फन्डका सिइओको बयानलगायतलाई आधार मान्दै जेल पठाउने आदेश गरेको छ । पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी […]