नेपाल-भारत रियल टाइम वित्तीय कारोबार; सानिमा बैंकले सुरु गर्यो भारु भुक्तानी सेवा
काठमाडौं । सानिमा बैंकले स्ट्यान्डर्ड चार्टर्ड बैंकसँगको सहकार्यमा भारतीय रुपैयाँको भुक्तानीका लागि रियल टाइम एपीआईमा आधारित सीमापार भुक्तानी सेवा सुरु गरेको छ। स्ट्यान्डर्ड चार्टर्ड बैंक इन्डियासँग सिधा एपीआई कनेक्टिभिटीमार्फत जोडिएर रियल टाइमै सीमापार भारु भुक्तानी गर्ने नेपालको पहिलो बैंक बनेको सानिमा बैंकको दाबी छ। सेवाको सुरुवातसँगै यसअघि कायम रहेको म्यानुअल र ब्याचमा आधारित परम्परागत भुक्तानी […]

