एकै दिनमा बाग्लुङमा प्रभु बैंकको ४ वटा शाखा बिस्तार

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १४ गते देखि बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बाग्लुङमा ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरुको समुद्घाटन […]

विद्युतीय भुक्तानी कारोबार आरटीजीएस प्रणाली सबैभन्दा अगाडि, उक्त प्रणालीबाट एकै वर्षमा २२ खर्ब ८७ अर्ब भुक्तानी

काठमाडौं । विद्युतीय भुक्तानी प्रणलाीमार्फत् रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली मार्फत् सबैभन्दा बढी कारोबार भएको छ । राष्ट्र बैंकका अनुसार आरटीजीएस प्रणालीमार्फत् एकै वर्षमा खर्बै कारोबार अर्थात् भुक्तानी हुने गरेको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको फागुनसम्म आरटीजीएस प्रणालीमार्फत २२ खर्ब ८७ अर्ब २६ करोड रुपैयाँ कारोबार भएको छ । समीक्षा अवधिमा […]

वैदेशिक रोजगार बचतपत्र बारेमा १२.५ प्रतिशत मात्र जानकार, बिक्री जम्मा ४.९ प्रतिशत

काठमाडौं । वैदेशिक रोजगारमा जाने १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको एक अध्ययनमा देखिएको छ। नेपाल राष्ट्र बैंकले गरेको अध्ययनमा १२.५ प्रतिशतलाई मात्र वैदेशिक रोजगार बचतपत्रको बारेमा जानकारी रहेको पाइएको छ। केन्द्रिय बैंकले वैदेशिक रोजगारीमा गएका ३५८ जनासँग गरिएको स्थलगत सर्वेक्षणमा ४८ जनालाई मात्र वैदेशिक रोजगार बचतपत्र बारेमा जानकार रहेको पाइएको छ। बाँकी […]

राष्ट्र बैंकका कार्यकारी निर्देशक र निर्देशकको सरुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कार्यकारी निर्देशक र निर्देशकहरुको विभाग परिवर्तन गरिएको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले साउन १३ गते आइतबार दुई/दुई कार्यकारी निर्देशक र निर्देशकहरुलाई सरुवा गरेको छ। भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ। आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना […]

सूर्योदय वोमी लघुवित्तको एफपीओ बुधबार बाँडफाँट हुने

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट हुने मिति तय भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले कम्पनीको एफपीओ साउन १६ गते बुधबार बिहान ८ बजे बाँडफाँट गर्ने तयारी गरेको छ । कम्पनीको एफपीओमा अन्तिम दिनसम्म ५१०.१३ गुणाबढी आवेदन परेको छ । कम्पनीको एफपीओमा २ अर्ब ३८ करोड ३७ लाख ९० हजार रुपैयाँ बराबरको […]

लघुवित्तमा जम्मा भएको रकम मोबाइल बैंकिङ/एसएमएस बैंकिङ मार्फत ग्राहकलाई जानकारी गराउनु पर्ने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले ग्राहकको खातामा जम्मा भएको रकम मोबाइल बैंकिङ/एसएमएस बैंकिङ जानकारी गराउनु पर्ने भएको छ। नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाका लागि जारी गरेको एकीकृत निर्देशिका संशोधन गर्दै उक्त व्यवस्था गरेको हो । यस अघि ग्राहकले नगद वा चेकबाट खातामा रकम जम्मा गर्दा सोको सिस्टम प्रिन्टेड प्रमाण भौचरमा अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने व्यवस्था थियो। […]

नेपाल  राष्ट्र  बैंकको  प्रवक्तामा रामु  पौडेल

काठमाडौं । नेपाल  राष्ट्र  बैंकको  प्रवक्तामा रामु  पौडेल नियुक्त भएका छन् । पौडेल नेपाल राष्ट्र बैङ्कमा  कार्यकारी  निर्देशक  (अधिकृत  विशिष्ट  श्रेणी) पदमा कार्यरत रहेका छन् ।    पौडेललाई   २०८१  साउन  १४  देखि लागु   हुनेगरी   नेपाल   राष्ट्र   बैंकको   प्रवत्ताको जिम्मेवारी दिइएको हो  । अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर उपाधि   हासिल  गरेका    पौडेल   हाल   बैंक सुपरिवेक्षण  विभागका  कार्यकारी  […]

राष्ट्र बैंकद्वारा लघुवित्तको लागि नयाँ निर्देशन जारी, यस्ता छन् मुलभुत व्यवस्था

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुको लागि  एकिकृत निर्देशन जारी गरेको छ । जारी निर्देशिका   अनुसार अब ऋणीलाई अधिकतम २ वटा लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह गर्न सक्नेछन् ।  यस अघि एक ऋणीलाई एक लघुवित्तले मात्र कर्जा प्रवाह गर्न सक्ने व्यवस्था थियो । त्यस्तै निर्देशनले नियतपूर्वक ऋण नतिर्ने ऋणीहरु र परिस्थितिवशः ऋण […]

यस्तो छ राष्ट्र बैंकले जारी गरेको स्वाप कारोबार विनियमावली

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ जारी गरेको छ । बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी राष्ट्र बैंकको सञ्चालक समितिले उक्त विनियमावली स्वीकृत गरेको हो । विनियमावलीमा […]

मौद्रिक नीति सन्तुलित र समयसापेक्षः सीबीफीन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन)ले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सन्तुलित र समयसापेक्ष आएको बताएको छ । मुलुकको आर्थिक एवं वित्तीय क्षेत्रहरुको अवस्था, निजी क्षेत्रको मनस्थिति एवं अपेक्षा र विश्व परिवेशको वस्तुनिष्ठ अध्ययन, मूल्याङ्कन, विश्लेषण गर्दै नेपाल राष्ट्र बैंकले चालु आवको लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित […]