कामना सेवा विकास बैंकले सार्वजनिक गर्यो नेपालकै पहिलो ‘डोर इस्टेप बैंकिङ सर्भिस’

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले विशिष्ट वचत खाता अन्तर्गत नेपालकै पहिलो डोर इस्टेप बैंकिङ सेवा सार्वजनिक गर्दै नेपालको बैंकिङ क्षेत्रमा नयाँ सुरुवात गरेको छ । यो सुविधा विशेषगरी आफ्नो दैनिक कार्यमा व्यस्त रहने तथा बैंकसम्म नआई बैकिङ सुविधा लिन चाहने ग्राहकहरुको लागि प्रत्यक्ष रुपमा फाईदाजनक हुनेछ । अत्याधुनिक प्रविधिमा आधारित यस सेवा अन्तर्गत […]

दुई महिनामा ६७ खर्ब बढी तरतला प्रशोचन

काठमाडौं ।  नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन भदौ) मा ६७ खर्ब बढी तरलता (कारोवारमा आधारित) प्रशोचन गरिएको छ । बैंकका अनुसार दुई महिनामा ६७ खर्ब ८५ अर्व ६० करोड ( कारोवारमा आधारित) तरलता प्रशोचन गरिएको हो । उक्त रकम मध्ये निक्षेप सङ्कलन बोलकबोलमार्फत ४ खर्ब ७४ अर्व ३५ करोड र […]

मितेरी डेभलपमेन्ट बैंकको लाभांश घोषणा

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो । असोज २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

ग्लोबल आइएमई बैंकको साधारणसभा कात्तिक २६ गते, बुक क्लोज कहिले ? 

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । बैंकले आगामी कात्तिक २६ गतेका लागि १९ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो । उक्त सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने छ । बैंकको असोज २९ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो । उक्त सभाले मुख्य रूपमा हाल […]

मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । मुक्तिनाथ विकास बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात असोज ३१ गते बुकक्लोज गर्ने भएकोले आज सम्म कायम सेयर धनीले मात्रै लाभांश पाउने छन् । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारणसभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश […]

भदौसम्म डेढ खर्ब रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह

काठमाडौं । चालु आर्थिक वर्षको २ महिना अर्थात, भदौसम्म बैंक तथा वित्तीय संस्थाहरुले १ खर्ब ४५ अर्ब ६० करोड ९१ लाख रुपैयाँ बराबरको सेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार असारको तुलनामा भदौ महिनामा उक्त कर्जा करिब ५ अर्ब रुपैयाँले बढेको हो । गत असारसम्म बैंक तथा वित्तीय संस्थाहरुले […]

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई एशियन बुद्ध होटलमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिई डिजिटल भुक्तानी गर्दा […]

गभर्नर पौडेलः नेपालको वर्तमान आर्थिक स्थिति, मुद्रास्फीति र बाह्य क्षेत्रका सूचकहरु सहज अवस्थामा छन्

काठमाडौं । गभर्नर प्रा.डा. विश्वनाथ पौडेल १४ अक्टोबरमा संयुक्त राज्य अमेरिकाको वासिङ्गटन डीसीमा SAARCFINANCE Governors’ Group Meeting’ मा सहभागी भएका छन् । वासिङ्गटन डीसीमा जारी विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकका दौरान ‘SAARCFINANCE Governors’ Group आयोजना गरिएको हो । बङ्गलादेश बैंकका गभर्नर डा. असान एच. मन्सुरको अध्यक्षतामा आयोजित उक्त बैठकमा दक्षिण एसिया क्षेत्रका केन्द्रीय […]

२१ अर्बको ५० रुपैयाँको नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु. ५० दरको नयाँ नोट छाप्ने ठेक्का चिनियाँ कम्पनीलाई दिएको छ। केन्द्रीय बैंकले  सूचना जारी गर्दै चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनलाई रु. ५० दरको नयाँ नोट छाप्ने ठेक्का दिइएको जानकारी गराएको हो ।  यो कम्पनीले १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलरमा नोट छाप्ने ठेक्का पाएको हो ।

नेपाल बैंक र लिफ प्लस प्रा. लि. बीच विशेष सहकार्य सम्झौता

काठमाडौं । नेपाल बैंक लिमिटेड र लिफ प्लस प्रा. लि. बीच विशेष सहकार्य सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार, नेपाल बैंकका कर्मचारी र बैंकमा खाता भएका ग्राहकहरूले लिफ प्लस प्रा. लि. द्वारा उत्पादन तथा बिक्री हुने पर्यावरणमैत्री, प्राकृतिक सुपारीको पातबाट बनेका घरायसी सामानहरू खरिद गर्दा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। सम्झौता अनुसार, उक्त वस्तुहरू […]