सिटिजन्स बैंकको सातै प्रदेशमा वित्तीय साक्षरता र सामाजिक उत्तरदायित्वका विभिन्न कार्यक्रमहरु सम्पन्न

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक वर्ष २०८०/८१ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १३४ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका २१, मधेश प्रदेशका ६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १३, लुम्बिनी प्रदेशका ३०, कर्णाली प्रदेशका ९ तथा सुदूरपश्चिम […]

 एनएमबि लघुवित्त वित्तीय संस्थाको नाफा  घट्यो

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको नाफा घटेको छ । आर्थिक वर्ष २०७९÷८० मा संस्थाले ४ करोड ६१ लाख २० हजार रुपैयाँ नाफा कमाएको छ । भने आर्थिक वर्ष २०७८÷७९ मा १२ करोड ६० लाख ७१ हजार रुपैयाँ थियो । आर्थिक वर्ष २०७८÷७९ को तुलनामा चालु आर्थिक वर्षमा संस्थाको नाफा ७ करोड ९६ लाख रुपैयाँले […]

१३ वाणिज्य बैंकहरुले घटाए ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। साउन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गर्ने क्रममा २० वटा वाणिज्य बैंकहरु मध्ये १३ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाएका हुन् ।५ बैंकले असार महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। २ बैंकहरुले भने असारको तुलनामा ब्याजदर केही बढाएका छन्। वाणिज्य बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम […]

कामना सेवा विकास बैंकद्वारा कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कन्चन हरैया लायन्स आँखा हस्पिटललाई वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ । बैंकका गरगरे शाखा प्रमुख बाबुराम रेग्मिले लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यलाई हस्तान्तरण गरे । कन्चन हरैया लायन्स आँखा हस्पिटलको निवर्तमान अध्यक्ष गणेश आचार्यले समाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको कार्यक्रममा हस्तान्तरण गरिएको वाटर […]

हितग्राही खाताको शुल्क भुक्तानी गर्न सिटिजन्स बैंकको आग्रह

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हितग्राही खाता सञ्चालन गरे वापत् शुल्क भुक्तानी गर्न सेवाग्राहीलाई आग्रह गरेको छ । बैंकले यस निक्षेप सदस्यमा डिम्याट (हितग्राही खाता भएका सम्पूर्ण हितग्राहीहरुले आर्थिक वर्ष २०८०÷८१ सम्मको डिम्याट खाता संचालन गरे वापत वार्षिक शुल्क प्रत्येक आर्थिक वर्षमा १०० रुपैयाँ भुक्तानी गर्नुपर्ने व्यवस्था अनुसार उक्त शुल्क भुक्तानी गर्न आग्रह गरेको […]

मातृभूमिको अध्यक्षमा लोकराज शर्मा सहित सञ्चालक समूह चयन

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मिलेर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले सञ्चालक समितिको चयन तथा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ । संस्थाको १४० औं बैठकले सर्वसम्मतिबाट अध्यक्षमा लोकराज शर्मा र सञ्चालकहरुमा क्रमशः शम्भु प्रसाद घिमिरे, खडानन्द सापकोटा, भरत बहादुर हमाल, अर्जुन श्रेष्ठ, शुषमा गौत र विमला योगीलाई […]

किसान र जाल्पा लघुवित्तको एकीकृत कारोबार सुरु

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था र जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था मिलेर बनेको मातृभूमि लघुवित्त वित्तीय संस्थाले एकीकृत कारोबार सुरु गरेको छ । मातृभूमिले बिहीबार देखि एकीकृत कारोबार सुरु गरेको हो । राष्ट्र बैंकबाट अनुमति प्राप्त गरे सँगै मातृभूमिले एकीकृत कारोबारको सुरु गरेको जनाएको छ । राष्ट्र बैंकबाट जेठ २९ गते मातृभूमिको नामबाट कारोबार […]

क्यूआर कोड मार्फत हालसम्मको उच्चत भुक्तानी

काठमाडौं । नेपालमा क्यूआर कोड मार्फत हुने भुक्तानी लगातार बढ्दो क्रममा देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत २०८१ जेठमा ५३ अर्ब ८८ करोड १० लाख रुपैयाँ भुक्तानी भएको छ। यो क्यूआर मार्फत भएको हालसम्मको उच्चतम भुक्तानी हो। वैशाखमा ५२ अर्ब ७५ करोड ७० लाख रुपैयाँ क्यूआर कोड […]

वाणिज्य बैंकहरुले ११ महिनामा कमाए ५६ अर्ब ४५ करोड नाफा, सबैभन्दा धेरै नाफा नबिल बैंकको

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब रुपैयाँले नाघेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनसार चालु आर्थिक वर्षको ११ महिनामा वाणिज्य बैंकहरुको नाफा ५६ अर्ब ४५ करोड रुपैयाँ रहेको छ । यो सँगै वाणिज्य बैंकहरुले एक महिनाकाो अवधिमा ७ अर्ब ४५ करोड रुपैयाँ नाफा गरेका छन् , चालु आर्थिक वर्षको १० महिनाको […]

माछापुच्छ्रे बैंकका राज अर्याल र सुभाष जमरकटेलको बढुवा

काठमाडौं । माछापुच्छ्रे बैंकको संचालक समितिको बैंठकले प्रसिद्ध राज अर्याललाई नायब प्रमुख कार्यकारी अधिकृत पदमा तथा सुभाष जमरकटेललाई नायब महाप्रबन्धकमा पदमा बढुवा गर्ने निर्णय गरेको छ । काठमाडौं विश्वविद्यालयबाट व्यपार प्रशासन संकायमा स्नातकोतर गरेका अर्यालसंग कर्जा, ट्रेजरी तथा करेसपोन्डेन्ट बैंकिङ्ग, शाखा संचालन र लघुवित्त जस्ता विभिन्न बैंकिङ क्षेत्रमा १६ वर्ष भन्दा बढीको अनुभव, ज्ञान र […]