राष्ट्र बैंकले ४० अर्ब निक्षेप खिच्दै

काठमाडौं । राष्ट्र बैंकले आज कार्तिक १२ गते ४० अर्ब रूपैयाँ तरलत खिच्ने भएको छ । राष्ट्र बैंकले १७५ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो। राष्ट्र बैंकका अनुसार आज कार्तिक १२ गते मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ। निक्षेप संकलनको लागि घटीमा १० […]

एभरेष्ट बैंकको साधारणसभा आज, २० प्रतिशत लाभांश पारित गरिने

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको साधारणसभा आज बस्दैछ । बैंकको ३१औं वार्षिक साधारणसभा आज भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजेदेखि बस्दैछ । उक्त सभाले चुक्ता पुँजीको ६ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश पारित गर्नेछ । त्यसैगरी गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक […]

गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ

काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ चयन भएकी छिन् । फाइनान्सका अध्यक्ष गौरब बुढाथोकीले राजीनामा दिएपछि रिक्त रहेको अध्यक्षमा खापुङलाई चयन गरिएको हो । कम्पनी सचिव यान सिं राईका अनुसार फाइनान्सको कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले बुढाथोकीको राजीनामा स्वीकृत गरेर खापुङलाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा सेवा लिँदा २५ प्रतिशत छुट सुविधा उपलब्ध

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई  Wonders Nepal Pvt. Ltd  द्धारा सञ्चालित स्काइवाक टावरमा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले काठमाडौं, कमलादीमा रहेको उक्त स्काइवाक टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । यस सुविधाको उपयोग गर्न ग्राहकहरुले यस बैंकको […]

आधा खर्ब माथि बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति, सबैभन्दा बढी वाणिज्य बैंकहरुको

काठमाडौं । अर्थतन्त्र चलयमान नहुदाँ बैंक तथा वित्तीय संस्थालाई गैर बैंकिङ सम्पत्ति टाउको दुखाईको विषय बनेको छ । अझै घरजग्गामा लगानी गरेका बैंक तथा वित्तीय संस्था पछिल्लो समय समस्या परेका छन् । बैंक तथा वित्तीय संस्थाले गैर बैंकिङ सम्पत्ति सर्कान नसक्दा समस्या भएको बैंकरहरु बताउछन् । यसैबीच नेपाल राष्ट्र बैंकले पछिल्लो समय बैंक तथा वित्तीय […]

प्रतिकित्ता ५०० रुपैयाँमा जीवन विकास लघुवित्तको सेयर बिक्रीमा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले सेयधनी भरत लाल बहरदारको नाममा रहेको १ लाख ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँका दरले बिक्रीमा राखेको हो । हाल उक्त सेयर कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन् […]

प्रभु बैंकको ४ लाख २२ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले ४ लाख भन्दा बढी कित्ता संस्थाप सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न १० जना संस्थापक सेरधनीहरूको नाममा रहेको ४ लाख २२ हजार ८०७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । बैंकले संस्थापक सेयधरनीहरूलाई प्राथमिकता दिएर यसअघि नै बिक्रीमा राखिसकेकाले अब भने सर्वसाधारणले किन्न पाउने गरी बिक्री खुला गरेको बैंकले […]

डिजिटल भुक्तानीमा सावधानी अपनाउन राष्ट्र बैंकको आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले डिजिटल भुक्तानीमा सावधानी अपनाउन आग्रह गरेको हो । राष्ट्र बैंकले क्युआर कोर्ड स्क्यान गर्दा सतर्क रहनुपर्ने बताउँदै पैसा पठाउन क्युआर कोर्ड स्क्यान गर्नुपर्ने तर, पैसा प्राप्त गर्न क्युआर कोर्ड स्क्यान गर्नु नपर्ने जानकारी दिएको […]

बैंकहरुको भन्दा फाइनान्स कम्पनीहरुको एनपीएल २ गुणा बढी, किन देखियो यस्तो ?

काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य र विकास बैंकहरुको समग्र औसत एनपीएल भन्दा फाइनान्स कम्पनीहरुको एनपीएल २ गुणा बढी देखिएको छ । पछिल्ला वर्षहरुको तथ्यांक अनुसार बैंकहरुको भन्दा फाइनान्सहरुको एनपीएल २ देखि ३ गुणा बढी देखिएको हो । नेपाल राष्ट्र बैंकका अनुसार समग्रमा फाइनान्स कम्पनीहरुको निष्कृय कर्जा अनुपात गत असारसम्म ११.०५ प्रतिशत (Ag देखिएको छ । […]

१४ अर्ब ५६ करोड बराबरको ट्रेजरी बिल नविकरण गर्दै सरकार

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले आइतबार १४ अर्ब ५६ करोडको ट्रेजरी बिल नविकरण गर्दैछ । आन्तरिक ऋण उठाउने उद्देश्ले जारी गरेको उक्त रकम बराबरको ट्रेजरी बिलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले सहभागी हुन सक्ने छन् । कर्जा लगानी गर्न नसक्दा आन्तरिक ऋण उठाउने प्रयोजनका लागि […]