ब्लाक एण्ड डेकरको “बिगर सेलिब्रेसन्स्, बिगर जोयस्” योजना सार्वजनिक

काठमाडौं । नम्बर १ अमेरिकन ब्रान्ड ब्लाक एण्ड डेकरले यो दशै-तिहार पर्वलाई लक्षित गरी “बिगर सेलिब्रेसन्स्, बिगर जोयस्” नामक योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्राहकहरुले ब्लाक एण्ड डेकरको साना होम एप्लायन्सहरु को खरिद गर्दा स्योर सट उपहार प्राप्त गर्नेछन। यस योजनामा स्योर सट उपहार स्वरुप ग्राहकहरुले ब्लाक एण्ड डेकरको ओ.एफ.आर हीटरको खरिदमा केटल प्राप्त […]

दराज नेपालद्वारा ९.९ वार्षिकोत्सव अभियानको घोषणा

काठमाडौं । अनलाइन सपिङ प्लेटफर्म दराज नेपालले ९.९ वार्षिकोत्सव अभियान सार्वजनिक गरेको छ । यस कार्यक्रम मार्फत उपभोक्ताले ६० प्रतिशत सम्मको फ्ल्यास सेल छुट, निःशुल्क डेलिभरी र १ करोड बराबरको भाउचर सुविधा प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । भदौ २४ देखि २६ गतेसम्म चल्ने यस अभियान मार्फत नेपाली उपभोक्तालाई किनमेलको रोमाञ्चक अनुभव प्रदान […]

टाईम फर्मास्युटिकल्सले आइपिओ ल्याउने

काठमाडौं । टाईम फर्मास्युटिकल्स लिमिटेडको ३० औं वार्षिक साधारण सभा २०८१ साल असोज १२ गते, शनिबार सोल्टी वेस्टेन्ड रिसोर्ट, पटिहानी, चितवनमा  बिहानको १०:०० बजे बस्ने भएको छ । कम्पनीको साधारणसभाले  संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आ.व. २०८०\८१ को संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लेखा परीक्षकको प्रतिवेदन सहितको कम्पनीको आ.व. २०८०\८८१ को वासलात […]

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा दिपक जोसी नियुक्त

काठमाडौं । नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा दीपकराज जोशी नियुक्त भएका छन्। बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले जोशीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो । जोशी यसअघि पनि पर्यटन बोर्डको  सीईओको भएर काम गरेका ब्यक्ति हुन्   । सिइओको कार्यकाल सकाएर उनी केही समय अघि सम्म नेपाल उधोग परिसघंको महानिर्देशक भएर काम गरेका […]

स्किल सेवाले चितवनमा घर निर्माण सम्बन्धी परामर्श दिने

काठमाडौं । स्किल सेवा प्रालि  घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्रावधिक परामर्श सेवा दिने भएको छ। भदौ २९ गते शनिबार दिउँसो ११ बजे सिरेन बुटिक होटल चितवलमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो। घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श सेवा दिइने कम्पनीले जनाएको छ […]

एमएडब्लु समुहको नाडा अटो शोमा १ हजार भन्दा बढी सवारी बुकिङ

काठमाडौं । नाडा अटो शो २०२४  मा एमएडब्लु समूह १,००० भन्दा बढी दुई तथा चार पाङ्ग्रे सवारी साधनको बुकिङ भएको छ नेपालको अटोमोटिभ उद्योगमा परिचित नामले प्रस्तुत एमएडब्लु समूह, विश्वसनीय, रिलायबल तथा इन्नोभेटिभ ब्राण्डहरुको बिस्तार गर्न प्रतिबद्ध  रहेको कम्पनीले जनाएको छ  । यस वर्षको नाडा अटो शोमा, समूहले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चाङ्गन, दीपाल, […]

‘पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु, महोत्सव अवधीमा नेपालभर १ रुपैयाँमै पार्सल डेलिभरी

काठमाडौं । नेपालकै ठूलो डेलिभरी नेटवर्क भएको पठाओ पार्सलले एक महिनासम्म नेपालभर १ रुपैयाँमै समान डेलिभरी गर्ने भएको छ । व्यवसायहरुले ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ अन्तर्गत आगामी भाद्र १६ देखि असोज १४ सम्म यो सेवा पाउने भएका हुन । काठमाडौँ उपत्यकाका साना-ठूला सबै व्यवसायलाई नेपालभर पुर्याउने उद्देश्यले एक महिने ‘पठाओ पार्सल डेलिभरी महोत्सव’ सुरु गरिएको पठाओ […]

माछापुछ्छ्रे बैंकका ग्राहकले बिगमार्टमा आकर्षक छुट पाउने

काठमाडौं ।  बिग मार्टका आउटलेटहरुबाट माछापुछ्छ्रे बैंकका ग्राहकहरुले सामान खरिद गर्दा आकर्षक छुट पाउने भएका छन् । छुट पाउन ग्राहकले सामान खरिद गर्दा बैंकले  उपल्ब्ध गराएका डिजिटल माध्यमहरुबाट भुक्तानी गर्नु पर्नेछ  । छुट पाउने सम्वन्धमा बैङ्क र बिगमार्ट बीच सम्झौता भएको छ । यसै बीच बैंकले ग्राहकले हरेक सोमबार  बैङ्कको डेबिड वा क्रेडिट कार्डको प्रयोग […]

वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पर्यटनमन्त्री पाण्डेले सोधे ११ बुँदे स्पष्टिकरण

काठमाडौं । सरकारले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई ७ दिने स्पष्टिकरण सोधेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रीस्तरी निर्णय गर्दै सेवा अवरुद्ध हुनेगरी एकैपटक दुईवटै वाइडवडी जहाज सि–चेकका लागि पठाईएको सम्बन्धमा ७ दिने अल्टिमेटमसहित स्पष्टीकरण सोधेको हो  । मन्त्रालयले स्पष्टिकरण पत्र प्राप्त भएको ७ दिनभित्र कमजोरीका वस्तुगत आधार,कारण र प्रमाणसहित मन्त्रालयमा […]

एसियन बिस्कुट इन्डस्ट्रिजले सुरु गर्यो कोदोको बिस्कुट उत्पादन , दसैंतिहार अगाडि भारतीय बजारमा निर्यात गर्ने लक्ष्य

काठमाडौं । एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न सुरु गरेको छ  नेपालमा कर्परेट तहबाट पहिलो पटक एसियन बिस्कुटले कोदोको बिस्कुटको उत्पादन सुरु गरेको हो । केही अघि पश्चिम नेपालमा घरेलु र लघु उ‌द्योगका स्तरमा स्थानीय उत्पादनका रुपमा यस्तो बिस्कुटको उत्पादन भइरहेको छ । तर एसियनले एकै चोटि देशभरि नै बजारीकरण र […]