जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर न्यूनीकरण गर्न चेम्बर र युएनडीपीबीले सहकार्य गर्ने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) बीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्यको समझदारी भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित छलफल कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवाल र युएनडीपीका आवासीय प्रतिनिधी क्योको योकोशुकाबीच जलवायु परिवर्तनले व्यवसायमा पार्ने असर र यसको न्यूनीकरणका लागि सहकार्य […]

इटहरीमा घर निर्माण सम्बन्धी निःशुल्क प्रावधिक परामर्श

काठमाडौं । स्किल सेवा ले घर निर्माण सम्बन्धि एक दिवसीय निःशुल्क प्राविधिक परामर्शसहित भिअर प्रबिधि प्रदर्शनगर्ने भएको छ।  जेठ ३ गते शनिबार बिहान ८ बजे देखि नै रोयल रिसोर्ट होटल, अपँघाचीमा प्राविधिक परामर्श सेवा प्रदान गरिने भएको हो । घर निर्माण मात्र नभई समस्या रहित, दिगो, सुरक्षित घर कसरी निर्माण गर्ने भन्ने बारेमा बिशेष परामर्श […]

दराज नेपालद्वारा ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा जति धेरै किनमेल त्यती नै धेरै बचत !

काठमाडौं । अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले, ५.५ बेस्ट प्राइस, बेस्ट डिल अभियानको घोषणा गरेको छ । ७५ प्रतिशत सम्मको छुट, निःशुल्क होम डेलिभरी र १ करोड रुपैयाँ बराबरको भौचर सहितको यो विशेष अभियान वैशाख २२ देखि २६ गते (मे ५ देखि ९, २०२५) सम्म सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । अभियान अवधि भर […]

एनएमबी लघुवित्तको अध्यक्षमा कृष्णदत्त भट्टराई, सञ्चालकमा रोशन रेग्मी

काठमाडौं । एनएमबी लघुवित्तको अध्यक्ष र सञ्चालक नियुक्त गरिएको छ। कम्पनीका सञ्चालक कृष्णदत्त भट्टराईलाई अध्यक्ष र रोशन रेग्मीलाई सञ्चालक नियुक्त गरिएको हो। कम्पनीको २२ गते बसेको सञ्चालक समिति बैठकले मनोनयन भएकै मितिबाट लागू हुने गरी अध्यक्ष र सञ्चालक नियुक्त गरेको हो। अध्यक्ष भट्टराईको कार्यकाल चार वर्षको हुनेछ। सञ्चालकमा मनोनीत रेग्मी एनएमबी बैंकबाट यस संस्थामा प्रतिनिधित्व […]

धनगढीमा पञ्चकन्या ग्रुपको प्रिमियम बाथवेयर उपलब्ध

धनगढी । पञ्चकन्या ग्रुपले आफ्नो नयाँ ब्रान्ड पञ्चकन्या बाथवेयर धनगढीमा औपचारिक शुभारम्भ गरेको छ। कम्पनीले प्रिमियम बाथवेयर उत्पादनहरू नेपाली बजारमा सहज रूपमा उपलब्ध गराउने लक्ष्यसहित यो नयाँ उपक्रम सुरु गरेको हो। पञ्चकन्या बाथवेयरले सुन्दर र कार्यक्षम डिजाइनमा आधारित उच्चस्तरीय ट्याप, सावर तथा अन्य सहायक उपकरणहरू प्रस्तुत गरेको छ। यी उत्पादनहरू विलासिता, उपयोगमा सहजता र दीर्घकालीन […]

फुडमाण्डुको सेवा बिस्तार : ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ सञ्चालनमा

काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्ना ग्राहकहरुको मागलाई मध्यनजर गर्दै ‘मध्यरात्रि फुड  डेलिभरी सेवा’ थप गरेको घोषणा गरेको छ । यस ‘मध्यरात्रि फुड डेलिभरी सेवा’ मार्फत  ग्राहकहरुले राती १२:०० बजेसम्म आफ्नो मनपर्ने खाना अर्डर गर्न सक्नेछन् । यस सेवाका बारेमा बोल्दै फुडमाण्डुकी ब्राण्ड एंड मार्केटिङ म्यानेजर इनेशा भट्टराईले भने, “हामी हाम्रा ग्राहकहरूको  जीवनशैली […]

क्लोजअपद्वारा भ्वाइस अफ नेपाल विजेतालाई रु. १ लाखको पुरस्कार प्रदान

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ६ को ग्राण्ड फिनालेसम्पन्न भएको छ । यस वर्षको उत्कृष्ट चार प्रतिस्पर्धी –रोशन राई, प्रोशेश पाण्डे, प्रमेश राई र अर्पणा आचार्य मध्ये प्रोशेष पाण्डेले विजेताको उपाधि जितेका छन् । यस सिजनको शीर्ष प्रायोजक क्लोजअपले विजेता प्रोशेश पाण्डेलाई रु. १ लाखको नगद पुरस्कार प्रदान गर्यो । सो पुरस्कार युनिलिभर नेपालका […]

कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न, लामाले जिते कार्ल्सबर्गको कोपनहेगन ट्रीप

काठमाडौं । कार्ल्सबर्गको आयोजनामा प्रतिष्ठित गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्समा ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता सम्पन्न भएको छ । यस रोमाञ्चक एकदिवसीय गल्फ तियोगितामा कुल १०० गल्फरहरूले भाग लिएका छन् । प्रतियोगिताका विजेताहरुलाई गोर्खा ब्रुअरीका प्रबन्ध निर्देशक अरुण अधिकारी र गोकर्ण गल्फ क्लबका कप्तान जोसेफ नाथनले पुरस्कार वितरण गरेका थिए । ‘कार्ल्सबर्ग गल्फ क्लासिक’ प्रतियोगिता-२०२५ का विजेतामा […]

सिप्रदी ट्रेडिङ्ग र ओरियन्टल इन्स्योरेन्सबीच नगद रहित बीमा दावी सम्झौता

काठमाडौं । टाटा मोटर्स नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरव राज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत […]

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै […]