काठमाडौंमा घर जित्ने भाग्यशाली विजेता मङ्सिर १२ गते घोषणा हुने

काठमाडौं ।  “मेरो डिजिटल देश” अभियान अन्तर्गत काठमाडौंमा घर जित्ने भाग्यशाली विजेताको घोषणा मंसिर १२ गते हुने भएको छ । यो घोषणा कान्तिपुर टेलिभिजन, फेसबुक र युट्युब मा प्रत्यक्ष प्रसारण गरिनुका साथै, ईसेवा मनि ट्रान्सफर र इसेवाको आधिकारिक फेसबुक पेजमार्फत पनि प्रत्यक्ष हेर्न सकिनेछ। ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोवारलाई प्रोत्साहन गर्ने हेतुका साथ […]

माइडिया: नेपाली घरहरूका लागि चिसो मौसमको नयाँ परिभाषा

काठमाडौं ।माइडिया ब्रान्डले नेपाली बजारमा भरपर्दो र गुणस्तरीय चिसो मौसमकोलागी बिभिन्न इलेक्ट्रोनिक्स सामना उपलब्ध गराउँदै धेरै परिवारहरूको मन जित्न सफल भएको छ। अत्याधुनिक वाशिंग मेसिन, वाशर ड्रायर, ऊर्जा-किफायती हिटरहरू र गिजरजस्ता उत्पादनहरूले चिसो मौसमलाई सहज र आरामदायी बनाउँछन्। आधुनिक प्रविधि र उपभोक्तामुखी विशेषताहरूले गर्दा मिडिया उत्पादनहरू नेपाली घरपरिवारका लागि पहिलो रोजाइ बन्न पुगेका छन्। हिउँदे […]

सेन्सेईको दशैं तिहार र छठ पर्व योजना अन्तर्गत भाग्यशाली विजेतालाई ६५” को टिभी हस्तान्तरण

काठमाडौं । चौधरी ग्रुप अन्तर्गत सेन्सेई ब्राण्डले दशैं, तिहार तथा छठ पर्व २०८१ योजनाको विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ । सेन्साई ब्राण्डको उत्सव खुशियाली योजना भदौ २३ गते देखि नेपाल अधिराज्यभरी सिमित अवधिका लागि लागु थियो । यस योजनामा सहभागी हुन सेन्सेईको कुनै पनि घरायसी समानको खरिदगरी दिईएको क्युआर कोड स्क्यान गरी आफ्नो विवरण भरि […]

एनसेलमा भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सकिने सुविधा

काठमाडौं । एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकताअनुसार साटेर सेवाको फाइदा लिन सक्छन् । सधैं अनमा ग्राहकहरुले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । सेवा प्रयोग […]

नेशनल फण्ड म्यानेजमेन्टले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडडले ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मंसिर ३ गते बसेको सञ्चालक समितिको ३० औं बैठकले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरेको हो । कम्पनीका शेयरधनीहरुमा चुक्ता पुँजी ८१ करोडको ४ करोड ५ लाख नगद लाभांश वितरण गरिनेछ । साथै सञ्चालक समितिको […]

भारतसँग व्यापार सहजीकरण गर्न चेम्बरको आग्रह

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भारतका लागि नवनियुक्त राजदूत शंकर शर्मासँगको भेटवार्तामा भारतसँगको व्यापारमा सहजीकरण गर्न आग्रह गरेको छ । चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालसहितको पदाधिकारी र कार्यसमितिले मंगलबार राजदूत शर्मासँग भेटवार्ता गरेको हो । अध्यक्ष अग्रवालले भारतसँग नेपालले स्वतन्त्र एवं खुला व्यापार नीति अपनाए पनि व्यावहारिक लाभ प्राप्त गर्न नसकेको जानकारी गराए । साथै उनले भारतबाट हुने […]

एनसेल नेपाल प्रिमियर लिग २०२४ को ‘पावर्ड बाई’ साझेदार

काठमाडौं । आगामी सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को व्यग्रताका साथ प्रतिक्षा हुँदै गर्दा, एनसेल र नेपाल क्रिकेट संघ (क्यान) बीच साझेदारीको घोषणा भएको छ । प्रायोजन सम्बन्धी यस साझेदारीअन्तर्गत एनसेलले नेपाली क्रिकेटप्रेमीहरूका लागि यो क्रिकेट महोत्सवलाई ऊर्जा प्रदान गर्दै आफ्नै स्थानीय क्रिकेट प्रतिभाहरुको विकासमा योगदान पुऱ्याउने विश्वास लिईएको छ । व्यावसायिक फ्रेन्चाइजमा आधारित […]

डाबर च्यवनप्राशले बढाउँछ रोगप्रतिरोधात्मक क्षमता, जान्नुहोस् फाइदा

काठमाडौं । जाडो माैसममा चिसो र खोकी, श्वासप्रश्वासको समस्या जस्ता रोगहरूको बाहुल्यता बढ्छ । जुन यस मौसममा सबैभन्दा बढी प्रचलित हुन्छ र सामान्यतया कम रोग प्रतिरोधात्मक क्षमताका कारण हुन्छ । मौसम परिवर्तनको चक्रमा अचानक तापमान परिवर्तन हुन्छ । हिमाली क्षेत्रमा तापक्रम नकारात्मकभन्दा तल जान सक्ने भएकाले पहाडी र तराईका क्षेत्रमा पनि चिसो बढेको छ । […]

नबिल बैंक सबैभन्दा बढी कर तिर्ने बैंकका रुपमा सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंक लिमिटेडले बैंक, वित्तीय संस्था र बिमा कारोबार क्षेत्रका तर्फ अहिलेसम्म आठ पटक यो सम्मान प्राप्त गर्न सफल भएको छ । यो […]

आजबाट नेपालको बिजुली बंगलादेश निर्यात हुँदै

काठमाडौं । आजबाट नेपालको बिजुली  बंगलादेश निर्यात हुँदैछ । नेपालबाट बंगलादेशमा निर्यातको लागि भारतले अन्तिम स्वीकृति दिएसँगै ४० मेगावाट बिजुली बंगलादेश विद्युत निर्यात हुन लागेको हो  । ‘हामीले भारतबाट स्वीकृति पाएका छौं । शुक्रबारदेखि बिजुली निर्यात गर्ने तयारी छ,’ नेपाल विद्युत प्राधिकरणका लोड डिस्प्याच सेन्टरका प्रमुख चन्दन घोषले बताएका छन्  । नेपालको बिधुत बंगलादेश निर्यातको […]