नेपाल टिस्यु उद्योग संघको अध्यक्षमा घिमिरे
काठमाडौं । नेपाल टिस्यु उद्योग संघको तेस्रो वार्षिक साधारणसभाले यादव घिमिरेलाई अध्यक्षमा निर्वाचित गरेको छ । लोकन्थलीस्थित अगेनो झिर सेकुवा कर्नरमा बिहीबार सम्पन्न सभाले नयाँ कार्यसमिति चुनेको हो । नयाँ कार्यसमितिको उपाध्यक्ष रामहरि कार्की र सचिवमा विष्णुप्रसाद बख्रेल, कोषाध्यक्षमा श्यामहरि लुइँटेल चुनिएका छन् । यसैगरी सदस्यहरूमा प्रेमहरि मैनाली, निरञ्जन घिमिरे, राजेश श्रेष्ठ, अनिल प्रधान, सुनिला गोयल अग्रवाल चुनिएका […]

