मनकामना केबलकार नियमित सञ्चालनमा

काठमाडौं । मनकामना केबलकार पुन: नियमित सञ्चालनमा आएको छ । मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्ज्वल शेरचनका अनुसार मर्मत सम्भारका लागि गत असोज २९ गतेदेखि यही कात्तिक १ गतेसम्म बन्द गरिएको केबलकार आजदेखि नियमित सञ्चालनमा आएको हो । उक्त अवधिभर मर्मत सम्भारका साथै केबलकारको लठ्ठासमेत छोट्याउने काम भएको प्रबन्धक शेरचनले बताए। गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध […]

दुई महिनामा भित्रियो २ खर्ब ६३ अर्ब रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्ष पहिलो दुई महिना (साउन–भदौ) मा २ खर्ब ६३ अर्ब रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । भदौमा मात्र १ खर्ब २७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । साउनमा १ सय ३६ अर्ब भित्रिएको थियो । चाडबाडका बेला विदेशमा रहेका नेपालीले बढी रकम नेपाल […]

गौतमबुद्ध विमानस्थलमा फलाइ दुबई, जजिरा र एयर एशियाले उडान गर्दै, के छ तयारी ?

काठमाडौं । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीनभन्दा बढी अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान सञ्चालन गर्ने भएका छन् । निर्माण सम्पन्न भएको लामोसमयसम्म व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुन नसकेको गौतमबुद्ध विमानस्थलमा अब अन्तर्राष्ट्रिय एयरलइन्सले व्यावसायिक उडान सञ्चालन गर्न लागेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार कुवेतको जजिरा, दुवईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबई […]

२ दिनमा ६३ हजार हवाइ यात्री

काठमाडौं । दसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीनसय एक […]

चाडपर्वमा चिनीको अभाव हुँदैनः साल्टट्रेडिङ

काठमाडौं । साल्टट्रेडिङ  कर्पोरेशनले आसन्न तिहार छठ तथा नेपालसंवत् पर्वलाई लक्षितगरी थप चिनी भित्र्याउन सुरु गरेको छ । यस क्रममा बुधबार कर्पोरेशनले भारतबाट ५० किलोग्रामका दुई हजार दुई सय बोरा चिनी वीरगञ्जस्थित आफ्नो गोदामघरमा भित्र्याएको जनाएको छ । कर्पोरेशनले थप चिनीको परिणाम भित्रिन सुरु भएकाले आसन्न पर्वहरू एवं अन्य समयमा पनि चिनीको अभाव नहुने जनाएको […]

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो एम–कार्ड सेवा

काठमाडौं । माछापुच्छ्रे बैंकले हाल आफ्ना ग्राहकहरूलाई नौलो अनुभव दिन एम–कार्डको सुविधा सञ्चालनमा ल्याएको छ। यस एम–कार्ड सेवा मार्फत बैंकका ग्राहकहरूले आफ्नो छनौटमा स्वयं आफ्नो, आफन्तजन तथा प्रियजनहरूको तस्बिर वा अन्य विविध प्रकृतिका तस्बीरहरु जस्तै विभिन्न मन पर्ने स्थानहरू, प्राकृतिक/धार्मिक/ऐतिहासिक सम्पदाहरु, कला तथा संस्कृति झल्किने चित्रहरू आदि आकृतिहरू अंकित गरी सम्बन्धित ग्राहकले भिसा कार्डलाई पर्सनलाइज्ड […]

नेपाल बैङ्कका खातावालाले समाज डेण्टल अस्पतालमा छुट पाउने

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु र बैंकमा खाता रहेका ग्राहकहरुले समाज डेण्टल अस्पतालका विभिन्न स्थानहरुमा रहेका क्लिनिकहरुमा उपचार गर्दा लाग्ने शुल्कमा छुटमा  पाउने भएका छन् । सो सम्वन्धमा  बैङ्क र अस्पतालका बीच सम्झौता भएको छ । सो सम्झौता बमोजिम अस्पतालमा उपचारको क्रममा लाग्ने शुल्कमा  नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरुले विल रकमको १५ प्रतिशत […]

एनसेल फाउन्डेसनद्वारा बाढीपहिरो पीडितलाई राहत वितरण

काठमाडौं ।असोज ११ र १२ गते देशभर परेको वर्षाले आएको बाढीपहिरोबाट पिडित घरपरिबारलाई एनसेल फाउन्डेसले राहत उपलब्ध गराएको छ । फाउनडेसनले गोदावरी नगरपालिकाका बाढीपहिरोले धेरै क्षति पुर्याएका पाँच वटा वडाहरू (वडा नं. ४, ७, ८, १० र १३०)का करिब २०० परिवारलाई आवश्यक राहत सामग्री वितरण गरेको हो । “संकटको समयमा हामीले समुदायलाई साथ दिनु हाम्रो […]

नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने

काठमाडौं मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं—भैरहवा—काठमडौं उडान गर्ने भएको छ । आवतजावतमा सहजता प्रदान गर्नका लागि फूलपातिको दिन (असोज २४ गते) काठमाडौं निगमको जहाजबाट उद्दार उडान गर्ने निगमले जनाएको छ ।  आर.ए—१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं—भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर […]

माइनडेड होण्डाको पार्ट्सको लागि अधिकृत डिलर नियुक्त

काठमाडौं । स्याकर ट्रेडिङ कम्पनी प्रा.लि. ले कान्तिपथमा बाइक माइनडेडलाई होण्डाका जेन्युइन पार्ट्सको लागि अधिकृत डिलरको रूपमा नियुक्त गरेको छ । यसले मोटरसाइकल उच्च–गुणस्तरीय पार्ट्स र एक्सेसोरीहरू उपलब्ध गराउने कम्पनीले जनाएको छ ।  यो साझेदारीले होण्डा मोटरसाइकल मालिकहरूलाई जेन्युइन पार्ट्स र एक्सेसोरीहरू प्राप्त गर्न भरपर्दो ठाँउ भएको बताइएको छ , यसले  बाइकलाई होण्डाको गुणस्तर मापदण्ड […]