अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटकको चहलपहल

गण्डकी । दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्री पर्यटकको चहलपहल बढ्न थालेको छ । यस क्षेत्रमा चैत–वैशाख र असोज–कात्तिकको याम पदयात्राका लागि उत्तम मानिन्छ । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले गत सातादेखि पर्यटकको आउजाउ बढेको बताए । ‘मौसम सफा छ, हिमाल खुलेको छ, पर्यटन क्षेत्र चलायमान बनेको […]

वेयरहाउसिङ्गमा डिजिटल युगः उपायले १ अर्ब २० करोड लागतमा नेपालमा थ्रीपीएल सेवा ल्याउँदै

काठमाडौं । नेपालमा प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी उपायले थर्ड पार्टी लजिस्टिक्स ( थ्रीपीएल) वेयरहाउस सञ्चालन गर्ने भएको छ। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उपायले नेपालमा थ्रीपीएल वेयरहाउस निर्माणको औपचारिक घोषणा गरेको हो। नयाँ वेयरहाउस काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १३, नेपाल प्रहरी स्कुल नजिकै, करिब १८ रोपनी (१ लाख वर्गफुट) क्षेत्रफलमा निर्माण गरिनेछ। नेपालमा लजिस्टिक्स क्षेत्रको प्रविधि […]

नेपाल पर्यटन बोर्डद्वारा म्यानमारमा बौद्ध पर्यटन प्रवर्द्धन

काठमाडौं । नेपाल पर्यटन बोर्डले म्यानमारको यांगुनमा सम्पन्न ‘नेपाल-म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रबर्द्धनमा जोड दिएको छ । नेपाल र म्यानमारबीचको ६५औं कूटनीतिक सम्बन्धको अवसरमा नेपाल पर्यटन बोर्ड र म्यानमारस्थित नेपाली दूतावासको सहकार्यमा मार्च २१ र २२ मा मा सम्पन्‍न ‘नेपाल-म्यानमार व्यापार तथा पर्यटन एक्स्पो २०२५’ मा बौद्ध पर्यटन प्रबर्द्धनका साथै […]

२९ अर्बको धानचामल आयात

काठमाडौं । नेपालमा धान र चामलको आयात बढ्दो क्रममा देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा २९ अर्ब रुपियाँ बराबरको धान र चामल आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ । यस अवधिमा १६ अर्ब ७१ करोड रुपियाँ बराबरको धान आयात भएको छ । गत आवको सोही अवधिमा ८ अर्ब ६४ करोड रुपियाँको […]

एमसिसी अगाडि बढाउन अमेरिकाको अनुमति

काठमाडौं । अमेरिकी सरकारअन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपालमा सञ्चालन भइरहेको एमसिसी नेपाल कम्प्याक्टका केही कार्यहरू अगाडि बढाउन अनुमति दिएको छ । संयुक्त राज्य अमेरिकाको वैदेशिक सहायतासम्बन्धी समीक्षाको प्रक्रियामा रहे पनि, एमसिसी नेपाल कम्प्याक्टका केही कार्यहरूलाई अघि बढाउन अनुमति दिइएको एमसिए नेपालले जनाएको छ । अगाडि बढाउन अनुमति दिइएका कार्यहरूमा खरिदसम्बन्धी प्रक्रिया र कार्यालय सञ्चालनका आधारभूत […]

निजी क्षेत्रका धारणा सरकारसामु, कानुनी सुधार र कर नीति परिमार्जनमा जोड

काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघको तेस्रो महाधिवेशन अवसरमा निजी क्षेत्रका धारणा सरकारसमक्ष प्रस्तुत गरिएको छ। यस अवसरमा उद्योगी तथा व्यवसायीहरूको व्यापक सहभागिता रहेको थियो। महाधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा। युवराज खतिवडा, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी लगायतका विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। महासंघका संयोजक भगिरथ सापकोटाको अध्यक्षतामा […]

नेपाल पर्यटन बोर्ड र युएनडीपीको साझेदारीमा ५० लाख अमेरिकी डलरको ‘दिगो पर्यटन परियोजना’ सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम नेपाल (युएनडीपी-नेपाल) ले संयुक्त रूपमा “दिगो पर्यटन परियोजना (एसटीपी)” नामक नयाँ परियोजना सुरु गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । नेपाल पर्यटन बोर्डमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र युएनडीपी-नेपालकी आवासीय प्रतिनिधि क्योको योकोसुकाले  सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । […]

स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उत्पादित वस्तुको प्रयोग बढाउन आग्रह गरेका छन् । नेकपा (एमाले)को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह गरेका हुन् । उनले कर्मवीरले असन्तुष्टि व्यक्त नगरी आफ्नो काममा ध्यान दिने उल्लेख गर्दै यस […]

उद्योगमा १२ घण्टासम्म लोडसेडिङ, विद्युत आपूर्ति सुनिश्चित गर्न महासंघको माग

काठमाडौं । नेपालमा औद्योगिक क्षेत्रमा दैनिक १२ घण्टासम्म लोडसेडिङ भैरहेको उद्योगीहरुले बताएका छन् । औद्योगिक क्षेत्रमा पटकपटक  घोषित–अघोषित लोडसेडिङ दोहोरिएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघले औद्योगिक क्षेत्रमा लोडसेडिङको असर र समाधानका लागि आग्रह गरेको छ । पछिल्लो समयमा, देशभरका विभिन्न औद्योगिक क्षेत्रहरूमा १२ घण्टासम्मको अनियमित तथा अग्रिम जानकारीबिना विद्युत कटौती गरिएको र यसले औद्योगिक उत्पादन […]

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन गरिने : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रभावकारी रूपमा सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरेका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विमानस्थल सञ्चालनका लागि विज्ञहरूको परामर्शअनुसार कार्य भइरहेको जानकारी दिए । “सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरेर कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको छ,” ओलीले भने, “यो विमानस्थल केवल देखाउनको लागि […]