आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि सरकारले ठोस कदम चाल्नुपर्छ, अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशको आर्थिक विकासको लागि सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धनका लागि ठोस कदम चाल्नुपर्ने बताएका छन् । नेपाल निर्यात परिषद्को २७ औं वार्षिक साधारण सभा तथा नवौं निर्यात दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले देशको आर्थिक विकासका लागि यी दुई विषयमा गम्भीर भएर लाग्नु पर्ने […]

सहकारीलाई व्यवस्थित गर्न सरकारी क्रियाशील छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले केही सहकारी संस्थाका कारण समग्र सहकारी क्षेत्र नै बदनाम भइरहेको उल्लेख गर्दै सहकारीलाई व्यवस्थित गर्न सरकार क्रियाशील रहेको बताएका छन् । दिगो पर्यटन सहकारी संस्थाद्वारा शनिबार आयोजित १४औँ साधारणसभामा मन्त्री गुरुङले सहकारीहरूलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्न हालै सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी […]

चितवनमा १५ औं संस्करण चितवन महोत्सव २०८१ आयोजना हुने

काठमाडौं । उद्योग वाणिज्य संघ चितवनको आयोजनामा २०८१ पुस २५ देखि माघ १० गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सव–२०८१ आयोजना हुने भएको छ । १५ औं संस्करणका रुपमा आयोजना गर्न लागिएको यस वर्षको महोत्सवमा अन्तरराष्ट्रिय व्यवसायिक प्रतिष्ठानको उल्लेख्य सहभागिता रहने आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । महोत्सवमा चीनका उद्योग वाणिज्य संघहरुको समन्वयमा चीनका विभिन्न […]

निर्यात दिवसः निकासी बढाउन सरकारबाटै सहजीकरणको आवश्यकता

काठमाडौं । नवौँ निर्यात दिवस २०८१ को अवसरमा निर्यातमूलक वस्तुहरुको ब्यापार मेला आयोजना भएको छ । नेपाल निर्यात परिषदले निर्यातमूलक नेपाली वस्तुहरुको ब्यापार मेला आयोजना गरेको हो । निर्यात दिवसका अवसरमा आयोजित मेलामा परिषदका अध्यक्ष नरेश लाल श्रेष्ठले हाल वार्षिक डेढ खर्ब हाराहारीको मात्रै निकासी भइरहेको बताउँदै यसलाई कम्तीमा अहिलेकै अवस्थामा अलिकति मेहनत गर्ने हो भने […]

सरकारले कानुन संशोधन गर्दा काठमाडौं महानगरको आय घट्यो: मेयर बालेन शाह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा आज लेखा परीक्षणको प्रारम्भिक बैठक सम्पन्न भएको छ । प्रमुखको कार्यकक्षमा भएको बैठकमा उपप्रमुख सुनिता डंगोल, नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डे, निर्देशक कल्पना अर्याल पोखरेल, लेखा परीक्षण अधिकारी रामकृष्ण पोखरेल, गीता पन्थी र राजु पाण्डेसहित महानगरपालिकाका विभागीय प्रमुखहरु सहभागी थिए । वैठकमा प्रमुख शाहले, प्रदेश सरकारले […]

नयाँ वर्षको अघिल्लो दिनसम्म ११ लाख ४७ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२४ मा ११ लाख ४० हजारभन्दा बढी पर्यटकले नेपाल भ्रमण गरेका छन् । आज बिहानसम्मको तथ्याङ्कअनुसार ११ लाख ४७ हजार २४ जना नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका निर्देशक मरिणराज लामिछानेले दैनिक सरदर तीन हजार पर्यटक भ्रमणमा आएका बताउँदै सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको […]

विशिष्टीकृत लगानी कोष व्यवस्थापनका लागि २० कम्पनीको आवेदन, कम्पनीको मूल्यांकनमा सेबोन

निर्दोष घोरसाइने काठमाडौं । नेपाल धितो पत्र बोर्ड (सेबोन)बाट विशिष्टीकृत लगानी कोष अन्तर्गतको कोष व्यवस्थापकको रुपमा काम गर्न खोज्ने कम्पनीको संख्या बढ्दो देखिएको छ । कोष व्यवस्थापकको रुपमा काम गर्न मंसिर मसान्तसम्म २० कम्पनीले आवेदन दिएको सेबोनले जानकारी दिएको छ । कम्पनीहरुले नियामक निकाय सेबोनबाट विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ को व्यवस्था बमोजिम कोष व्यवस्थापकको रुपमा […]

विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न वैकल्पिक विकास वित्तको तयारी : अर्थमन्त्री पौडैल

काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विकासको उच्च आकांक्षालाई सम्बोधन गर्न सरकारले वैकल्पिक विकास वित्तको तयारी गरेको बताएका छन् । ‘राजस्व, वैदेशिक सहयोग र ऋणमा आधारित परम्परागत स्रोतले मात्र वित्त व्यवस्थापन र विकासको तीव्र आकांक्षा तथा चाहनालाई सम्बोधन गर्न चुनौतीपूर्ण छ’, अर्थमन्त्री पौडेलले भने- ‘त्यसैले दीर्घकालीन विकासको आवश्यकतालाई समेत सम्बोधन गर्ने गरी वैकल्पिक विकास वित्तका […]

फ्रेट फरवार्डको अध्यक्षमा संग्रौला

काठमाडौं । नेपाल फ्रेट फरवार्ड एशोसिएसनको अध्यक्षमा राजेन्द्र संग्रौला निर्विरोध चयन भएका छन् । एशोसिएसनको शुक्रबार भएको २४ औं साधारणसभाले उनलाई अध्यक्ष चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा नरेशकुमार अग्रवाल र उपाध्यक्षमा अशोकमान कपाली निर्विरोध चयन भएका छन् । महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमश: हरिप्रसाद ढकाल, सुजनकुमार न्यौपाने, ईश्वरबहादुर गुरुङ र सञ्वीव अर्याल चयन भएका […]

केरा खेतीबाट वार्षिक चार लाख मुनाफा

वालिङ । स्याङ्जाका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् । वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन् । सबै खर्च कटाएर एक वर्षमा चार हजार पाँच सय दर्जन काँचो तथा पाकेका केरा बेच्दा त्यति रकम नाफा भएको उनले बताए । “मेरा बारीका केरा स्थानीय व्यापारीले बगैचाबाट […]