सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन ४ खर्ब ३० अर्ब

काठमाडौं । सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादन चार खर्ब ३० अर्ब रुपैयाँ बराबर पुग्ने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययन २०८१-८२ को वार्षिक प्रतिवेदनअनुसार सुदूरपश्चिम प्रदेशको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर तीन दशमलव २८ प्रतिशत हुने संशोधित अनुमान छ । प्रदेशले चालु आर्थिक वर्षमा देशको कूल गार्हस्थ्य उत्पादनमा सात […]

बैंकमा ११ खर्ब बढी रकम थ्रुपिएको छ, लगानीको वातावरण तयार गरौः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएको भन्दै लगानीको वातावरण तयार गर्न गर्न आग्रह गरेका छन्  । राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेको बताए । “एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको […]

तीन अर्ब बढी रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्दै राष्ट्र बैंक 

काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु तीन अर्ब ५३ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत इच्छुक बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम र प्रस्ताव गरिएको ब्याजदरसहित मङ्गलबार साँझ ७ः०० बजेभित्र आवेदन दिन भनेको छ । राष्ट्र बैंकले उक्त […]

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ १८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

२ महिनामा सात अर्ब ३६ करोडको मालवस्तु आयात

मुस्ताङ । मुस्ताङ भन्सार कार्यालयबाट दुई महिनाको अवधिमा रु सात अर्ब ३६ करोड ५८ लाख ६१ हजार बराबरको मालवस्तु चीनबाट आयात गरिएको छ । रसुवागढी नाका र तातोपानी नाका गत असार र भदौ महिनामा बाढी पहिरोका कारण अवरुद्ध बनेपछि (नेपाल—चीन) लोमान्थाङ—२ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयलाई विकल्पका रुपमा ३० भदौदेखि प्रयोगमा ल्याइएको थियो । भन्सार विभागले […]

आन्दोलनमा गलत गर्ने, घुसपेठ गर्नेहरुलाई कारबाही गरेमा निजी क्षेत्रको मनोबल बढ्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आन्दोलनमा गलत गर्ने, घुसपेठ गर्नेहरुलाई कारबाही गरेमा निजी क्षेत्रको मनोबल बढ्ने बताएका छन् । सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायी गुरुङले यस्तो बताएका हुन् । जेनजीको आन्दोलन एउटा असल नियतबाट भएको बताउँदै उनले सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको कुरा निजी […]

आन्दोलनको दुःखद् घटनापछि मैले अघि बढ्ने हिम्मत गरेको छु : मीनबहादुर गुरुङ

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले आन्दोलनको दुःखद् घटनापछि आफू अघि बढ्ने हिम्मत गरेको बताएका छन् । सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायी गुरुङले यस्तो बताएका हुन् । उनले आन्दोलन जस्तो दुःखद् घटनापछि पनि मैले अघि बढ्ने हिम्मत गर्नुमा म मा जिम्मेवारी छ, बैंकको लगानी रहेको बताए । ‘अहिले […]

सरकारलाई करको दर नभइ दायरा बढाउन आग्रह : अध्यक्ष पाण्डे

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सरकारलाई कर वृद्धि भन्दा पनि दायरा वृद्धि गर्न आग्रह गरेका छन् । सोमवार कर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर बढाउने भन्दा पनि यसको दायराहरु फराकिलो बनाउदै लैजानु पर्ने बताए । उनले लगानी विस्तार एवं औद्योगिक वातावरणका लागि नीतिगत स्थायित्व आवश्यक हुने बताए । स्वदेशी […]

कर प्रणालीमा पारदर्शिता र व्यवसायीको लागतमा कम गरिने : अर्थमन्त्री  खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले कर प्रणालीमा पारदर्शिता र व्यवसायीको लागत कम गरिने बताएका छन् । सोमबार आन्तरिक राजश्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री खनालले यस्तो बताएका हुन् । अर्थमन्त्री खनालले कर प्रणालीमा पारदर्शिता र व्यवसायीको लागत कम गर्न विभिन्न सुधारका कार्यक्रमहरू अघि बढाइएको जानकारी दिए । उनकाअनुसार सबै नगरपालिकाहरूमा […]

वाणिज्य विभागद्वारा मूल्य निर्धारण मापदण्ड मस्यौदा तयार गर्न सुझाव माग

काठमाडौं । वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारणका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ। उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार, बजारको तह तथा वस्तु र सेवाको मूल्यको मापदण्ड निर्धारण गर्नका लागि अध्ययन प्रतिवेदन पेस गर्न विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको विभागले स्मरण गराएको छ। नागरिक तथा […]