प्रधानमन्त्री शाहले ग्यास अभावबारे स्पष्ट जवाफ दिनुपर्छ : एमाले सांसद बराल
काठमाडौं । नेकपा एमालेकी सांसद यशुदाकुमारी बरालले मुलुकमा देखिएको ग्यासको चरम अभावप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बरालले ग्यास नपाउँदा सर्वसाधारणको दैनिकी प्रभावित भएको भन्दै तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरिन् । उनले ग्यास अभाव, बजारमा भइरहेको मूल्यवृद्धि र सर्वसाधारणले भोगिरहेको समस्याबारे सरकारले स्पष्ट जवाफ दिनुपर्ने बताइन् । […]

