यस्तो छ आज डलर, पाउण्ड र युरो सहित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १५३ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ०८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ […]

सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो, ७३ लाख ६१ हजार बिगोसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौं । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकास्थित सडक निर्माणको ठेक्का प्रक्रियामा मिलेमतो गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टचार मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको […]

“सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ रोजगार मेला, २०८३ हुँदै

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्न्त्रालयले असोज १४ देखि सीप तथा रोजगार मेला, २०८३ हुने जनाएको छ । मन्त्रालयले “सीप र रोजगारी : साझा जिम्मेवारी” भन्ने मूल नाराका साथ आगामी असोज १४ गतेदेखि २० गतेसम्म रोजगार मेला गर्न लागेको हो । यो वर्षको लागि आगामी असोज १४ गतेदेखि २० गतेसम्म “सीप र रोजगारी ः […]

भोटेकोशी–त्रिशूली बाढीबाट पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोडको क्षति भएको प्रतिवेदन पेश

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको पहिरोबाट नेपालको पर्यटन क्षेत्रमा रु ५२ अर्ब ६७ करोड ४५ लाख ७६ हजार ५०० बराबरको प्रारम्भिक आर्थिक क्षति भएको प्रतिवेदन पेश गरिएको छ । क्षतिग्रस्त पर्यटन क्षेत्रको पुनरुत्थान तथा भविष्यमा हुने विपद्का लागि पूर्वतयारीलाई व्यवस्थित बनाउन पुनर्रुत्थानको मस्यौदा तयार गर्ने जिम्मेवारीसमेत सम्बन्धित समितिलाई दिइएको छ […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा रहेको थियो । युरोपियन […]

निजी क्षेत्रसँग प्रधानमन्त्री कार्यालयले माग्यो कानुन सुधारका लागि सुझाव, ५ दिनभित्र बुझाउन आग्रह

काठमाडौं ।  सरकारले कानुन सुधारका लागि निजी क्षेत्रसँग सुझाव माग गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समस्यामा परेको कानुनको विद्यमान अवस्था, संशोधन प्रस्ताव र प्रस्तावित संशोधन आवश्यक पर्नुको कारण तथा औचित्य स्पष्ट पारी फराम भरि पठाउन निजी क्षेत्रलाई आग्रह गरिएको हो । कार्यालयले  निजी क्षेत्रका प्रमुख २१ वटा छाता संस्थाहरूलाई पत्राचार गर्दै ५ दिनभित्र […]

नार्कमा राजनीतिक हस्तक्षेप रोक्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्न माग

काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा हुने राजनीतिक हस्तक्षेप र अव्यवस्थित कर्मचारी भर्ना प्रक्रिया रोक्न छुट्टै ‘कृषि अनुसन्धान सेवा आयोग’ गठन गर्न माग गरिएको छ । सोमबार सिंहदरबारमा बसेको संघीय संसद्को कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा नार्कका कायममुकायम कार्यकारी निर्देशक डा. श्रीमत श्रेष्ठले परिषद्को संरचनागत सुधारका लागि यस्तो आयोग गठन गर्नुपर्ने प्रस्ताव […]

प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम १४ अर्ब ८८ करोड पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल करिब १५ अर्ब जम्मा भइसकेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार हाल कोषमा रु १४ अर्ब ८८ करोड ९० लाख ३८ हजार ८७१ […]

डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्दा कुन देशको विनिमयदर कति ?

काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलरको विनियम स्थिर रहेको छ भने युरो र पाउण्डको मूल्य घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ १० पैसा र बिक्रीदर १५३ रुपैयाँ ७० पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन पनि अमेरिकी डलर […]

भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने

काठमाडौं । टंगालस्थित भाटभटेनी सुपर स्टोर सोमबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त स्टोर पुनर्निर्माण सम्पन्न भएपछि नियमित सेवा शुरु गर्न लागिएको हो । भाटभटेनीले आगजनीबाट ध्वस्त भएका आफ्ना १२ स्टोरमध्ये १० वटा पुनः सञ्चालनमा ल्याइसकेको जनाएको छ । बाँकी दमक र हेटौंडाका स्टोर पनि पुनर्निर्माणको अन्तिम चरणमा रहेको र छिट्टै […]