माघ मसान्तसम्म ४० प्रतिशत बजेट खर्च, विकास खर्च १५ प्रतिशतमा खुम्चियो

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८२\८३ को सात महिनामा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार यो अवधिमा सरकारको आम्दानी वार्षिक लक्ष्यको ४४ र खर्च ४० प्रतिशतमा खुम्चिएको छ । चालु आवका लागि कूल रू १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट विनियोजन गरिएकोमा माघ मसान्तसम्ममा रू आठ खर्ब […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

विश्व बैंकद्वारा नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक

काठमाडौं । विश्व बैंकले नेपाल फिस्कल ड्यासबोर्ड सार्वजनिक गरेको छ। यहाँ आज आयोजित कार्यक्रममा विश्व बैंकका प्रतिनिधिले नेपालको सार्वजनिक वित्त व्यवस्थापनसम्बन्धी जानकारी दिने उद्देश्यले उक्त ड्यासबोर्ड सार्वजनिक गरेको हो। उक्त ड्यासबोर्डमा सङ्घ, प्रदेश र स्थानीय तहसँग सम्बन्धित वित्तीय जानकारी उपलब्ध हुनेछ। ड्यासबोर्डमा प्रमुख वित्तीय तथ्याङ्कलाई एकीकृत र सहज रुपमा प्राप्त गर्न सकिनेछ। विश्व बैंकका अनुसार […]

अमेरिकालाई जापानको साढे ५ खर्ब डलर लगानी प्रतिबद्धता

टोकियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालैको चुनावी विजयपछि जापानका प्रधानमन्त्री साने ताकाइचीलाई बधाई दिएका छन् । तर टोकियोले संयुक्त राज्य अमेरिकामा गर्ने भनिएको ५ खर्ब ५० अर्ब डलरको विशाल लगानी प्रतिबद्धता कार्यान्वयन गर्ने दबाब पनि सामना गरिरहेको छ । जुलाईमा भएको सहमतिअनुसार जापानले सन् २०२९ सम्म ‘मुख्य अमेरिकी उद्योगहरूको पुनर्निर्माण र विस्तार गर्न’ ५ खर्ब […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर युरो र पाउण्डको मूल्य घटेको हो । निर्धारित विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १४४ […]

भारतले नेपालमा ९४ करोड ४१ लाख खर्च गर्यो, करिब ११ अर्ब खर्च गर्ने लक्ष्य

काठमाडौं ।भारत सरकारले नेपालको विभिन्न क्षेत्रमा करिब साढे ९४ करोड खर्च गरेको छ । भारतले नेपालको विभिन्न क्षेत्रमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा ९४ करोड ४१ लाख खर्च गरेको छ । भारतले चालु आवको लागि १० अर्ब ८६ करोड ४० लाख बजेट नेपालका लागि विनियोजन गर्दा छ महिनाको अवधिमा उक्त रकम खर्च गरेको अर्थ […]

आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

काठमाडौं । सरकारले मुलुकको आर्थिक वृद्धिदर ३.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षामा यस्तो प्रक्षेपण गरिएको हो । चालु आवको कुल गार्हस्थ्य उत्पादनको वार्षिक वृद्धिदर छ प्रतिशत हुने अनुमान गरिएको थियो । तर धानको उत्पादन, क्षेत्रफल र उत्पादकत्वमा आएको कमी, निर्माण क्षेत्रमा देखिएको सुस्तता र घरजग्गा कारोबारमा आएको […]

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]

६ महिनामा सबैभन्दा बढी खर्च परारष्ट्रले गर्दा सबैभन्दा कम शहरी विकास (मन्त्रालयगत खर्च सहित)

काठमाडौं ।  चालु आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढी खर्च परराष्ट्र मन्त्रालय गर्न सफल भएको छ । अर्थ मन्त्रालयका अनुसार २२ वटा मन्त्रालयहरुलाई विनियोजित बजेट मध्ये सबैभन्दा बढी खर्च परारष्ट्रले गर्दा सबैभन्दा कम खर्च शहरी विकास मन्त्रालयको रहेको छ । विनियोजत बजेट मध्ये परराष्ट्रले ५६ प्रतिशत खर्च गर्दा शहरीको ६ प्रतिशत खर्च रहेको छ । […]

निर्वाचनबाट आउने नयाँ सरकारलाई करिब १६ देखि १७ अर्बको ठेक्काको भार

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनबाट आउने नयाँ सरकारलाई करिब १७ अर्बको ठेक्काको भार पर्ने भएको छ । सरकारले बहुवर्षिय आयोजना थप नगर्दा पनि नयाँ सरकारलाई करिब १६ देखि १७ अर्बको अयोाजना अर्थात् ठेक्को भार पर्ने अर्थ मन्त्रालयले जनाएको छ । पछिल्ला सरकारहरुले विभिन्न आयोजना थप्दै जाँदा उक्त रकम बराबरको सरकारी दायित्व बन्न पुगेको हो । […]