बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको बुढीगंगा नगरपालिकाका तत्कालीन नगर प्रमुख दीपक विक्रम शाहसहित १४ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार अख्तियारले शाहसहित १४ जना र जाग्रिति/एम.के/नेपाल जे.भी., धनगढी, कैलाली उपर सार्वजनिक सम्पत्ति हानी नोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले शाहसहित १४ […]

आर्थिक वृद्धिदर ४.६१ प्रतिशत सहित ६१ खर्बले नाघ्यो अर्थतन्त्रको आकार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मुलुकको अर्थतन्त्र ६१ खर्ब ७ अर्बले नाघेको बताएको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा बताएको हो । राष्ट्र बैंकले गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको जनाएको छ । राष्ट्र बैंकका अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयको प्रारम्भिक तथ्याङ्क अनुसार आर्थिक […]

गत वर्षको समिक्षा गर्दै राष्ट्र बैंकको दाबी : पुननिर्माण र परियोजना प्राथमिकिरणले यस वर्ष आर्थिक गतिविधि बढ्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुननिर्माण र परियोजना प्राथमिकिरणले यस वर्ष आर्थिक गतिविधि बढ्ने दाबी गरेको छ । राष्ट्र बैंकले गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा पुननिर्माण र परियोजना प्राथमिकिरणले आर्थिक गतिविधि बढ्ने बताएको हो । गत आर्थिक वर्षमा कृषि, उद्योग, पूर्वाधार लगायतका क्षेत्रमा सुधार हुन नसके […]

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ […]

भन्सार कार्यालयमा ‘अनलाइन भ्यालूएशन डाटाबेस प्रणाली’ लागू

काठमाडौं । भन्सार विभागले सबै भन्सार कार्यालयहरुमा ‘अनलाइन भ्यालूएशन डाटाबेस प्रणाली’ लागू गरेको छ । यसअघि वीरगञ्ज भन्सारमा मात्रै लागू भएको यो प्रणाली अब सबै भन्सार कार्यालयहरुमा कार्यान्वयनमा आएको हो । भन्सार विभागको आयोजनामा शुक्रबार अर्थमन्त्री मेश्वरप्रसाद खनालको प्रमुख आतिथ्यतामा आयोजित दुई दिने ‘भन्सार व्यवस्थापन गोष्ठी’का अवसरमा बाँकी १८ वटै भन्सार कार्यालयहरुमा ‘अनलाइन भ्यालूएशन डाटाबेस […]

रसुवागढीस्थित पुल सञ्चालनमा आएसँगै चिनियाँ समान ढुवानी सहज

रसुवा । रसुवागढीस्थित मितेरी पुल बगेको करिब छ महिनापछि सोही ठाउँमा निर्माणाधीन बेलीब्रिज सञ्चालनमा आएसँगै मालवाहक ट्रक तथा डिब्बाको आवतजावत सुरु भएको छ । ल्हेन्दे खोलामाथि बनेको बेलीब्रिज सञ्चालनमा आएको आज दोस्रो दिन २० वटा मालवाहक डिब्बा तथा ट्रक नेपाल भित्रिएको रसुवागढीस्थित सशस्त्र प्रहरी कार्यालयले जनाएको छ । बिहीबार दिउँसो करिब १२ बजे लत्ताकपडा बोकेको […]

एक वर्षमा तीन लाख बढी पर्यटकद्वारा पाटन दरबार सङ्ग्रहालय अवलोकन

ललितपुर । पाटन दरबार सङ्ग्रहालय सन् २०२५ मा तीन लाख १३ हजार ३०० पर्यटकले अवलोकन गरेका छन् । पाटन दरबार सङ्ग्रहालयका प्रशासकीय प्रमुख सुरेशमान लाखेका अनुसार सार्क राष्ट्रका ४३ हजार ५३ पर्यटकसहित कूल एक लाख पाँच हजार ३०० विदेशी पर्यटकले सङ्ग्रहालयको अवलोकन गरेका हुन् । अघिल्लो वर्ष सन् २०२४ मा भने कूल तीन लाख १८ […]

अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्यमा पुनः बृद्धि भएको छ । निर्धारित दरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७९ पैसा र […]

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्ट्रलिङ […]

सरकारले रोक्न सकेन बजेट प्रणाली बाहिरबाट हुने गैर बजेटरी खर्च, करिब १ खर्ब रह्यो गैर बजेटरी खर्च

काठमाडौं । बजेटमा सुशासन कायम गर्न नसक्दा गैरबजेटरी खर्चले पायो निरन्तरता, करिब १ खर्ब रह्यो गैर बजेटरी खर्च सरकारले बजेटमा सुशासन कायम गर्न नसक्दा गैरबजेटरी खर्चले निरन्तरता पाएको छ । गैरबजेटरी निकायले गत आर्थिक वर्ष २०८१/८२ मा ९८ अर्ब ३३ करोड ४६ लाख खर्च गरेको छ । गैरबजेट निकायअन्तर्गत पर्ने बोर्ड, समिति वा सोहि प्रकृतिका […]